Latest Post

माता तिर्थ औंसीमा आमाको सम्मान
१३ बैशाख @ मानवसेवा आश्रम शाखा कार्यालय सामाखुशी-काठमाण्डौ
थप जानकारीको लागी ०१-४३५७५६३,९८५५०७६००४
......................................................................................................
विभिन्न कारणबाट सडकमा कष्टकर जीवनयापन गर्न विवश मानवहरुलाई उद्दार, खानपान,औषधि-उपचार पारीवारिक पुनःमिलन गराउदै आएको मानवसेवा आश्रममा आमाको मुख हेर्ने दिन (माता तिर्थ औसिको दिन) धेरै परोपकारि मनहरु आश्रममानै आई योगदान गर्नु भएको छ । उदारमना महानुभाव हरुलाई ‍धेरै धेरै सादुवाद ।
तन स्वस्थ होस् मन निर्मल होस् स्वच्छ रहोस् भावना अझै बढि उन्नति होस् प्रगती होस् यही छ हामी मानवसेवा आश्रम परीवारको तर्फबाट धेरै धेरै शुभ भावना ।

छोरीको सु-स्वास्थ,दिर्घायु,उत्तरोत्तर प्रगतीको भावना सहीत मानवसेवा आश्रममा भोजन सेवा योगदान !!
बैशाख १४ @ मानवसेवा आश्रम सामाखुशी
थप जानकारीको लागी ०१-४३५७५६३,९८५५०७६००४
...................................................................................................
काठमाण्डौ निवासी परोपकारी, उदारमना , सामाजीक भावना हुनुभएको आदरणिय अनु रायमाझीज्यूले आफ्नो छोरी आश्रिया रायमाजीज्यूको सु-स्वास्थ,दिर्घायु,उत्तरोत्तर प्रगतीको भावना सहीत मानवसेवा आश्रमको गरीमा लक्ष्मीनारायणहरुलाई एक दिनभरीको भोजनसेवा योगदान गराउनुभएको छ । नानु आश्रिया सु-स्वास्थ,दिर्घायु,उत्तरोत्तर प्रगतीको भावना, तन स्वस्थ होस् मन निर्मल होस् स्वच्छ रहोस् भावना अझौबढि उन्नति होस् प्रगति होस् यहि छ हामी मानवसेवा आश्रम परीवारको तर्फबाट धेरै धेरै शुभभावना !!!!

नियूक्ति पाएसँगै आश्रममा भोजनसेवा,,,,,,,
आफ्नो शुखीयाली दिनदुखीहरुको सेवामा समर्पित गर्ने डा. प्रकाश पौडेलज्यूलाई उज्ज्वल भविष्यको कामना ।
मानवसेवा आश्रम काठमाडौं
...........................................
काठमाडौं महराजगञ्ज निवासी आदरणीय परोपकारी डा.श्री प्रकाश पौडेलज्यूले मानवसेवा आश्रम काठमाडौंमा भोजनसेवा गराउनुभएको छ ।

चिकित्सक पेशामा औपचारिक रुपमै सेवा सुभारम्भ गरेपछि  सोही खुशीयालीको अवसर पारेर सहयोगापेक्षी व्यक्तिहरुको लागि भोजनसेवा गराउनुभएको हो ।

भोजनसेवा हस्तान्तरण कार्यक्रममा परोपकारी साथिहरु नविना सीटौला, नविना सापकोटा, आरुसा कार्की, निरञ्जना कार्कीज्यू, परोपपकारी व्यक्तित्व उमेश कुमार सिटौलाज्यू, हरिकला सिटौलाज्यू, लोकनाथ खनालज्यू तथा मानवसेवा आश्रमका अभिभावक आदरणीय सुवर्णलाल चित्रकारज्यूको उपस्थिती रहेको थियो ।

परोपकारी सेवाको कार्यको हात बटाउनुहुने आदरणीय परोपकारी डा. श्री प्रकाश पौडेलज्यूप्रति हार्दिक आभार तथा उज्ज्वल भविष्यको कामना ।
रमेर जीउन पुगोस, हाँसेर दिन पुगोस् । सम्पुर्ण आश्रम परिवारको तर्फबाट शुभभावना ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.