Latest Post

परिवारसंग पुर्नमिलन

घर काठमाडौं बताउने देवघाटमा अलपत्र  अवस्थामा जीवन बिताउन बाध्य भएको र दाहिने स्तनमा घाउले ग्रसित भई जीवन गुजारा गरिरहेको बेला जिल्ला प्रहरी कार्यलय देवघाटबाट राख्न अनुरोध गरि सरस्वती क्षेत्री नाम गरिको लगभग ६६ वर्षको आमालाई यस चितवन मानव सेवा आश्रमले उद्वार गरि CMC हस्पिटलमा उपचार गराई ठिक भएपछी घर पत्ता लगाई परिवारसंग पुर्नमिलन गरियो।

हाल सम्म यस चितवन मानव सेवा अश्रामले ४२जना आमाबुवाहरुको पुर्नमिलन गरिसकेको छ

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम

आमाको सम्झनामा  गरिब बालकलाई छात्रवृत्ति !


बुटवल घरभै  हाल  इज्राएल मा   कार्यरत  श्रद्दिय शारदा पाण्डे ज्युले आफ्नी आम कुन्तादेवी सापकोटाको सम्झनामा  (पाल्पाको रिद्दी ) लक्ष्मी प्रतिस्ठानद्वार चितवन जिलको लोथर गविस ९ मा अती सिमान्तकृत  गरीब चेपाङ बालबालिकाहरुकालाई शिक्षामा पहुंचा गराउनकालागी  संचालन  गरिएको कुमार बलराम स्‍मृति छत्रावासमा बस्दै आएका विद्यार्थीहरुको  पठन पठन  दिगो बनाउन संचालित  साथीकालागी साथी कार्यक्रममा समावेश गरिएका मध्य कक्षा ५   मा अध्यानरत बुद्धि   प्रजालाई छात्रवृत्ति स्वरुप उक्त  छात्रावासमा  बस्न, खान ,पढन लाग्ने खर्च  रु ५१,००० ( बार्षिक ) उपलब्ध गराउनु भएको छ।    यसरी अति सिमान्तकृत  वर्गको  एउटा  गरिव परिवारमा  जन्मीएका बुद्धी प्रजालाई    उहाँहरुबाट   भएको  सहयोगले  भोलिका दिन  राष्ट्रलेनै  एउटा सक्षम  कर्णाधार प्राप्त गर्ने  छ भने उनि मार्फत  कान्दाको  विशिष्ट  पहिचान समेत बन्न सक्नेछ   । आज  मातातिर्थ  औंसीको  यो पावन  अवसरमा  आमाको  सम्झना    श्रद्दिय शारदा ज्यु बाट भएको यो मानवीय सहयोग कालागी  उहनाप्रति सम्मान गर्दै  मुरी मुरी   धन्यवाद सहित   हार्दिक आभार  ब्यक्त  गर्दछौ।

बिष्णु गौतम

लक्ष्मी प्रतिस्ठान                     www.laxmipratisthan.org

श्रद्दिय यज्ञ चापागाईं पारिवार्लाई  हाम्रो  हार्दिक सलाम! लक्ष्मी प्रतिस्ठानद्वार चितवन जिलको लोथर गविस ९ मा अती सिमान्त्क्रित गरीब चेपाङ बालबालिकाहरुकालागी संचालन  गरिएको कुमार बलराम स्‍मृति छत्रावासमा बस्दै आएका विद्यार्थीहरुको  पठन पठन  दिगो बनाउन सहयोग पुगोस  भन्ने मनसायले  संयुक्त राज्य अमेरिकाको भर्जिया  निवासी यज्ञ चापागाई परिवारबाट  हामीलाई $५०१ . उपलब्ध  भएको छ। प्रवासमा रहेर पनि   यसरि आफ्नो समाजलाई  हृदयमा राखी  सहयोग  पुर्याउनुहुने चापागाई परिवारप्रति  हामी  कृतज्ञता साथ्  सम्मान  गर्दछौ।  सबैको जय होस्।

बिष्णु गौतम
 लक्ष्मी प्रतिस्ठान                     www.laxmipratisthan.org

Contact Form

Name

Email *

Message *

Powered by Blogger.