आदरणीय लायन मधु थपलिया सर सपरिवार सहित बेबी लाईफ होममा उपस्थित भई हाम्रा नानी बाबुहरूलाई आफ्नै हातले पकाएको मिष्ठान्न भोजन प्रदान गरीदिनुभएकोमा हार्दिक धन्यवाद ।
--राज कुमार पुन संस्थापक अध्यक्ष सफलता एच.आई.भी. शिक्षा सदन info@babylifehome.org
पहिचान सहितको नेपालकै पहिलो बिद्यालय
म्याग्दि उद्वार समिती बहराईन द्वारा एकै दिनमा ३ जना पीडित हरुलाई आर्थिक सहयोग ।
=====================-==============
५मे २०१७ का दिन म्याग्दी उद्दार समिति बहराईन को ७औं मासिक बैठक नेपाली कल्व भबन अद्लिया अबस्थित सभा हल मा यसै सस्था का अध्यक्ष श्री तेजेन्द्र थापा ज्यूको अध्यक्षतामा मासिक बैठक बसेको थियो मासिक बैठक मा कार्यसमिति हरु,सल्लाहकाहरु , साथै म्याग्दी बसिरहरुको बाक्लो उपस्थितिमा मासिक बैठक सम्पन्न भएको थियोे उक्त उपस्थिति मा विभिन्न प्रस्ताव हरु बारे छलफल गरियो जस्मा बहराइन मा आवद्ध स -सस्था र नेपाल बाट आर्थिक सहयोग गरि पाउ भनी पत्र आएको ले यस सस्था को मासिक बैठक अनुसार सबैभन्दा पहिलो प्रथामिकता आपात बिपत्त का पीडित हरुलाई आर्थिक सहयोग दिने निर्णय पारित गरियो ।
पर्बत जिल्ला जलजला गाँउ पालिका ४ साबिक माझफाँट वडा नं १ निवासी साबीत्री कुमारी थापा मगर कि दुबै मृगौला फेल भ़इं बिगत ३ महिना देखि हस्पिलमा उपचार गराइ रहेकी र निजलाइं जिबन बचाउन को लागी मृगौला प्रत्यारोपण गर्न कठिन भएको र आर्थिक अबस्था कमजोर भएको हुदा यस संस्था बाट २५ बिडी अन्य म्याग्दि बासिहरुबाट ७० बिडी गरी जम्मा गरि = ९५ बहराइंनी डिनर आर्थिक सहयोग यसै सस्थाका अध्यक्ष श्री तेजेन्द्र थापा ज्यू मार्फ़ट पिडित बहिनी कि दाजु सस्थाका बिशेष सल्लाहकार श्री बिस्नु रोका मगर लाई हस्तान्तरण गर्नु भएको छ भने हामीले विभिन्न आवद्ध स - सस्था हरुलाई पत्राचार गरेका थिइऔ अहिले सम्म मगर संघ बहराइन बाट पनि २९:५०० विदि स्वरुप प्राप्त भएको थियोे ।
नेपाली कल्ब बहराइन लाई पनि सस्था दर्ता गर्न वा नवीकरण गर्न को लागी ५१ बिदि आर्थिक सहयोग गरिएको छ भने गन्डकी अञ्चल तनहु जिल्ला रुपाकोट गा.बिस ८ घर भई श्याम लाल गुरुङ को दुबै मृगौला फेल भएको र उपचार गर्न आर्थिक नाजुक अवस्था रहेको नेपाली कल्ब बहराईन ले यस संस्थालाई आर्थिक सहयोग पत्र प्राप्त अनुसार संस्था बाट = १६ बिडी र अन्य म्याग्दि बासिहरुबाट २९ बिडी जम्मा ४५ दिनर आर्थिक संकलन गरि सो रकम यस सस्थाका अध्यक्ष श्री तेजेन्द्र थापा ज्यू मार्फट नेपाली कल्बका सल्लाहकार श्री छविलाल बिक ज्यु लाई हस्तान्तरण गर्नु भएको थियोे ।
म्याग्दी जिल्ला कुहुँ गाविस वडा नं ६ निबासी बेलबहा५ुर विक को छोरा ८ महिनाको बच्चा बिश्वन बिक को मुटुमा प्वाल परि उपचार गर्न घरको आर्थिक अवस्था अति नै कमजोर
भएको ले उपचार मा समस्या भई उपचार गर्न नसकेको ले यस् सस्था बाट २५बिदि र म्याग्दीबासीहरु बाट ४२बिदि =६७ दिनर आर्थिक रकम जम्मा गरि पीडित का छिमेकी यस सस्था का उपाध्यक्ष श्री लेाक राम्जाली मगर ज्यु लाई
सो रकम संस्थाका अध्यक्ष श्री तेजेन्द्र थापा ज्यु ले हस्तान्तरण गर्नु भएको थियो ।
म्याग्दि उद्वार समिती बहराईन
केहि झलक हरु :-
🌹🌹शुभ जन्मोत्सवको अवसरमा एक दिनभरिको खाना सेवा🌹🌹
मिति २०७४-०१-१८गते
बिनायक बालबालिका मन्टेश्वरिका principal आदरणीय श्री राज कुमार श्रेष्ठ ज्युको शुभ जन्मोत्सवको सु:अवसरमा उहाँ र उहको ममतामयी आमा श्रीमती लिला कुमारी श्रेष्ठ र धर्मपत्नी अन्जु श्रेष्ठ ज्यु द्वारा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा गर्नुभएको छ।उक्त अवसरमा AMPS का सचीव आदरणीय श्री निराजन र रिता ज्युको पनि उपस्थिति रहेको छ ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र आज जन्म दिन पर्ने श्री राज कुमार श्रेष्ठ ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)