Latest Post

नेपाल जर्नी द्वारा हेटौंडामा निर्माण कार्य भैरहेको २० हजार पुस्तक क्षमताको नेपालकै नमुना पब्लिक लाइब्रेरीको लागि प्रोफेसर सरिता अग्रवाल ज्युले  ४० प्रति पुस्तक उपलब्ध गराउनुभयकोमा हार्दिक धन्यबाद।

Today we also received a donation of 40 books from Professor Sarita Agrawal in Nepal. We are extremely grateful for the small, but life altering donation. Thank you!
-
find out how you can contribute today on nepaljourney.org

- नेपाल जर्नी 
Nepal Journey
Http://www.nepaljourney.org

राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ता डा.महाबीर पुन लाई चितवन समाज युएइ ले आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ।

चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल द्वारा आयोजित एक कार्यक्रममा समाजका तर्फबाट सल्लाहकार रामु पौडेल र अन्तराष्ट्रिय समन्वय समिति नेपालका सह-सचिव गणेश ढकाल ले आविस्कार केन्द्रलाई रु ८०,००० रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेका हुन।

आविस्कार केन्द्र अभियानमा सघाउने उदेश्यले समाजका सल्लाहकार रमेस सुबेदीको संयोजक मा आर्थिक संकलन गरेको थियो। उक्त परोपकारी कार्यमा बिशेस सहयोग गर्ने बराक क्वालिटी प्लस कम्पनीमा कार्यरत कर्मचारीहरु, मुनाल बचत कोष परिवार लगायत सम्पूर्ण सहयोगीहरु प्रति समाजले बिशेष धन्यवाद सहित आभार प्रकट गरेको छ।

चितवन समाज युएइ

"आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न"

मिति २०७४ वैशाख १२ गतेका दिन  चितवन समाज युएई तथा इजरायलमा कार्यरत परोपकारी सामाजिक ब्यक्तित्वहरुको संयुक्त सहयोगमा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल द्वारा जगतपुर २३ घैलाघारीका १३ बर्षिया बालक अर्जुन हरिजनलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरियो |

चितवन समाज इजरायलकी अध्यक्ष श्री शान्ता अधिकारी ज्ञवाली ज्यु र कार्यसमिति सदस्य श्री गौरीमाया सुबेदी ज्युको बिशेष पहलमा इजरायलमा कार्यरत विभिन्न क्षेत्रका समाजसेवी तथा परोपकारी व्यक्तित्व हरुद्वारा रु.५१,००० र चितवन समाज युएईद्वारा रु ३३,६७० गरि संयुक्त रुपमा रु ८४,६७० आर्थिक सहयोग पीडितका परिवारलाई चितवन मेडिकल कलेज भरतपुरमा हस्तान्तरण गरियो |

पिडितको आर्थिक अवस्था निकै कमजोर रहेको र उपचारको लागि समस्या परेकोले  पत्रकार नारायण ढुंगानाको पहलमा बिभिन्न संघ सस्था लगायत समाजसेवीहरु सम्पूर्णलाई सहयोगको लागि हार्दिक अपिल गरिएको थियो |

सो कार्यक्रममा अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी, कोषाध्यक्ष श्री सिता ढकाल, सह-कोषाध्यक्ष साझाराम बि.क.,सदस्य श्री रामबाबु थापा तथा चितवन समाज इजरायलकी प्रथम उपाध्यक्ष श्री सरिस्मा बराल ज्युको उपस्थिति रहेको थियो |

सामाजिक परोपकारी गतिबिधिमा सदा अग्र स्थानमा रहन सफल  चितवन समाज युएई गृह जिल्ला चितवनको सामाजिक बिकासमा काँधमा काँध मिलाएर सहकार्य सद्भाव र समन्वय गर्दै संसारभरका चितवनवासीहरूको साझा सस्था चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिमा आवद्द रहदै समाजीक र परोपकारी गतिबिधि अगाडी बढाउन उदाहरणीय कार्य गरेको छ |
यसै गरि रोजगारको सिलसिलामा इजरायलमा कार्यरत बिभिन्न क्षेत्रका समाजसेवी तथा परोपकारी व्यक्तित्व हरुद्वारा पुर्याउनुभएको अतुलनीय सहयोगको लागि हामी चितवन युवा समूह अन्तराष्ट्रीय समन्वय समिति नेपाल सपरिवारको तर्फ देखि चितवन समाज युएई तथा चितवन समाज इजरायलकी अध्यक्ष श्री शान्ता अधिकारी ज्ञवाली ज्यु र कार्यसमिति सदस्य श्री गौरीमाया सुबेदी ज्युलाई  हार्दिक धन्यवाद सहित सम्पूर्ण सहयोगी मनहरु प्रति आभार प्रकट गर्दछौ |
यसै गरि आगामी दिनहरुमा पनि सदा सामाजिक परोपकारी कार्यमा अगाडी बढ्ने सक्नेछौ भन्ने  कामना व्यक्त गर्दै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।
अध्यक्ष
मुक्तिप्रसाद अधिकारी
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |

Contact Form

Name

Email *

Message *

Powered by Blogger.