यहि अप्रिल ३० मा जापानमा हुने कार्यक्रम धुर्मुस सुन्तली साँझ २०१७ मा हामी तपाईकै सहर जापानको टोकियोमा आउदैछौं । सम्पुर्ण नेपाली दाजु भाई तथा दिदिबहिनी सबैलाई सोही कार्यक्रममा भेटौला है त ।
- धुर्मुस सुन्तली फाउन्डेसन
गुरुङ समाज गोर्खालि टोल बाट मन्जुश्री असाहय संरक्षण केन्द्रलाई खाधन्न सहयोग।।
मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय दिज्यु गुरुङ समाजकि अध्यक्ष धनकुमारि गुरुङ ज्युको अध्यक्षतामा आज मन्जुश्री असहाय संरक्षण केन्द्र लाई खाधन्न सहयोग गर्नु भएको छ।।
मनकि धनी गुरुङ समाजकि अध्यक्ष ज्यु लगायत गुरुङ समाजका सम्पूर्ण टिमले सधै मलाइ सम्झनु कठिन परिस्थितिमा सधैं हाम्रो गुरुङ समाज बाट मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्न तत्पर छोै भन्दै एकबाहादुर गुरुङ ज्युले रु १,०५०/-(एक हजार पचास)सहयोग गर्नुभयो हाम्रो अभिभावक हाम्रो शुभचिन्तक गुरुङ समाजका आधारणिय सम्पूर्ण पदाधिकारी ज्युहरुको यो सहयोगको कदर गर्नेछु आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी गुरुङ समाज संघ।हाम्रा हरेक कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओस।
यो सुअवसर जुटाईदिनु भयो हाम्रो अभिभावक शुभचिन्तक आदरणिय दिज्यु धनकुमारि गुरुङ ज्यु प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।।।
भगवानको आर्शिवादले यो गुरुङ समाज लाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित धन्यवाद गर्दछोै।।
मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६
सिन्धुलीमा रहेको पौडेल सेवा समाज भिमान सिन्धुलीले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि निर्माण स्थलमै पुगि धुर्मुस सुन्तली फाउण्डेशनलाई ५१ हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहांहरुको यस सहयोगले हामीलाई थप उर्जा थपेको छ । सहयोगका लागि पौडेल सेवा समाजका सम्पुर्ण पदाधिकारी तथा सहयोगी मनहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौं ।
फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अनुमानित रकम पुगिसकेको जानकारी गराउन चाहान्छौं ।