Latest Post

नँया बर्षको शुभारम्भ नँया कार्यबाट।।।
...................................................
२०७४ बैशाख ७ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)
०५६-५२५८९४, ९८५५०७६००३, ९८५५०८१८९९

भर्खरै मात्रै प्रबेश गरेको नब बर्ष २०७४ साललाई हामी सम्पुर्ण नेपालीहरुले आ-आफ्नै तरिकाबाट मनायौ यसै नँया बर्षको सुखद उपलक्ष्यमा भने नवलपरासी गैडाकोट-१ निवासी परोपकारी मनका धनी आदरणिय शिव अधिकारी ज्यूले मानविय कार्यलाई थप सहजता प्रदानका निम्ति मासिक रुपमा रु.१०२०।-(एक हजार बिस रुपैया) दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ भने त्यसै गरी भरतपुर-२ निवासी सुन्दर मनकी धनी आदरणिय कस्तुरी श्रेष्ठ ज्यूले पनि आश्रमको सेवा कार्यबाट प्रभावित भएको भन्दै सेवा कार्यलाई सहजता प्रदानका निम्ति मासिक रुपमा रु.५००।- (पाँच सय रुपैया) स-प्रेम सहयोग गर्ने प्रतिबद्धता सहित दुबै परोपकारी मनका धनी आदरणिय शिव अधिकारी ज्यू तथा कस्तुरी श्रेष्ठ ज्यूले २०७४ बैशाख १ गते आश्रममा नै आएर सो सहयोग बितरण गर्दै प्रत्येक महिना यस कार्यलाई निरन्तरता गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।
थोपा -थोपा मिलेर सागर बन्छ भने जस्तै सबैले आफ्नो क्षमताले जति सकिन्छ
हामी हुनेहरुले वा हामी भन्दा कम अवसर पाएको ब्यक्तिहरुलाई केहि गर्न सक्यौ भने बास्तवमा नै त्यसले ठुलो महत्व राख्दछ।
आफ्नो ईच्छा कटौति गरेर बेसाहाराको सहारा बन्ने प्रयास गर्नु हुने आदरणिय शिव अधिकारी ज्यू तथा कस्तुरी श्रेष्ठ ज्यूलाई हार्दिक आभार ब्यक्त गर्दछौ।
साथै हाल सम्म यस मानवसेवा आश्रमलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्दै आउनु हुने तपाई सम्पुर्णलाई लाखौ-लाख साधुवाद।।
धन्यबाद।।।

कतारमा मेघा म्युजिकल डान्स सो हुँदै||कार्यक्रम सफल बनाई दिनु हुन अनुरोध||

- शक्ति क्षेत्री

वास्तवमै भन्ने हो भने दोहा कतार नेपाली हरुको लागि रमाइलो गन्तव्य बनिसकेको छ हरेक हप्ता यहाँ नेपाल बाट कलाकार हरु ल्याएर कार्यक्रम गर्ने गरिन्छ, सबै  आयोजक टिमहरु लाई स धन्यवाद भन्न चाहन्छु !फेरि आउदो शुक्रबार मेघा म्युजिकल डान्स सो गर्नु हुने आयोजक टिमहरुलाई पनि धन्यवाद टक्र्याउदै आउदो कार्यक्रम सफल बनाई दिनु हुन कतार वासी मनका धनी नेपाली जन हरुमा हार्दिक अनुरोध टक्र्याउन चाहन्छु ! टिकट को लागि स- 77806405 with dinner 100 Qr / without dinner 60 Qr
            कार्यक्रम हुने स्थान  : गल्फ होराईजन होटल
                                मिती : 21 अप्रील
                                समय : साझ 5 बजे

जन्मदिनमा निर्माणाधिन मानवीय स्मारकको लागी रू १०,१७२।- योगदान
०५ बैशाख २०७४ मानवसेवा आश्रम मुख्य कार्यालय हेटौडा
थप जनकारीका लागि ०५७-५२७३९४,९८५५०७६००१,९८५५०७६००२
...............................................................................

हाल क्यानडामा सेवारत  परोपकारी ,उदारमना , समाजीक भावनाकी धनी आदरणिय कमला रुपाखेती ज्यूले आफ्नो जन्म दिनको शुभ अवसरमा हेटौडा ९ लामसुरे धापमा  निर्माणाधिन मानवीय स्मारकको लागी रु १०१७२।– सप्रेम अर्पण गर्नु भएको छ । मानवताप्रेमी कमला रुपाखेती ज्यू लाई जन्मदिनको लाखौ लाख शुभ-भावना । तन स्वास्थ होस् मन निर्मल होस् स्वच्छ रहोस् भावना अझै बढि उन्नति होस् प्रगति होस् यहि छ हामि मानवसेवा आश्रम परिवारको तर्फबाट लाखौ लाख शुभ भावना ।

हजुरलाई सदा सुखले खान पुगोस् आन्नदित मनले योगदान गर्न पुगोस् ।
सेवा संयोजन गर्नुहुने कृष्ण गौतम ज्यूलाई धेरै धेरै साधुवद ।
https://www.youtube.com/watch?v=uSrQkobiRLU&t=6s
https://www.youtube.com/watch?v=B0i4qlGJdmc&t=58s
https://www.youtube.com/watch?v=DqIXcOZCiYI&t=318s
https://www.youtube.com/watch?v=ui-KJUyFaPA&t=8s
https://www.youtube.com/watch?v=inZSdz7sX10&t=612s
https://www.youtube.com/watch?v=DzlRb9gxSvo

Contact Form

Name

Email *

Message *

Powered by Blogger.