Latest Post

जन्मदिनमा आश्रममा भोजनसेवा ।
६, वैषाख, २०७४/ मानवसेवा आश्रम गोरखा
...................................................
गोरखा, छेपेटार निवासी आदरणीय परोपकारी तथा मानवताप्रेमी सुजना श्रेष्ठज्यूले आफ्नो जन्मोत्सवको खुशीयालीमा मानवसेवा आश्रम गोरखामा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि दिनभरिको भोजनसेवा गराउनुभएको छ ।

आफ्नो परिवारको खुशीयाली आश्रमको गरिमा लक्ष्मीनारायणहरुको लागि दिनभरिको भोजसेवा गराएर मनाउनुहुने आदरणीय सुजना श्रेष्ठ ज्यू , उहाको श्रीमान मानवसेवा आश्रम गोरखा अभिभावक परिवारको सदस्य समेत रहनुभएका  सुनिल श्रेष्ठ ज्यू ममि दाइ लगाएत सम्पुर्ण श्रेष्ठ र पन्त परिवारप्रती हार्दिक आभार तथा सादर नमन् ।

साथै यस भोजनसेवा क्रममा आश्रमका अभिभावक आदरणीय शितल काजि मास्केज्यू इश्वरकाजि मास्के ज्यू मन्जु अर्याल ज्यूको समेत उपस्थिति रहेको थियोे ।
यस भोजनसेवा गराउनुहुने आदरणीय सुजना श्रेष्ठ ज्यूको सुस्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतीको कामना ।  तन स्वस्थ्य होस्, मन स्वस्थ्य होस्, स्वस्थ्य रहोस भावना,
जन्मदिनको हजुरलाई लाखौं लाख शुभ भावना ।।

थप जानकारीको लागि :
मानवसेवा आश्रम :  ९८५५०७६००६

नँया बर्षको शुभारम्भ नँया कार्यबाट।।।
...................................................
२०७४ बैशाख ७ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)
०५६-५२५८९४, ९८५५०७६००३, ९८५५०८१८९९

भर्खरै मात्रै प्रबेश गरेको नब बर्ष २०७४ साललाई हामी सम्पुर्ण नेपालीहरुले आ-आफ्नै तरिकाबाट मनायौ यसै नँया बर्षको सुखद उपलक्ष्यमा भने नवलपरासी गैडाकोट-१ निवासी परोपकारी मनका धनी आदरणिय शिव अधिकारी ज्यूले मानविय कार्यलाई थप सहजता प्रदानका निम्ति मासिक रुपमा रु.१०२०।-(एक हजार बिस रुपैया) दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ भने त्यसै गरी भरतपुर-२ निवासी सुन्दर मनकी धनी आदरणिय कस्तुरी श्रेष्ठ ज्यूले पनि आश्रमको सेवा कार्यबाट प्रभावित भएको भन्दै सेवा कार्यलाई सहजता प्रदानका निम्ति मासिक रुपमा रु.५००।- (पाँच सय रुपैया) स-प्रेम सहयोग गर्ने प्रतिबद्धता सहित दुबै परोपकारी मनका धनी आदरणिय शिव अधिकारी ज्यू तथा कस्तुरी श्रेष्ठ ज्यूले २०७४ बैशाख १ गते आश्रममा नै आएर सो सहयोग बितरण गर्दै प्रत्येक महिना यस कार्यलाई निरन्तरता गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।
थोपा -थोपा मिलेर सागर बन्छ भने जस्तै सबैले आफ्नो क्षमताले जति सकिन्छ
हामी हुनेहरुले वा हामी भन्दा कम अवसर पाएको ब्यक्तिहरुलाई केहि गर्न सक्यौ भने बास्तवमा नै त्यसले ठुलो महत्व राख्दछ।
आफ्नो ईच्छा कटौति गरेर बेसाहाराको सहारा बन्ने प्रयास गर्नु हुने आदरणिय शिव अधिकारी ज्यू तथा कस्तुरी श्रेष्ठ ज्यूलाई हार्दिक आभार ब्यक्त गर्दछौ।
साथै हाल सम्म यस मानवसेवा आश्रमलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्दै आउनु हुने तपाई सम्पुर्णलाई लाखौ-लाख साधुवाद।।
धन्यबाद।।।

कतारमा मेघा म्युजिकल डान्स सो हुँदै||कार्यक्रम सफल बनाई दिनु हुन अनुरोध||

- शक्ति क्षेत्री

वास्तवमै भन्ने हो भने दोहा कतार नेपाली हरुको लागि रमाइलो गन्तव्य बनिसकेको छ हरेक हप्ता यहाँ नेपाल बाट कलाकार हरु ल्याएर कार्यक्रम गर्ने गरिन्छ, सबै  आयोजक टिमहरु लाई स धन्यवाद भन्न चाहन्छु !फेरि आउदो शुक्रबार मेघा म्युजिकल डान्स सो गर्नु हुने आयोजक टिमहरुलाई पनि धन्यवाद टक्र्याउदै आउदो कार्यक्रम सफल बनाई दिनु हुन कतार वासी मनका धनी नेपाली जन हरुमा हार्दिक अनुरोध टक्र्याउन चाहन्छु ! टिकट को लागि स- 77806405 with dinner 100 Qr / without dinner 60 Qr
            कार्यक्रम हुने स्थान  : गल्फ होराईजन होटल
                                मिती : 21 अप्रील
                                समय : साझ 5 बजे

Contact Form

Name

Email *

Message *

Powered by Blogger.