Latest Post

परोपकारी अमिता श्रेष्ठज्यूप्रती सादर नमन् ।
...................................................
आदरणीय परोपकारी तथा मनकारी श्री ममिता श्रेष्ठज्यूद्वारा मानवसेवा आश्रम काठमाडौंको सेवाकार्यलाई हजता प्रदान गर्ने अभिष्टका साथ अश्ररुपी रु. पाँच हजार रुपैया सहयोग गर्नुभएको छ ।

सहयोग रकम मानवसेवा आश्रमका संरक्षक तथा मानवसेवा आश्रमको सेवा कार्यलाई तन , मन र धनको त्रिवेणीबाट अनवरतरुपमा सेवा पुर्याउदै आइरहनुहुने आदरणीय मानवीयताका पुजारी आदरणीय आमा रसना टण्डनज्यूले आश्रमलाई उपलब्ध गराउनु भएको हो ।

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय ममिता श्रेष्ठज्यूप्रती हार्दिक आभार तथा सुस्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रतीको कामना ।

मानवसेवा आश्रम काठमाडौं

बसन्तपुर मन्दीरमा एकजना ९२ बर्षकी आमा कष्टपुर्ण जीवन विताइरहनुभएको खवर प्राप्त भएसँगै करिव रातकाे १०: ३० बजे हामी बसन्तपुर दरबार परिसरमा पुग्याै
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍............................................................
करिव एक घण्टासम्म आमासगँ मिठो कुराकानी भयो । आमा ९२ बर्षकी हुनुहुदो रहेछ । अनि राजा महेन्द्रको मृत्यू भएको एक वर्ष पछि रामेछापबाट काठमाडौं आउनुभएको रहेछ ।

काठमाडौंको विभिन्न स्थानहरुमा कोठा गरेर बसेको र अन्त्यमा करिव १० बर्ष अघिबाट बसन्तपुर मन्दीरमा बस्दै आउनुभएको रहेछ ।

करिव करिव दशबर्ष देखिको कहालीलाग्दो सडक जीवन विताइरहेकी आमा अव सडकमै आफुलाई सुरक्षीत ठान्न थाल्नु भएछ । कयौं समयदेखि ननुहाएको शरीर अव त चिलाउन पनि छाडेका छन् रे ।

राजा विरेन्द्रको मृत्यू हुनु अगावै उहाँको १६,००० रुपैया लुटेरा हरुले लेटेछन् । त्यसले थोरै मन दुखेपनि हाल करिव करिव दिनहु जस्तै आँखा छलेर मागेर जम्मा गरेको पैसा लुटिने गरेको रहेछन् । तरपनि त्यसमा उहाँलाइृ खास्सै पिर छैन आमा भन्छिन् आज खानको लागी आजै, भोलिको लागि भोलि कसैन कसैले दिएकै छन्, म सँग भएको कसैले चोरेरै खान्छन् अगाउछन् भने अगाउन ।

९२ वर्र्षीए आमाको यो किसिमको निर्भयता र हृदयस्पर्षी शब्दहरुले संसारमा थुपार्न मात्र खोज्नेहरुको लागि ठूलो संदेश दिइरहेको थियो ।
आज आमा हामीसँग आश्रममा आउन चहानुभएन, रातको ११ बजे हामीले पनि उहाँलाई जवरजस्ती आफ्ना कुरा मनाउन चहाएनौ ।

करिब १ घण्टाको मिठो कुराकानी पश्चात् हामी आश्रम फर्कियौ, तर भोलि फेरी आमालाई आश्रममा ल्याई सेवा गर्न हाम्रो प्रयास रहने छ । हाम्रो मेहनत जारी छ, सम्पुर्णको शुभ भावना तथा सहयोगको आशा राख्दछौं.....

एक जना ९२ वर्षीय जेष्ठ नागरिक आमा यस अवस्थामा सडकमा रहन पर्नुले संसारलाई अहिंसा र मानवताको पाठ सिकाउने हाम्रा अग्रजहरुको सन्तती हामी माथि गहिरो पश्नचिन्न तेर्साइदिएको छ । अतः हाम्रो प्रयास जारी छ..........
मानवसेवा आश्रमबारे थप जानकारीको लागि : ०१४३५७५६३, ९८५५०७६००४(काठमाडौं)

स्व:बहिनीकाे स्मृतिमा दाईभाउजुले मानवसेवा अाश्रमलाई सहयाेग...............................!!
मिति २०७४/०१/२२गते
Manavsewa Ashram Lamjung Branch.

राइनास-८हर्राबाेट निवासी अादरणीय शिव थापा ज्यु र अादरणीय सर्मिला थापा ज्युले अाफ्नाे (स्व: बहिनी  कमला थापा)काे ८ अाै पुण्यतिथिकाे अवसरमा मानवसेवा अाश्रमकाे सेवा कार्यलाई थप सहज र सरल बनाउनकाे लागि नगद रु ५००५(पाँच हजार पाँच रुपैया) स-प्रेम हस्तान्तरण गर्नुभएको छ।स्व:कमला थापाकाे अात्माले शान्ति पाअाेस् मानवसेवा अाश्रम परिवारकाे भगवानसँग प्राथना गर्दछाै। सहयाेगी, मनकारी ,पराेपकारी,मानवताप्रेमी अादरणीय शिव थापा ज्यु र अादरणीय सर्मिला ज्युलाई सदैव खान पुगाेस् दिन पुगाेस् धेरै धेरै धन्यवाद ।
थप जानकारीकाे
9855076007

Contact Form

Name

Email *

Message *

Powered by Blogger.