Latest Post

मानवसेवा आश्रम चितवन,बाईपासराेड  भरतपुर आँखा अस्पताल  नजिकै  ।                            सम्पर्क नं ०५६- ५२५८९४,९८५५०७६००३              जाे व्यक्ति अरुकाे लागि जिउछ(बाच्दछ)उसकाे स्मरण सधै   हुन्छ ।।।                                     भरतपुर६ लङ्खु निवासि पराेपकारी मनका धनी मानवसेवा आश्रमका शुभेच्छुक ,शुभचिन्तक  आश्रमकाे सेवा कार्यलाई हर तरहबाट साथ र सहयाेग पुत्याउदै आउनुहुने मानवसेवा अाश्रमका अभिभावक श्री पदमपाणी खरेल ज्युले अाश्रमका गहना लक्ष्मि नारायण (आमा,बुबा)हरुलाई दिउँसोको  खाजा सेवाकाे लागि फलफुल स प्रेम अर्पण गर्नु भएकाे थियो ।                                                   मानवतम प्रेमि, मानवियताकाे पुजारी,सामाजिक व्यक्तित्व आदरणिय पदमपाणी खरेल  ज्युलाई सधैं  सधैं सुखले खान पुगाेस र आफुभन्दा कम अवसर पाएका व्यक्तिहरुलाई सधैं  हासिँ खुसि दिन पुगाेस् यसका साथै नयाँ  बर्ष २०७४काे अवसरमा हजुरकाे सुस्वास्थय,दिर्घायु एवम्ख उत्तराेत्तर प्रगतिकाे हार्दिक मङ्गलमय शुभभावना व्यक्त  गर्न चाहन्छौं ।।।धन्यवाद जय मानवसेवा।।

गोर्खालि टोल र मन्जुश्री असहाय संरक्षण केन्द्र बिच २०७४ सालको शुभकामना आदान प्रदान कार्यक्रमको सुअबसर पारि मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय दाजु टेक बहादुर तामाङ र आदरणिय दिज्यु सुस्मा तामाङ ज्युले 2 बोरा चामल चिनि र टोल सुधार समितिका अध्यक्ष मधु पोैडेल ज्यु बाट १ बोरा चामल सहयोग गर्नुभयो नया वर्ष २०७४ साल को सु अवसर पारि सहयोग गर्नु भयो।।यसै क्रमम हाम्रो सल्लाहकार सचिना बरालि ज्युको भाइ बुहारि टकेन्द्र बरालि ज्यु र उहाको श्रीमती सेनानि क्याप्टेन मुना घिमिरे बरालि ज्युले संयुक्त रुपमा रु ६,१००/
(छ हजार एक सय)नगद सहयोग हस्तान्तरण गर्नु भएको छ।

मनका धनी दाजु टेक बाहादुर तामाङ ज्यु र दिज्यु सुस्मा तामाङ ज्युले सधै सहयोग गर्दै आइरहनु भएको छ अझै पनि सम्झनु कठिन परिस्थितिमा सधैं म मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्न तत्पर छोै भन्ने प्रतिवद्दता पनि गर्नु भयो।नया सालको उपलक्ष्यमा छोराछोरीहरुको लागि खेल्ने सामाग्री खानेकुराहरु लिएर मन्जुश्री असाहय संरक्षण केन्द्रको निरिक्षण गर्दै गर्दा आदरणिय टकेन्द्र बरालि ज्यु र सेनानि क्याप्टेन मुना घिमिरे बरालि ज्युको मन छोएर मनका धनी भइ बुहारि ले नगद सहयोग गर्नु भयो अझै सहयोग गर्नेछु भनेर बस्ने मन हुदा हुँदै पनि समयको अभावको कारण हामी माझ बाट छुटिनु भो। हजुरहरुको यो माया साथ सहयोगको कदर गर्नेछु।। आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी भाइ र बुहारि संघ। हाम्रा हरेक कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओस हाम्रो गोर्खालि टोलका टोल बासिहरुको नया वर्ष २०७४ सालको लाखौ लाख शुभकामना।।

यो सुअवसर जुटाईदिनु भयो हाम्रो शुभचिन्तक सुस्मा ज्यु र हाम्रो सल्लाहकार सचिना ज्यु प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।।।नया वर्ष २०७४ सालको शुभकामना शुभकामना।।

मन्जुश्री असहाय संरक्षण केन्द्र।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

नया वर्ष २०७४ सालको उमंग मन्जुश्री असहाय संरक्षण केन्द्र।

भरतपुर-११ निवासी श्री तोयाराम बिक ज्यू तथा श्री कमला बिक ज्यु श्री मन्जु बिक श्री दुर्गा बिक ज्यूहरु आज नया वर्ष २०७४ को अवसर पारि मन्जुश्री असाहय संरक्षण केन्द्रका छोराछोरीहरु र दिदीबहिनीहरु लाई मीठो खाना खुवाउनु भो सुस्वास्थ, आरोग्य, संवृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस अवसरमा उहाँहरुले मन्जुश्रीमा संरक्षित छोराछोरीहरु र दिदीबहिनीहरु संघ सपरिवार नया साल मनाउदै उनीहरुको भोजनको लागि नगद ६,०००/-(छ हजार)सप्रेम समर्पण गर्नुभयो। यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्राउदै नया वर्ष २०७४ सालको शुभकामना ब्यक्त गर्दछौं । साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस सुअवसर जुटाइदिनु हुने हाम्रो शुभचिन्तक मनका धनी मनकारि भाइ दुर्गा बिक प्रति आभारि छु।हजुरहरुको सहयोग कदर गर्नेछु अागामि दिनमा पनि यस्तै सहयोग को अपेक्षा गर्छु।।
मन्जुश्री असहाय संरक्षण केन्द्र
बसेनिबजार ११

Contact Form

Name

Email *

Message *

Powered by Blogger.