Latest Post

सुखद पारिवारिक पुनर्मिलन।।।
२०७४ बैशाख २४ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक) थप जानकारीका लागी- ०५६- ५२५८९४, ९८५५०७६००३
..................................................................................

सानै उमेरमा मानसिक रोगको सिकार बनेकी यि बहिनीलाई आज भन्दा ठिक  ३ महिना अगाडि भण्डारा चितवनको सडकपेटिमा बेवारिसे भई कष्टकर जीवनयान गर्दै आएको जानकारी पश्चात यि १६ बर्षिय नानुलाई भण्डारा इलाका प्रहरी कार्यलयले सडकपेटिबाट उद्धार गरी मानवसेवा आश्रममा ल्याईएको थियो। आफ्नो नाम सम्झना प्रजा बताउने  नानुको स्वास्थ्य अवस्थामा पहिलाको भन्दा धेरै नै सुधार भए पश्चात आफ्नो परिवारको बारेमा जानकारी दिदै आफू पनि परिवारमा जान चाहेको बताए पश्चात मानवसेवा आश्रमका अभिभावक आदरणिय लक्ष्मण निरौला ज्यूको प्रयासमा नानुको परिवार पत्ता लगाई बहिनी सम्झनालाई उनको दाजु प्रकाश प्रजालाई जिम्मा लगाईएको छ। बहिनी सम्झनाको सु-स्वास्थ्य तथा दिर्घायूको प्रार्थना सहित कुनै पनि ब्यक्ति दुख पाएर सडकपेटिमा कष्टकर जीवनयापन गर्न नपरोस्।।।
हाल सम्म ५७ जना लक्ष्मी नारायणहरुलाई पारिवारीक पुनर्मिलन गराईसकेको छ भने हाल ५० जना लक्ष्मी नारायणहरुले मानवसेवा आश्रमको गरिमा बढाईराख्नु भएको छ।
धन्यबाद।।।

मानवसेवा आश्रम ललितपुरलाई आजीवन मासीक सहयोग

ललितपुर महानगरपालिका वडा नं. ४ निवासी आश्रमका अभिभावक तथा नेपाली कांग्रेसका वडा सदस्यका उमेद्वार श्री श्याम थापाज्यूले मासिक रू.१०००/- र ऐ.ऐ. वडा नं.२३का वडा सचिव श्री हर्क बहादुर क्षेत्रीज्यूले मासिक रू ५००/- अर्पण गर्ने सत्संकल्पका साथ क्रमश: ३,०००/- र ६,०००/- हस्तान्तरण गर्नु भएको छ। वहाँहरूको सुस्वास्थ तथा उत्तरोत्तर प्रगतिको हार्दिक सुभेच्छा प्रकट गर्दछौं।

पुण्यतिथिकाे अवसरमा अाश्रमलाई मुठ्ठिदान गर्नुहुदैँ।
..........................................................
मिति २०७४/०१/२३गते
Manavsewa Ashram gorkha Branch.
गोरखा ६ पाटेचौर निवासि अादरणीय अनिता मास्के ज्युले अाफ्नाे (स्व: कमल बहादुर मास्के)श्रीमानको १८ अाै पुण्यतिथिकाे अवसरमा मानवसेवा अाश्रमकाे सेवा कार्यलाई थप सहज र सरल बनाउनकाे लागि मुठ्ठिदान स्वरुपको सेवाहस्तान्तरण गर्नुभएको छ।स्व: कमल बहादुर मास्केकाे अात्माले शान्ति पाअाेस् मानवसेवा अाश्रम परिवारकाे भगवानसँग प्राथना गर्दछाै। सहयाेगी, मनकारी ,पराेपकारी,मानवताप्रेमी अादरणीय अनिता मास्के ज्यु र  सेवाको क्रममा आश्रममा उपस्थित हुनुहुने आदरणीय मलिना मास्के ज्यू र लिला मास्केज्युलाई सदैव खान पुगाेस् दिन पुगाेस् धेरै धेरै धन्यवाद ।
थप जानकारीकाे
064 420694,855076006

Contact Form

Name

Email *

Message *

Powered by Blogger.