Latest Post

#विवाहको_उमंग_मन्जुश्री असहाय संरक्षण _केन्द्रमा..

हाम्रो शुभचिन्तक हामिलाइ माया गरि जापान देखि सम्झि सहयोग को हात बढाइ हामिलाइ सहयोग गरिरहनु हुने हाम्रो सहयोगिदाता आदरणिय भाइ सन्दिप बस्सेल र आदरणिय बहिनी स्नेहा पाण्डे बस्सेल ज्युको आज भएको विवाहको दिनको सु अवसर पारि मन्जुश्री असहाय संरक्षण केन्द्रमा रहेका छोराछोरीहरु र दिदीबहिनीहरु लाई मीठो भोजन गराइदिनु भयो मानवताले जन्माएको सामाजिक एकता को जलन्त उदाहरण।।
नवदम्पती सन्दिप बस्सेल र स्नेहा पाण्डे बस्सेल लाई हार्दिक बधाइ एवम हाम्रो उपस्थिति लाई महत्वदिदै सामाजिक एकताको सुरुवात गर्नुहुने भाइ र बहिनी प्रति आभारि छु आगामी दिनमा पनि हजुरहरुको माया र आशीर्वाद हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्र लाई रहिरहने बिस्वस्त छौ हामि। हजुर हरुको परिवार मा सधै यस्तै खुसी छाइरहोस यो जोडि सधै अमर अटल रहिरहोस जुनि जुनि सयौं जुनि साथ रहिरहोस सुख शान्तिका शाथ दाम्पत्य जीवन बितेर जाअोैस कामना गर्दछौ।।सुस्वास्थ, आरोग्य, संवृद्धि एवं उत्तरोत्तर प्रगति र दाम्पत्य जिवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं ।
मन्जुश्री असाहय संरक्षण केन्द्र।
बसेनिबजार गोर्खालि टोल।।

गैँडाकोटमा १३ बर्षका एक बालक साढे ११ बर्षदेखी बाँधीएर बाँच्न बाध्य ।

- लक्ष्मी पौडेल
गैँडाकोट ५ बैशाख ।

गैँडाकोट नगरपालीका ३ ढोडेनी भुजेल गाउँमा १३ बर्षीय बालक वितेका साढे ११ बर्षदेखी घरमै बाँधीएर बाँच्न बाध्य रहेको भेटीएको छ । स्थानीय सुकलाल भुजेल र विर्सिमाया भुजेलका कान्छा छोराको सानै उमेरमा मानसिक सन्तुलन गुमेपछी परिवार उपचारको सट्टा घरमै बाधेर र थुनेर राखेको पाईएको हो । आर्थीक अभावमा उपचार गर्न नसकेको भन्दै बाबु सुकलालले स्थानीय स्वास्थ्य चौकीमा लगिए पनि सन्चो नभएको बताए । गैँडाकोटका स्थानीय शिव अधिकारीले भुजेल गाउँमा रहेको समस्याबारे विजय एफएमलाई जानकारी गराएपछि मंगलबार विजय एफएमको पहलमा जिल्ला बाल कल्याण समिती सहितको टोली ढोडेनी पुगेको थियो । विजय एफएमकी पत्रकार लक्ष्मी पौडेल सहित जिल्ला बाल कल्याण समितीका सदस्य तथा नेपाली काँग्रेस नवलपरासीका सभापती विष्णु लामीछाने, बालकल्याण समितीका सदस्यहरु पुस्कर काफ्ले र दिपक शर्मा को टोलीले मंगलबार ढोडेनी पुगेर बालकको बारेमा जानकारी लिएको हो । साढे १ बर्षको उमेरदेखी असामान्य व्यवहार देखाउने गरेका बालक बोल्दैनन् । कपडा नलगाउने च्यात्ने, भुई खोस्रने, उनलाई परिवारले बर्षौदेखी घरमै थुनेर र बाँधेर राखेको हो । आर्थीक अभावका कारण उपचार गर्न नसकेपछी आस मारेर बाधेर राखिएको आमा विर्सिमाया भुजेलले बताउनुभयो ।


बिस्त्रीत जानकारिको लागि सम्पर्क 9847546037 (समाचार तथा सम्पर्क नम्बर लक्ष्मी पौडेल दिदी बाट)

छोराको जन्मदिनमा आश्रममा भोजनसेवा
मानवसेवा आश्रम, काठमाडौं ।
..................................
काठमाडौं-२९, गोगंबु आवास क्षेत्र निवासी आदरणीय परोपकारी तथा मानवताप्रेमी श्री विजयराज शाक्यज्यू तथा विमला शाक्यज्यूले प्रिय छोरा सौम्यराज शाक्यज्यूको जन्मदिनको अवसरमा मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि विहानको भोजनसेवा गराउनुभएको छ ।

आफ्नो परिवारको खुशीयाली आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी मानवहरुको सेवा गरेर मनाृउनुहुने आदरणीय परोपकारी व्यक्तित्व तथा सम्पुर्ण परिवारजनप्रति हार्दिक आभार ।

श्री सौम्यराज शाक्यज्यूप्रति सु स्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतीको कामना, तन स्वस्थ्य होस्, मन स्वस्थ्य होस्, सोस्थ्य रहोस् भावना, जन्मदिनको हजुरलाई लाखौलाख शुभकामना ।

थप जानकारीको लागि :
मानवसेवा आश्रम काठमाडौं : ०१४३५७५६३, ९८५५०७६००४

Contact Form

Name

Email *

Message *

Powered by Blogger.