Latest Post

३ महिनाको बच्चा सहित मनोरोगी महिलाकाे  उद्धार
‍‍‍...............................................
गोङ्गबु आवास क्षेत्र परिसरबाट ३ महिनाको बच्चा सहित एकजना मनोरोगी महिलालाई मानवसेवा आश्रमले उद्धार गरेको छ । निरन्तरको परामर्शको कारण परिवारबारे केहि खुलेपनि तत्काल पारिवारीक पुनर्मिलनकोे सम्भावना भने अत्याधिक कम देखिन्छ ।

३ महिनाको कलिलो बच्चालाई नाङ्गै बोकेर हिडीरहेको देखेपछि स्थानियबासिहरुले आश्रमलाई जानकारी गराएका थिए । आश्रमले ३ महिने छोरीलाई कान्ति बाल अस्पताल लैजाने तयारी गरेको छ ।

मानवसेवा आश्रम काठमान्डौं

🌹🌹२५औं विवाह वर्ष गाँठको अवसरमा खाना सेवा🌹🌹
मिति २०७४-०१-११गते

भरतपुर-७ निवासी समाजिक व्यक्तित्व आदरणीय श्री कमल थपलिया तथा श्रीमती हरि माया थपलिया ज्युको आज परेको २५औं विवाह वर्ष गाँठको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खाना असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा सहयोग गर्नु भएको छ।वहाहरुले गर्नु भएको सहयोग र सद्दभव प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दैछौं साथै वहाहरुको सु:स्वास्थ,दीर्घयु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(अाश्रम)

हार्दिक निमन्त्रणा !!!

   सन्दर्भ :- "एकल नृत्य प्रतियोगीता ...!!!!

"नेपाली कला संस्कृती को संरक्षण गर्नु हामी सबै नेपाली को दायित्व हो"!!!

हाम्रो गौरवमय संस्था "अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन , शाखा" ले नेपाली कला संस्कृती को जगेर्ना साथै बहराइन मा लुकेका प्रतिभालाई उजागर गर्ने हेतुले यहि आउदो मे १९ तारीख शुक्रवार को दिन " एकल नृत्य प्रतोयोगीता" को आयोजना गर्ने भएको छ। तसर्थ उक्त अवसरमा बहराइन मा कृयाशील सम्पुर्ण संघ संस्था , बैचारिक संघ सङ्गठन हरु बाट कम्तीमा एउटा नृत्य लिएर प्रतियोगीता मा भाग लिइ कार्यक्रम को शोभा बढाइदिनुहुन हामी कलाकार मंच परिवार हार्दिक अनुरोध गर्दछौ। साथै ब्यक्तिगत रुपमा भाग लिन चाहाने कलाकार हरुले आयोजक सग सिधा सम्पर्क गरि आफ्नो नाम टिपाउन सक्नुहुनेछ।

नोट :- नेपाली कला संस्कृती को जगेर्ना गर्ने उदेश्य ले आयोजना गर्न लागिएको "एकल नृत्य प्रतियोगिता" मा नेपाल भित्र चल्ने जुनसुकै  जातिय, क्षेत्रीय भाषा का गीतहरु मा पनि प्रस्तुती दिन पाइनेछ। नेपाल भित्र चल्ने भाषा भन्नाले भोजपुरी, मैथिली , लिम्बू, राई, तामाङ, मगर, शेर्पा, नेवारी भाषा इत्यादी पर्छन! साथै नेपाली संस्कृती झल्किने भेषभुषा मा प्रस्तुत गरिने प्रस्तुती लाई बिशेष ग्राहयता दिइनेछ।

स्थान :- फुडसिटी को सभाहल (यतीम सेन्टर अगाडी )

समय :- दिनको ठिक ०१ बजेदेखी

मिति :- १९ तारिख, मे २०१७ , शुक्रवार

टिकट दर :- बि.डि. २/- मात्र (साथमा खानाको ब्यवस्था पनि गरिनेछ)

(कलाकार सहभागीता शुल्क बि.डि. ११/- मात्र )

जानकारी :- "एकल नृत्य प्रतीयोगीता" मा प्रथम , द्वितीय र तृतीय हुने कलाकार हरुलाइ आकर्षक पुरस्कार को ब्यवस्था गरिएको छ। भाग लिन इच्छुक कलाकार हरुले तलको फोन नम्बर हरुमा सम्पर्क गरि थप जानकारी साथै आफ्नो नाम टिपाउन सक्नुहुनेछ ! प्रतियोगीता मा भाग लिनको निम्ति मे १८ तारिख बिहिवार सम्म मा आफ्नो नाम र प्रवेश शुल्क आयोजकलाइ बुझाइ सक्नुपर्ने छ!

(साथै सहकार्य गर्न इच्छुक जुनसुकै संघ संस्था हरुलाइ पनि अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन , शाखा परिवार सहकार्यको लागि हार्दिक स्वागत गर्दछौ)

सिधा सम्पर्क :- 36735808 , 35065135 , 39351093 , 37390055, 66991887

    धन्यवाद ,

      अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन , शाखा परिवार !!!!

Contact Form

Name

Email *

Message *

Powered by Blogger.