Latest Post

आफ्नो छोराछोरी/परिवार को लागि बिरानो परदेशमा रातदिन खुन पसिना बगाएर कसरी  कमाएका छन भन्ने कुरा बुझौं !!!
- अरुण जाना, बहराईन

आजको यात्राको भेट...!!!

आफ्नो निरन्तर ड्युटी मा नै थिए म , कम्पनीको केही सामान पुर्याउन अम्वाज गएको थिए ! फर्कने क्रम मा अम्वाज भित्रै को आउट हुने ठाउँमा एकजना वृद्ध ले हात उठाएर लिफ्ट को इशारा दिए , चर्को घाममा उभिरहेका ती ब्यक्तिलाइ मानवता को नाताले पनि लिफ्ट दिए, को हुन उनी , कहाँ का हुन , कुन धर्म का हुन त्यतातिर चासो भएन मलाई त्यस्तो कुराले मलाई कहिल्यै फरक पनि पारेन , मात्र उनी अरबको तातो घाममा उभिएको देखेर म बाट हुन सक्ने सानो सहयोग गरे मानवता को नाताले !!! को थिए त उनी ?

भारत को हैदराबाद राज्यको निजाम्बर जिल्ला का स्थायी बासिन्दा, नाम बुच्चेना , उमेर ४६ बर्ष , बिगत १० बर्ष देखि बहराइन को कन्ट्रक्सन कम्पनी मा कार्यरत छन। उनलाई अम्वाज देखि  मिना सल्मान सम्म जानू थियो। ड्युटी सकिए पनि कम्पनी को गाडी ४ बजे मात्रै आउने भएकालेे उनले लिफ्ट मागेका थिए।  १५/२० मिनेट को यात्रामा उनीसग को भलाकुसारी मा थाहा पाए १० बर्ष एउटै कम्पनी मा लेबर को रुपमा कार्यरत उनको तलब जम्मा बि.डि.७९ मात्र रहेछ। मैले प्रश्न गरे शुरुमा आउँदा कति तलब थियो तपाईंको ? जवाफ मा उनले बि.डि.७० थियो भने , म छक्क परे यस्तो पनि हुन्छ र ? मैले फेरि प्रश्न गरे "यत्तिका बर्ष सम्म एउटै कम्पनीमा काम गर्दा जम्मा तलब ७९ मात्रै ? तलब बढाउनको लागि कम्पनी सग आग्रह गर्नुभएन ? जवाफ मा उनले भने "कम्पनी मा तलब बढाउने कुरा गर्यो कि घर पठाइदिन्छ , भरखरै मात्र १५/२० जनालाइ एकैपटक घर पठाइदियो मेरो एउटै छोरा छ १५ बर्ष को कक्षा १२ मा पढ्दै छ , मलाई पनि कम्पनी ले घर पठाइदियो भने मेरो छोरा को भविष्य बिग्रन्छ, त्यसैले यति थोरै तलब भए पनि काम गर्दैछु। ओभरटाइम गरेर महिनाको लगभग बि.डि.११५/१२० जति आउछ.... बिचैमा रोकेर मैले प्रतिप्रश्न गरे त्यति पैसाले तपाईंको घरपरिवार चलाउन , छोरा लाई पढाउन सबै कुरा पुगेको छ त ? उनले मुस्कुराउदै भने "भगवान को कृपाले आजसम्म चलेको छ, पुगेको छ।" छोरालाइ धेरै पढाएर ठूलो मान्छे बनाउने धोको छ" उनी भन्दै थिए। मनमनै भगवान सग कामना गरे उनको त्यो इच्छा पूरा होस। उनिसगको त्यो १५ /२०  मिनेट को यात्रामा भएको भलाकुसारी ले मलाई निकै भावुक बनायो। दिन त मैले पनि केही सकिन उनलाई बस खुशी रहनु र आफ्नो ख्याल राख्नु भनेर कामना बाहेक.....!!!

मोरल :- परदेश मा पसिना बगाएर आफ्नो छोराछोरी को लागि , परिवार को लागि दुख गर्ने यी वृद्ध जस्तै लाखौं नेपाली हरु छन । जसका छोराछोरी हरु बिग्रेर हिडेको, अरुको देखासिखी गरेको , हाइ प्रोफाइल जीवन जिउन चाहेको मैले आफ्नै आखा ले देखेको छु, तर उनीहरु ले कहिल्यै सोच्दैनन परदेश मा कसरी कमाइरहेका छन ? सबै त भन्न मिल्दैन तर धेरै जसो अहिलेका पुस्ताका सन्तानहरु कु भैरहेका छन। त्यसैले हाइ प्रोफाइल को लाइफ स्टाइल देखाउनु भन्दा पहिले,  एकपटक परदेश मा पसिना बगाउने आफ्नो आमा, बुवा , दाजुभाइ ,दिदिबहिनी , काका काकी , साथी भाइ ले बिरानो परदेश मा रातदिन खुन पसिना बगाएर कसरी  कमाएका छन भन्ने कुरा बुझौं !!!

अरुण जाना 

दृष्टिबिहिन परिवारको लागि घर निर्माण गर्न बेलायतबाट रु.१२,३३६/- जिग्री पाँडे प्रतिस्ठान लाई सहयोग

"सप्तरीका ३ दृष्टिबिहिन परिवारको लागि घर निर्माण गर्ने अभियान लाई बेलायत बस्नुहुने सचिना अर्यालज्युले रु १२,३३६ सहयोग पठाउनु भएको छ
उहालाई नमन व्यक्त गर्दछौ।" - कुमार कट्टेल जिग्री

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

गर्मिको महिनामा झुलको आवश्यकत्ता देखि मन्जुश्री असाहय संरक्षण केन्द्रलाई झुल सहयोग।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक हाम्रो अभिभावक आदरणीय जयमातादिका प्रमुख दाजु भूषण श्रेष्ठ ज्यु र भाउजू प्रतिभा श्रेष्ठ ज्युहरुले मन्जुश्री असहाय संरक्षण केन्द्रमा रहेका छोराछोरी र दिदीबहिनीहरुको आवश्यकत्ता लाई मध्य नजर राखि यो गर्मिको महिनामा संरश्रीत छोराछोरी दिदीबहिनीहरु सुरश्रीत रहुन भन्ने भावाना बोकि १५ वोटा झुल सहयोग सप्रेम समर्णपन गर्नुभएको छ।।
मनका धनी दाजुले सधै मलाइ सम्झनु कठिन परिस्थितिमा सधैं म मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्न तत्पर छु भन्ने प्रतिवद्दता पनि जाएर गर्नुभएको छ।जुन सहयोग गर्नु भो दाजु भाउजू हजुरहरुको यो सहयोगको कदर गर्नेछु।।
आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी दाजु भाउजू संघ।

यो सुअवसर जुटाइदिनु हुने हाम्रो शुभचिन्तक सहयोगी दाता हाम्रो प्यारि दिज्यु सोनिया गहत्राज ज्यु प्रति आभारी छु हजुरको यो माया साथ सहयोग सधै म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई मिलीरहोस।।

भगवानको आर्शिवादले दाजु भाउजू लाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना गर्दछौं।
उहाँहरुले मन्जुश्रीमा संरक्षित दिदिबहिनीहरु र छोराछोरीहरुको लागि १५ वोटा झुल सप्रेम समर्पण गर्नुभएको छ।यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं । साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।

मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

Contact Form

Name

Email *

Message *

Powered by Blogger.