Latest Post

"जन्मदिनको अवसरमा फलफूलको आनन्द लिदै लक्ष्मीनारायण  @ मानवसेवा आश्रम "
..................................................................
मिति:२०७४/१/२० गते बुधबार @ मानवसेवा आश्रम  चितवन,भरतपुर-१० बाईपास रोड (अाँखा अस्पताल नजिक) थप जानकारी ०५६-५२५८९५,९८५५०७६००३,९८५५०८१८९९

मंगलपुर निवासी परोपकारी मनका धनी आदरणीय इन्दिरा भट्टज्युको सुपुत्री आदरणीय निन्सा भट्टज्युको शुभ जन्मदिनको अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरुलाई दिउँसोको खाजासेवा फलफूल स-प्रेम अर्पण गर्नु भएको थियो ।उक्त खाजासेवा कार्यका निम्ति संयोजन गर्नु हुने आदरणीय तेज कुमार दवाडीज्युलाई धेरै धेरै साधुवाद ।आदरणीय निन्सा भट्टज्युलाई मानवसेवा आश्रम परिवारको तर्फबाट  फेरि पनि जन्मदिनको लाखौं लाख शुभभावना व्यक्त गर्दछौ ।हजुरहरुलाई सधैं सुखले खान पुगोस् र खुशीले दान गर्न पुगोस् ।
धन्यवाद ।

रोज व्युटि पार्लरबाट भोजन सेवा
@मानवसेवा आश्रम शाखा कार्यालय सामाखुसी,काठमाण्डौ
थप जानकारीको लागी ०१-४३५७५६३,९८५५०७६००४
......................................................................................................
काठमाण्डौ १४ कलङ्की निवासी परोपकारी भावनाकी धनी आदरणिय गीता राई ज्यूले मानवसेवा आश्रमको सेवाकार्यालाई को लागी थप सहजता प्रदान गर्न उदेश्य राखी मानवसेवा आश्रमको ३२ परिवारको लागी बिहानको भोजन भोजनसेवा गराउनु भएको छ । रोज व्युटि पार्लर को संञ्चालीका मानविय भावनाहुनु भएकी गिता राई ज्यूलाई धेरै धेरै साधुवाद। उहालाई सदा सुखले खान पुगोस् आन्नदित मनले योगदान गर्न पुगोस् ।

मातातिर्थ औशीको अवसर पारेर आश्रममा आफैले तयार पारि विहानको खाजा तथा भोजनसेवा‍‍....
...................................
पहिलो पाइला नामक संस्थाका जुजारु परोपकारी  यूवाहरुले मानवसेवा आश्रम काठमाडौं शाखामा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि
मातातिर्थ औशीको अवसर पारेर विविध मनोरञ्जनात्मक कार्यतक्रमकाे साथमा आश्रममा आफैले तयार पारि विहानको खाजा तथा भोजनसेवा गराउनुभएको छ ।

आददरणीय परोपकारी यूवाहरुको यो परोपकारी  पाइलाप्रती मानवसेवा आश्रम सम्पुर्ण परिवार हार्दिक आभार प्रकट गर्न चहान्छौं । परिवर्तनका लागि सँगै नामक नाराका साथ अघि बढिरहेको यस संस्थाले बहुसंख्यक सहयोगापेक्षीहरुको सेवा गर्न सकोस् हाम्रो शुभ भावना ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि ः
०१४३५७५६३, ९८५५०७६००४

Contact Form

Name

Email *

Message *

Powered by Blogger.