Latest Post

मिति२०७४ वैशाख २६गते
Manavsewa Ashram Lamjung Branch.

"मिस लमजुङ र मिसेज लमजुङका उपाधी विजेता व्यक्तित्वहरुलाई सम्मान तथा स्वागत कार्यक्रम....."

मिस लमजुङ र मिसेस लमजुङ २०७४ उपाधी विजेता व्यक्तित्वहरु मिस लमजुङ उपाधी अादरणीय सर्मिला वि:क ज्यु,फस्ट रनरअपकाे उपाधी अादरणीय सविना राना मगर ज्यु,सेकेन्ड रनरअपकाे उपाधी अादरणीय रेस्मा घिमिरे ज्यु र मिसेस लमजुङ उपाधी अादरणीय शाेभा ठकुरी ज्यु,फस्ट रनरअपकाे उपधी अादरणीय रेक्साना श्रेष्ठ ज्यु,सेकेन्ड रनरअपकाे उपाधी अादरणीय ववी श्रेष्ठ ज्युहरुलाई सम्मान तथा शुभावना दिएकाे थियाे ।विजयी टीमहरुलाई खदा र टिकाबाट सम्मान गरिएको थियाे।कार्यक्रममा महिला तथा बालबालिका कार्यलय  अधिकृत अादरणीय विष्णु कुमारी लामिछाने ज्युकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे थियाे।विजयी टिमलाई कार्यक्रममा उपस्थित जिल्ला कार्यघार प्रमुख अादरणीय काजीमान सुनार ज्यु,पत्रकार महासंघका जिल्ला अध्यक्ष अादरणीय अाश गुरुङ ज्यु,सर्वात्कृष्ट जीवन शाश्वत चिन्तन(साँचाे जीवन निर्माण अभियान)का जिल्ला संयाेजक अादरणीय किसान संगित ज्यु,डेमोक्रेसी रिसाेर्र सेन्टरका अादरणीय शेखर पराजुली ज्यु,र मानवसेवा अाश्रम लमजुङका जिल्ला संयाेजक अादरणीय अनिता अधिकारी ज्युले शुभावना राख्नु भएकाे थियाे।कार्यक्रमकाे अवसरमा महिला तथा बालबालिका कार्यलय अधिकृत अादरणीय विष्णु कुमारी लामिछाने ज्युले २४ थान ईस्टिलकाे कप स-प्रेम याेगदान गर्नभएकाे थियो।पराेपकारी,मानवताप्रेमी,,उदारमनका धनी अादरणीय विष्णु कुमारी लामिछाने ज्युलाई धेरै धेरै धन्यवाद । सदैव  हजुरलाई खान पुगाेस दिन पुगाेस हाम्रो शुभावना।
थप जानकारीकाे लागि
9855076007

मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय दिज्यु शान्ति श्रेष्ठ चुके र आदरणिय भिनाजु भुपेन्द्र चुके ज्युहरुले  मन्जुश्री असहाय संरक्षण केन्द्र लाई एक बोरा चामल भुजा बच्चाको लागि कपडाहरु सप्रेम समर्णपन गर्नु भएको छ।।

मनकारि मनकि धनी दिज्युले सधै मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्दै आइरहनु भएको छ।।मन्जुश्री को मायाले दिज्युलाइ सधै डोर्‍याइ रहन्छ आज भिनाजुलाइ पनि मन्जुश्री असहाय संरक्षण केन्द्रको मायाले डोर्‍याएर आउनु भो दिदी भिनाजुको यो सहयोगको कदर गर्नेछु।आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी भिनाजु र दिज्यु संघ। हाम्रा हरेक कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावान अझै बड्दै जाओैस।।

यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं।साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।।

मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

दुवइ बाट युवराज श्रेष्ठ(इभे)ज्युले सम्झनु भो मन्जुश्री असाहय संरक्षण केन्द्रलाई।।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय भाइ युवराज श्रेष्ठ (इभे)ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्र लाई रु५,५००/-(पाच हजार पाचसय)सहयोग गर्नु भएको छ।

भरतपुर २ निवासि हाल दुवइलाइ आफ्नो कर्मथलो बनाइ बसिरनु भएका मनका धनी युवराज भाइले मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्न आज संजोक मिलाइ आफ्ना दाइ मार्फत मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत दिदीबहिनी छोराछोरीहरुका लागि नगद पैसा पठाउनु भको छ यो भाइको सहयोगको कदर गर्नेछु।।।

दुवइमा पसिना संग पैसा साटेर नेपालमा अफ्ट्यारोमा परेका हरुलाई सेवा गर्न सहयोगी हात खुलाईसक्नुभएको छ । उहाले दिदिबहिनी र छोराछोरीको उज्जवल भविष्यका लागी नगद ५,५००/-पाच हजार पाचसय रुपैया आर्थीक सहयोग गर्नुभएको छ जुन मन्जुश्री असाहय संरक्षण केन्द्र ले प्राप्त गरीसकेको छ।।एउटै ठाउँ एउटै टोलका हामी हिजो जस्तो लाग्थ्यो भाइ खेल्दै उफ्रदै हिनेको आज असहायको लागि सेवा गर्नि भइसकेछ भाइ कति छिटो ठूलो भएछ पत्तै थिएन भाइले दिदी म सहयोग गर्छु नि सधै सहयोग गर्न तत्पर छु भन्दा हिजोको त्यो सानो भाइ कति छिटो ठूलो भएछ सेवामा लाग्ने भएछ भाइको यो माया विश्वास देखेर खुसि लायो।।
भाइको यो सहयोग नगद पाच हजार पाचसय भएतापनी पाच लाख बरावरको महत्व राखेको छ हामीलाई उर्जा मिलेको छ अझै आगामी दिनहरुमा पनी सहयोग गर्दै जानेछु दिदी अफ्ट्यारो पर्दा मलाई सम्झनुहोला है भन्ने भाइको महान बाणिले हामी अत्यन्तै पुलकित भएका छौ।भाइको यो महान आत्मालाई खै कुन शव्दमार्फत नमन गरौ भाइलाइ सधै सेवा गर्न पुगीरहेको होस भाइको दुवइ बसाई अत्यन्तै सहज र सफल होस।।
भाइलाई छिट्टै हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रमा स्वागत गर्न पइयोस।।

आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी भाइलाइ। हाम्रा यस्तो कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओैस।
भाइले मन्जुश्रीमा संरक्षित दिदिबहिनीहरु र छोराछोरीहरुको लागि सहयोग सप्रेम समर्पण गर्नुभएको छ । यो महत्वपूर्ण सहयोगको लागि भाइलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं।साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस अवसरमा मन्जुश्री का अभिभावक शुभचिन्तक श्री बिकास ढकाल ज्यु, श्री पशुपति नेपाल ज्यु श्री रमेश श्रेष्ठ ज्युहरुको संयुक्त उपस्थितिमा नगद हस्तान्तरण गरियो।

मन्जुश्री असहाय संरक्षण केन्द्र।।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

Contact Form

Name

Email *

Message *

Powered by Blogger.