बुवाको सम्झनामा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग
मेची नगरपालीका वार्ड नम्बर ७ स्थाई घर भई हाल आबुधाबी युएई पुग्नुभएका रमेश बुढाथोकिले आमा बिष्णु माया बुढाथोकी, श्रीमती ममता बुढाथोकी र छोरी रिशिका बुढाथोकीको तर्फबाट आज परेको रामनवमीको अवसरमा स्वर्गिय बुवा भिम बहादुर बुढाथोकीको सम्झनामा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ५ हजार ५ सय ५५ रुपैया सहयोग दिनुभएको छ । उहांहरुको यस सहयोग प्रति हार्दिक धन्यवाद ब्यक्त गर्न चाहान्छौं ।
फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीका लागि अनुमानीत रकम पुगिसकेको जानकारी गराउदछौं ।