Latest Post

बसन्तपुर मन्दीरमा एकजना ९२ बर्षकी आमा कष्टपुर्ण जीवन विताइरहनुभएको खवर प्राप्त भएसँगै करिव रातकाे १०: ३० बजे हामी बसन्तपुर दरबार परिसरमा पुग्याै
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍............................................................
करिव एक घण्टासम्म आमासगँ मिठो कुराकानी भयो । आमा ९२ बर्षकी हुनुहुदो रहेछ । अनि राजा महेन्द्रको मृत्यू भएको एक वर्ष पछि रामेछापबाट काठमाडौं आउनुभएको रहेछ ।

काठमाडौंको विभिन्न स्थानहरुमा कोठा गरेर बसेको र अन्त्यमा करिव १० बर्ष अघिबाट बसन्तपुर मन्दीरमा बस्दै आउनुभएको रहेछ ।

करिव करिव दशबर्ष देखिको कहालीलाग्दो सडक जीवन विताइरहेकी आमा अव सडकमै आफुलाई सुरक्षीत ठान्न थाल्नु भएछ । कयौं समयदेखि ननुहाएको शरीर अव त चिलाउन पनि छाडेका छन् रे ।

राजा विरेन्द्रको मृत्यू हुनु अगावै उहाँको १६,००० रुपैया लुटेरा हरुले लेटेछन् । त्यसले थोरै मन दुखेपनि हाल करिव करिव दिनहु जस्तै आँखा छलेर मागेर जम्मा गरेको पैसा लुटिने गरेको रहेछन् । तरपनि त्यसमा उहाँलाइृ खास्सै पिर छैन आमा भन्छिन् आज खानको लागी आजै, भोलिको लागि भोलि कसैन कसैले दिएकै छन्, म सँग भएको कसैले चोरेरै खान्छन् अगाउछन् भने अगाउन ।

९२ वर्र्षीए आमाको यो किसिमको निर्भयता र हृदयस्पर्षी शब्दहरुले संसारमा थुपार्न मात्र खोज्नेहरुको लागि ठूलो संदेश दिइरहेको थियो ।
आज आमा हामीसँग आश्रममा आउन चहानुभएन, रातको ११ बजे हामीले पनि उहाँलाई जवरजस्ती आफ्ना कुरा मनाउन चहाएनौ ।

करिब १ घण्टाको मिठो कुराकानी पश्चात् हामी आश्रम फर्कियौ, तर भोलि फेरी आमालाई आश्रममा ल्याई सेवा गर्न हाम्रो प्रयास रहने छ । हाम्रो मेहनत जारी छ, सम्पुर्णको शुभ भावना तथा सहयोगको आशा राख्दछौं.....

एक जना ९२ वर्षीय जेष्ठ नागरिक आमा यस अवस्थामा सडकमा रहन पर्नुले संसारलाई अहिंसा र मानवताको पाठ सिकाउने हाम्रा अग्रजहरुको सन्तती हामी माथि गहिरो पश्नचिन्न तेर्साइदिएको छ । अतः हाम्रो प्रयास जारी छ..........
मानवसेवा आश्रमबारे थप जानकारीको लागि : ०१४३५७५६३, ९८५५०७६००४(काठमाडौं)

स्व:बहिनीकाे स्मृतिमा दाईभाउजुले मानवसेवा अाश्रमलाई सहयाेग...............................!!
मिति २०७४/०१/२२गते
Manavsewa Ashram Lamjung Branch.

राइनास-८हर्राबाेट निवासी अादरणीय शिव थापा ज्यु र अादरणीय सर्मिला थापा ज्युले अाफ्नाे (स्व: बहिनी  कमला थापा)काे ८ अाै पुण्यतिथिकाे अवसरमा मानवसेवा अाश्रमकाे सेवा कार्यलाई थप सहज र सरल बनाउनकाे लागि नगद रु ५००५(पाँच हजार पाँच रुपैया) स-प्रेम हस्तान्तरण गर्नुभएको छ।स्व:कमला थापाकाे अात्माले शान्ति पाअाेस् मानवसेवा अाश्रम परिवारकाे भगवानसँग प्राथना गर्दछाै। सहयाेगी, मनकारी ,पराेपकारी,मानवताप्रेमी अादरणीय शिव थापा ज्यु र अादरणीय सर्मिला ज्युलाई सदैव खान पुगाेस् दिन पुगाेस् धेरै धेरै धन्यवाद ।
थप जानकारीकाे
9855076007

परदेशिएकी चेलि
पश्चिम नेपाल को विकट गाउँ मा जन्मिएकी अनुजा लाई रोग भोक र शोक को कुरा गर्नै पर्दैन १२ हन्डर खाएर हुर्किएकी उ उच्च शिक्षा को लागि सबैको सबैको आशा तथा भरोसा को केन्द्र राजधानी प्रवेश नितान्तै नौलो र आशाको केन्द्र बनेको छ ।
बिबशता ले उसलाई एउटा सिधा नारी बनाएको छ अझ भनु निमुखा बनाएको छ हजारौं ठाँउ धाउदा धाउदा जागीर को मेसो मिलिरहेको छैन उसलाई अब त्यही विकट पहाड घर नै न्यानो लाग्न थाल्यो घर फर्कने लगभग तयारी गरि फेरि सोची गाउँ को दुख अनि स साना भाइ बहिनी कमजोर आर्थिक अबस्था फेरि मन लाई बाधी अनि संघर्स गर्ने बिचार गरि बाधेको पोको फेरि खोलि अनि फेरि उहीँ दौडधुप मा लागि जागिर कौ शिलशिला राजधानी पनि त्यति मनकारी कहाँ छ् र ? यहाँ जागिर पाउन फलामको चिउरा चपाउनु  सरी नै हुन्छ सोस फोर्स आफ्नो मान्छे हुनुपर्यो योग्यताको त कुरै छैन दिक्क दिक्धारीएकि अनुजा ले अन्तत परदेश जाने सोच बनाइ र मेनपावर मार्फत उ खाडीमा लागि सुरुमै घरेलु कामदार को रूपमा रहेकि अनुजा लाई त्यति सहज भने थिएन भाषिक समस्या देखि अन्य धेरै समस्या तर घर को दयनीय आर्थिक अभाव को अगाडि यी सबै उनको लागि नगन्य नै थियो घर मालिक ईमानदार नै थियो समयमै तलब हरु दिन्थ्यो ।यो हजारौं को हकमा एकजना लाई मिल्छ त्यो मानेमा अनुजा भाग्यमानी नै थिइन समय बित्दै गयो समय संगै अनुजा को दिनाचार्य मा पनि परिवर्तन आउदै गयो ।समय सङै बढदै गएको अनुजा को इच्छा एक स्वभाबिक पनि थियो अति मिलनसार अरुको बिश्वास छिटो नै गर्ने अनुजा लाई पनि एक जना ले माया दर्शायो कहिल्यै कसैको माया को अनुभुती गर्न नपाएकी अनुजा लाई उसको माया ले निकै प्रभाव पार्यो ।बिस्तारै उ बिना बाच्नै नसक्ने भइ ।यसैबीच मा उनिहरु बिचमा मायाको बिजारोपण समेत भइसकेको रहेछ जब यो कुरा उनलेे त्यो केटा समक्ष भनिन तब त्यसै दिन देखि उ गायब भयो उसले आफ्ना नम्बर हरु सबै बदलिदियो अनुजा को जिबन बाट यति टाढा भइदियो कि सायद अनुजा ले अब उसलाई कहिल्यै भेट्न् नै सक्दिन्न ।यति रोइन कराइ तर त्यसको कुनै अर्थ नै थिएन गल्ती अनुजा को पनि थियो उनी गलत मा लागेको थाह पाएर घर मालिक ले उनलाइ रोजगारी बाट निकालेर घर पठाउने निधो गर्यो कति धेरै आशा भरोसा बोकेर आएकी अनुजा एउटा सानो गल्ती ले आज घर फर्कदै छिन ।उनलाई अब आफ्नो भन्दा पनि आफ्नो गर्भमा रहेको सन्तान को चिन्ता भयो ।समाज ले के भन्ला भोलि सन्तान हुर्कदै गएपछि त्यो सन्तान ले बाबा खोइ भन्दा के भन्नू यी आदि अनुत्तरित प्रश्न हरु मनै भरी छल्किरहेका थिए तर पनि निकै बिचार गरि उनी बच्चा जन्माउने निर्णयमा पुगिन यी सबै घटना हरु लाई नजीक बाट नियाली रहेको सङम सिमा दम्पती ले एकचोटि अनुजा लाई भेट गरि अब जन्मने सन्तान माग्ने कोसिस गर्ने बिचार गरे किनकी यी जोडी को बिबाह भएको २० बर्ष हुँदा पनि सन्तान भएको थिएन सरल र मिजासिला सङम शिला दम्पती ले अनुजा लाई भेट गरे र प्रस्ताव गरे अनुजा अकमक परिन उनी संग कुनै उत्तर नै थिएन दिउ आफ्नो सन्तान कसरी दिउ नदिउ म कुमारी आमा के गर्नु के नगर्नु भयो सङम ले भने जुन दिन बच्चा जन्मछ त्यहि दिन बाट आफुले जे जन्मेपनि सन्तान बनाएर पाल्ने बाचा गरे र कहिल्यै पनि अनुजाको बारेमा नबताउने सल्लाह पनि भयो र अनुजाको पुनःस्थापना को लागि सङम दम्पती ले केही पैसा पनि दिने भयो तर सबैकुरा सुनिरहेकी अनुजा सङ कुनै विकल्प पनि थिएन र उसले अन्तत आफ्नो सन्तान दिने पत्रमा हस्ताक्षर गरिन नभन्दै एकदिन छोरा जन्मियो त्यसै दिन अनुजा ले सन्तान को जिम्मा सङम दम्पती लाई लगाइन उनिहरु बाट प्राप्त पैसा एउटा गाउँ कै स्कुलमा लगानी गरिदिइन यति हुँदा पनि उनको आत्मा ले शान्ति दिएन उनी हरेक दिन त्यही शिशु लाई सम्झेर उनी रुदै दिन कटाउन थालिन र मनमा अति भए पछि अनेकौं बाहना बनाएर एकचोटि फेरि आफ्नो सन्तान हेर्न गइन उ शुक्लपक्षको चन्द्रमा जस्तो हुर्किरहेको थियो धेरै पर बाट नियालिन फेरि सोचिन अब म आउदिन आए भने मेरो छोरा को भबिस्य नै अन्धकार हुन्छ भन्ने सोच्दै घर फर्कदै थिइन तर अपसोच सवारी दुर्घटना मा उनको निधन भयो उनी फेरि कहिल्यै नआउने बाटो गइन फेरि कहिल्यै नआउने बाटो गइन अब कहिल्यै छोरा लाई नभेटने गरि ।
प्रस्तुत कथा काल्पनिक कथा हो कसैको जीवन सग मेल खान गएमा संयोग मात्रै हुनेछ ।

लेखक :- गोबिन्द लामिछाने  अविरल ।
कथा :- परदेशिएकी चेलि

Contact Form

Name

Email *

Message *

Powered by Blogger.