Latest Post

ईजराएलबाट जन्म दिनको अवसरमा मानवसेवा आश्रम - हेटौंडाको एक सय परिवारको लागि एक दिन भरिको भोजन सेवाको लागि रू.२५,०००।-  
(पच्चिस हजार) स - प्रेम अर्पण!
.....................................................
२६ बैशाख - मंगलबार @ मानवसेवा आश्रमको मुख्य कार्यलय - मकवानपुर,हेटौंडा।
विदेशमा रहेर पनि अशक्त, अनाथ, अपाङ, असाहय एंव मानसिक संतुलन गुमाएर वेवारिसे भई सडककापेटीहरू कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरूको सेवामा जुटिरहेको मानवसेवा आश्रमको स्थापनाकै समय देखि आश्रमको व्यवस्थापन एंव भवननिर्माणको सेवा कार्यमा समेत सहयोगी हात बढाउँदै आउनु हुने परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत आदरणीय दिदी Gunjan Shah ज्यूले आज परेको आफ्नो जन्म दिनको खुसीमा मानवसेवा आश्रम - हेटौंडाको एक सय परिवारको लागि एक दिन भरिको भोजन सेवाको लागि रू.२५,०००।- ( पच्चिस हजार ) स - प्रेम अर्पण गर्नु भएको छ।

मानवसेवा आश्रमको गरिमा लक्ष्मीनारायणहरूको दिन भरिकै भोजन सेवा गर्नु भई आफ्नो जन्मदिनको खुसी सहयोगापेक्षी मानवहरूको माझमा वाँढ्नु हुने उदारमना आदरणीय दिदी गुन्जन शाहज्यूलाई धेरैधेरै साधुवाद एंव सुख शान्ति, प्रगत सु - स्वास्थ, दिर्घायूको हार्दीक मंगलमय शुभ - भावना !
मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
आश्रमको शाखा कार्यलयहरूको बारेमा थप जानकारी लागि :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

"वृद्ध आमाको सुखद परिवारिक पुन:मिलन @ मानवसेवा आश्रम - भरतपुर - १० वाईपासरोड चितवन।
.......................................................

मिति:२०७४/०१/२६ गते @ मानवसेवा आश्रम चितवन,भरतपुर-१० बाईपास रोड(अाँखा अस्पताल नजिक)
अाज भन्दा ठिक १० दिन अगाडी अाँखा अस्पताल नजिकको सडकपेटीमा बेवारिसे तथा दृष्टीबिहिन बृद्द आमालाई सडकमा कष्टकर अवस्थामा जीवन बिताएको देखेर मानवसेवा आश्रममा २०७४/०१/१५ गते आश्रमले सेवाको लागि उद्दार गरि आश्रमा लेराएको हो। हथक प्रयास पश्चात परिवारको पत्ता लागि
२०७४/०१/२६ गते परिवारमा पुर्नमिलन संभव भएको हो । धेरै दिन पछि आफ्नो ममतामयी आमालाई देखेर  उहाँको छोरा भावुक हुनुभएको थियो भने खुशीले गदगद पनि हुनुभएको थियो ।
......................................................
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

नारायणी जग्गा तथा आवास व्यवसायी संघ भरतपुर - चितवन परिवारबाट आश्रमको सेवा कार्यलाई खाध्यान्न सामाग्री स-प्रेम अर्पण !
..........................................................
२६ बैशाख - मंगलबार @ मानवसेवा आश्रम - भरतपर - १० वाईपासरोड चितवन ( भरतपुर आँखा अस्पताल नजिकै - ९८५५०७६००३ )
अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन गुमाई सडककापेटीहरू एंव सार्वजनिक स्थलहरूमा वेवारिसे भई कष्टकर जीवनयापन गर्न विवश विभिन्न उमेर समूहका सहयोगापेक्षीहरूको सेवामा जुट्दै आई रहेको मानवसेवा आश्रमको सेवा कार्यलाई नारायणी जग्गा तथा आवास व्यवसायी संघ भरतपुर - चितवन परिवारबाट आश्रमको सेवा कार्यलाई खाध्यान्न सामाग्री स-प्रेम अर्पण गर्नु हुँदै  आश्रमको सेवा कार्यलाई पछिका दिनहरूमा तन मन र धनको त्रिवेणीमा साथ र सहयोग पुर्याउने प्रतिबद्दता गर्नु हुने नारायणी जग्गा तथा आवास व्यवसायी संघ का अध्यक्ष आदरणीय बाबुराम अधिकारीज्यू एंव परिवारलाई धेरैधेरै साधुवाद एंव सुख शान्ति, प्रगति, सु - स्वास्थ, दिर्घायूको हार्दीक मंगलमु शुभ - भावना !

..............................................................
मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
आश्रमको शाखा कार्यलयहरूको बारेमा थप जानकारी लागि :
भरतपुर -१० बाईपासरोड, चितवन : ०५६ - ५२५८९४, ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

Contact Form

Name

Email *

Message *

Powered by Blogger.