Latest Post

कुवेतको जाहारा हस्पिटलमा बिगत डेड बर्षदेखि उपचार गराउदै आएकी तारा थापा मगर आज सकुशल नेपाल पुगेकी छन् |
- एच. पि. खत्री

लुम्बिनी अञ्चल पाल्पा जिल्ला दोभान-५ घर भएकी तारा थापा मगर हिजो बेलुका ९ बजे ओमन एयरलाइन्स हुदै नेपाल पुगेकी लुम्बिनी समाज नेपाल कुवेतका महासचिब रुपेन हमालले कुबेत नेपाल डटकमलाई जानकारी दिएका छन् | अहिले उनि काठमाडौंमा छिन |

लुम्बिनी समाज नेपाल कुवेतले आर्थिक संकलन अभियान चलाएर उनको उपचार लगायत सम्पूर्ण खर्च व्यहोर्दै नेपाल पठाएको हो |

लुम्बिनी समाज कुवेतले चलाएको सहयोग संकलन अभियानमा तारा थापाको लागि लगभग ५ लाख संकलन भएको थियो | २ लाख बराबर उनको उपचारमा खर्च भएको समाजले जनाएको छ | बाकी रकम छिट्टै नै एक कार्यक्रमको आयोजना गरि लुम्बिनी समाज कुवेतका पदाधिकारी सहितको टीमले पिडित तारालाई हस्तान्तरण गरिने महासचिब रुपेन हमालले बताए |

तारा थापा मगर बचाऊ अभियानमा आर्थिक, नैतिक, भौतिक वा जुनसुकै सहयोग गर्ने सहयोगी मनहरु लगायत उद्दारमा सहयोग गर्ने नेपाली दुताबास कुवेत, एनआरएनए कुवेत, एनआरएनए महिला प्रतिनिधि मधु मगर, पत्रकार, सम्पूर्ण नेपाली संघसंस्था तथा कुवेतबासी नेपाली दाजुभाई तथा दीदीबहिनिहरुलाई लुम्बिनी समाज नेपाल कुवेतले धन्यवाद दिएको छ |

तारालाई अस्पतालमा भेट्दा दाहिने पट्टीको पुरै शरीर नचल्ने र बोल्न समेत नसक्ने अवस्था थियो | तारा अचानक प्रेसरले भुइमा ढलेकी थिइन | उनलाई २८ दिन सम्म अस्पतालको आसियुमा राख्न परेको थियो भने १६ दिनपछि मात्र होस् खुलेको थियो ।

उपचारमा संलग्न डाक्टरहरुले अपरेसन पछि उनको ज्यानै जान सक्ने वा अपांग हुने बताएको थियो | टेलरिङको काममा ५ बर्ष पहिले कुवेत आएकी ताराको नेपालमा एक छोरा छन् भने श्रीमानको मृत्यु भै सकेको छ | |

आर्थिक समस्यामा परेकी ताराको अवस्थाको ’boutमा हाम्रोसंचार डटकममा समाचार प्रकाशित भएपछी समाजका अध्यक्ष एच.पी खत्री, उपाध्यक्ष रमेश नेपाली र महासचिब रुपेन हमाल उनि उपचार गरिरहेको अस्पतालमा पुगेर बृस्तृत जानकारी लिदै आर्थिक संकलन अभियान संचालन गरेका थिए |

श्रद्दिय उज्वल ठकुरी जी मा   हर्दिक  धन्यवाद !
अमेरिका को भर्जिनिया राज्यमा  गेम सो   गरी  फन्ड  रेज  गर्दै  लक्ष्मी प्रतिस्ठानद्वारा  अति  सिमान्तकृत  गरिब  चेपाङ्ग बालबालिकाहरुको  शिक्षामा  पहुच  गराउन  चितवनको कांदामा संचालित कुमार बलराम  स्मृति छात्रावास मा आश्रित  बालबालिकाहरुको सहयोगार्थ $२०० पठाउनु भएकोमा  गेम  सो गर्नुहुने   श्री उज्जल  ठकुरी जी  लगायत    त्यसलाई   सहयोग  पुर्याउनुहुने  श्री  रिमा  के सी  जी  तथा सरोज के सी जी  मा  हाम्रो सलाम।  परिस्थिवास  बिदेशमा बस्दा पनि  आफ्नो  देशका कुन कन्दरामा    दुखले    जिउन बाध्य   भैबहिनिहरुको अध्यनका लागि  सहयोग  पुर्याउनु भएकोमा  सबै प्रति  हर्दिक  आभार ब्यक्त  गर्दछौं।

 बिष्णु गौतम
लक्ष्मी प्रतिस्ठान                     www.laxmipratisthan.org

🌹🌹शुभ जन्मोत्सवको अवसरमा एकदिन भरिको खाना सेवा🌹🌹

मिति २०७४-०१-२४गते

Bharatpur Hospital को Chief Consultant र  Nepal Medical Association Chitwan का Physician President आदरणीय श्री  Dr. Prakash Khatiwada तथा यस चितवन मानव सेवा आश्रमकि सस्थापक सदस्य आदरणीय श्रीमती Prabina Subedi Khatiwada ज्युको सुपुत्र Chitwan Medical College मा MBBS तेस्रो तहमा अध्यनरत श्री Prajit Khatiwada ज्युको शुभ जन्मोत्सवको सु:अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र आज जन्म दिन पर्ने श्री Prajit Khatiwada  ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.