Latest Post

जापान बाट महेन्द्र दराइ ज्युले सम्झनु भो मन्जुश्री असाहय संरक्षण केन्द्रलाई।।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय भाइ राजेन्द्र दराइ ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्र लाई रु,८५०३/-(आठ हजार पाचसय तिन)स-प्रेम सहयोग गर्नु भएको छ ।

भरतपुर ९ निवासि हाल जापानलाई आफ्नो कर्मथलो बनाइ बसिरनु भएका मनका धनी राजेन्द्र दराइ भाइले मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्न खोज्दा पनि समय मिलेको थिएन आज संजोक मिलाइ जापान देखि सम्झि मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत दिदीबहिनी छोराछोरीहरुका लागि नगद स-प्रेम सहयोग गर्नु भो।।।

समाजमा रहेका विभिन्न समुदायका असहाय बालवालिका, घरेलुु हिंसा तथा बेचबिखनमा परेका दिदिबहिनि तथा बालबालिकाहरू र पारिवारिक अपहेलनाका कारण कष्टकर जीवनयापन गर्न वाध्य जेष्ठ नागरिकहरुलाइ उद्दार गरी मनोसामाजिक परमार्श, कानुनि सहायता,आवश्यक शिक्षा तथा सिपमुलक तालिमका माध्यम बाट आत्मनिर्भर बनाइ पारिवारिक तथा सामाजिक पुनमिलन एवम पुनस्र्थापना गर्न स्थापित मन्जुश्री असहाय संरक्षण केन्द्रले त्यस्ता असहायको लागि उद्दार, उपचार, कानूनी सहायता, पालनपोषण र पारिवारीक पुनर्मिलन गराउदै आइरहेको छ । यस कामलाई बिस्तार गर्नका लागि सहयोग गर्नुभयो भाइको यो सहयोगको कदर गर्नेछु।

जापानमा पसिना संग पैसा साटेर नेपालमा अफ्ट्यारोमा परेका हरुलाई सेवा गर्न सहयोगी हात खुलाईसक्नुभएको छ । उहाले दिदिबहिनी र छोराछोरीको उज्जवल भविष्यका लागी नगद ८५०३/-आठ हजार पाचसय तीन आर्थीक सहयोग गर्नुभएको छ जुन मन्जुश्री असाहय संरक्षण केन्द्र ले प्राप्त गरीसकेको छ यति अभाव र अफ्यारो परिस्थितीमा हजुरले गर्नुभएको सहयोग नगद आठ भएतापनी ८ लाख बरावरको महत्व राखेको छ हामीलाई उर्जा मिलेको छ।। मन्जुश्रीको नजिक छु भन्ने हजुरको महान बाणिले हामी अत्यन्तै पुलकित भएका छौ।हजुरको महान आत्मालाई खै कुन शव्दमार्फत नमन गरौ हजुरलाई सधै सेवा गर्न पुगीरहेको होस हजुरको जापान बसाई अत्यन्तै सहज र सफल होस अव छिटटै हजुरको मातृभुमीको आगमन हुने र मन्जुुश्रीमा छिट्टै  स्वागत गर्न पाइनेमा हामि बिस्वस्त छौ।

आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी भाइ संघ।सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओैस।साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।

मन्जुश्री असहाय संरक्षण केन्द्र।।<br>
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

आशा लाग्दो अभियान, उदाहरणीय कार्य
मानवसेवा आश्रम सहयोगार्थ दिनको पाँचरुपैया अभियान
२५, बैशाख ०७४/ मानवसेवा आश्रम
..................................
सामाखुशी योग साधना केन्द्रले करिव डेढ बर्षअघिबाट सुरुवात गरेको मानवसेवा आश्रम सहयोगार्थ दिनको पाँचरुपैया अभियान मानवीय सेवाको लागी एक उदाहरणीय कार्य हुदै गइरहेको छ ।

साधना केन्द्रका केहि साधक साधिकाहरुले सुरुवात गरेको दिनको पाँचरुपैया अभियानमा हाल सामाखुशी योग साधना केन्द्रमा साधनारत योगीहरु, उनीहरुको आफन्त तथा अन्य साधना केन्द्रका साधक साधिका तथा योगीहरु जोडीएका छन् ।

यसरी कयौं उदारमना परोपकारी एवं मानवताप्रेमी महानुभावकहरुको हृदयदेखिको सहयोग रहदा दिनेलाई केही जस्तो नलागेपनि आश्रमले नियमितरुपमा महत्वपुर्ण सहयोग प्राप्त गर्ने गरेको छ ।

दिनको पाँचरुपैयाबाटै आश्रमले मासिक २५÷३० हजार रुपैया सहयोग प्राप्त भइरहेको छ भने कम्तिमा मासिक ५५ हजार पु¥याउन सकिएको खण्डमा आश्रमको ठूलो सहयोग हुने सामाखुशी योग केन्द्रका संयोजक तथा आश्रमका अभिभावक श्री सुवर्णलाल चित्रकारज्यूको धारणा रहेको छ ।

मानवसेवा आश्रमको परोपकारी कार्यमा हृदयदेखिको सेवा गर्नुहुने सम्पुर्ण योग साधना केन्द्रहरु तथा प्रतक्ष अप्रतक्ष रुपमा सहयोग पु¥याउने योगीजनहरुमा सादर नमन् ।

सदैव रमेर जीउन पुगोस्, हाँसेर दिन पुगोस् ।
आश्रमबारे थप जानकारीकोे लागी :
शाखा कार्यालय, काठमाडौं, नेपाल : ०१–४३५७५६३, ९८५५०७६००४

महेन्द्र -इन्दु जोडीले मन्जुश्री असहाय संरक्षण केन्द्रलाइ सहयोग।।
----------------------------------
भैरहवा निवासी हाल इन्डिया डिमापुर रहनुहुने हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रका संरक्षेक हाम्रो अभिभावक श्री महेन्द्र श्रेष्ठ ज्यु तथा श्री इन्दु श्रेष्ठ ज्युको  विवाह वर्षगाठ को २० वर्ष प्रवेशको अवसरमा उहाँहरुले सधै मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्दै आइरहनु भएको थियो र आज पनि उहाहरुले आफ्नो २०अोै वर्ष गाठको अवसरमा मन्जुश्रीमा आश्रित छोराछोरीहरु र दिदीबहिनीहरुलाइ मिष्ठान्न भोजन को व्यवस्था मिलाईदिनु भएको छ आफ्नो रुचि अनुसारका मिठा परिकार पाउदा छोराछोरीहरु र दिदीबहिनीहरु औधी खुसी भए छोराछोरीहरु र दिदिबहिनीहरुलाइ खुसी दिने हजुरलाई ईश्वरले सधै खुसी बनाउनुभएको होस।नया बसन्तले सफल्ताको मार्गमा डो¥याओस परिवारमा सुखशान्ति समृद्धि तथा तपाईलाई सधै सेवा गर्न पुगीरहोस भनी कामना गर्दछौ। यो जोडीलाई सफल दाम्पत्य जीवन, उच्चतम प्रगति एवं उदाहरणीय दम्पत्ति बन्नुहोस,।।संगै रहोस जोडि हजुरको सयोै जुनि सम्म पनि।। दिर्गायु होस सयोै वर्ष अनि।।सुख शान्ति रहोस परिवारमा पूरा हुन सबै मनका सपना चाहाना यहि छ मन्जुुश्रीको तर्फबाट लाखौं लाख शुभकामना।। साथै यो महत्वपूर्ण सदभाव एवं सहयोगको लागि हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ।

मन्जुश्री असहाय संरक्षण केन्द्र।।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.