Latest Post

परोपकारी, उदरमनाका धनि रवि रोषीज्यू प्रति सादर नमन् ।

आदरणीय परोपकारी तथा मनकारी श्री रवि रोषीज्यूद्धारा अमेरीका बसोबास गर्दे आइरहेका हामी गैर नेपालीहरुले सामाजिक उत्थान गर्ने अभिष्टका साथ सञ्चालन गरीरहेको नेपाल जर्नि परोपकारी संस्थाको विगत एक बर्षदेखि नेपाल भुमिमा विभिन्न स्थानहरुमा शिक्षा , स्वास्थ्य र खानेपानिका लागि अनवरतरुपमा सेवा पुरयाउदै आइरहेका छौ । हाम्रो अभियानमा गुप्तरुपमा सेवा पुराउन जमर्को गरीरहनु भएको थाहा पाएर रवि रोषीप्रति नेपाल जर्निको तर्फबाट तपाईलाई कोटि कोटि आभार व्यक्त गर्दुछु ।
हाल हेटौडा स्थित चिल्ड्रेनपार्कमा अत्यन्त व्यवस्थित एवम् सुविधासम्पन्न सामुदायीक पुस्तकालयमा पुस्तकहरु उपलव्ध गराउन अहोरात्र खटिरहनु भएका आदरणीय रविजी प्रति कृतज्ञता व्यक्त गर्ने मसँग कुनै शव्द छैन ।
हामीलाई विशौ हजार पुस्तकहरु तत्काल आवश्यक परिरहेको अवस्थामा साठी हजार रकम उपलव्ध गराउने र यथासम्भव कितावहरु को संकलन पनि गर्ने भन्ने कुरा थाहा पाउदा हर्षित भएका छौ ।
हाल नेपालमा रहनु भएका रविजी स्वय् पनि बैदशिक रोजगारीमा रहनु हुन्छ र पनि नेपाल भुमिका लागि विभिन्न सामाजिक सेवामा समर्पित भएको पाएको छु ।
जहाँसम्म लाग्छ, दृष्ट्रिकोण भन्ने कुरा आफैमा सानो कुरा हो तर यसले धेरै अर्थमा फरक पार्दछ । तपाईले नेपाल जर्निद्धारा निर्मित पुस्तकालयका लागि गर्नुभएको मेहनत प्रति हामी पुनः नतमस्तक छौ । धन्यबाद छ रवी जी ।

Nepal Journey (नेपाल जर्नी)  

Founder/President

Mausami Shrestha

For your support please call us 214-226-9168 

Visit our website : 

http:/www.nepaljourney.org

https://www.gofundme.com/clean-safe-reliable-water


नेपालजर्निको गरिब बस्तिमा घर घरमा पिउने पानी पुर्याउने अभियानमा Dr. Matthew Miller द्वारा $100 सहयोग। 

Today Dr. Matthew Miller has donated $100 to the Drinkable Water Project lead by the Nepal Journey Organization. We are greatly humble and appreciative of Dr. Miller's donation and express great attitude on his great act of kindness.

-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-

मानबिय समाजसेवाको कार्यमा जुट्दैछन बिदेशमा बस्ने नेपालीहरु||बिदेशमा बसेका नेपाली हरुको साझा संस्था नेपाल जर्नी मार्फत आज सम्म थुप्रै उदाहरणिय कार्य हरुभयका छन||यतिबेला भने धेरै घरपरिवारमा पिउने पानीको लागि धेरै बर्ष देखिको समस्या समाधान गर्न लागिपरेको छ||


विज्ञानको चरम विकाशले चन्द्रमा मा समेत समुन्द्रको खोजि भइरहेको अवस्थामा नवलपरासीको मुकुन्दसेन गाविसमा विगत १७ बर्षदेखी पानीको काकाकुलले जीवन कष्टकर भइरहेको खवरले नेपाल जर्नि परीवारलाई मर्माहत तुल्याएको छ । पानि जस्तो सामान्य आधारभुत आवश्यकतालाई सरकारको बेखवरले एकपटक हामी सवैलाई झस्काएको भान भएको छ । एक गाग्रो पानिले एक हप्ता पुर्याउनु पर्ने अवस्थाको कल्पना समेत गर्न गाह्रो हुने गर्दछ । 

पानि जीवनको अनिवार्य आवश्यकतालाई परिपूर्ति गर्ने अभिष्ट लिएर हामी गैर नेपालीहरुको सक्रियतामा सञ्चालन भइरहेको उदयमान सामाजिक संस्था नेपालजर्निले पानिको व्यवस्था मिलाउने पवित्र उद्धेश्यलाई सफल बनाउन पानि प्रोजेक्टका लागि पुर्याउनु भएको अतुलनिय सहयोग प्रति हामि आभार व्यक्त गर्दछौ । 


Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen.


Nepal Journey (नेपाल जर्नी)  

Founder/President

Mausami Shrestha

For your support please call us 214-226-9168 

Visit our website : 

http:/www.nepaljourney.org

सहयोग गर्नको लागि >> https://www.gofundme.com/clean-safe-reliable-water



जन्मदिनको अवसर पारेर जापानमा बस्नुहुने हरि सापकोटाज्यूले पब्लिक लाईब्रेरीकोलागी किताब खरिद गर्न नगद रू.१०,०००।-सहयोग

भरतपुर -७ कटहर चोक चितवन स्थाई घर भै हाल जापानमा बस्नुहुने कानागावा नेपाली कम्यूनिटी संस्थाका अध्यक्ष आदरणिय सहयोगी मित्र श्री हरि सापकोटाज्यूले आफ्नो जन्मदिनको अवसर पारेर अमेरिकामा रहेको परोपकारी संस्था " नेपाल जर्नी " ले हेटौडाको चिल्ड्रेन पार्कमा निर्माण भैरहेको नेपालकै नमुनायोग्य लाईब्रेरी नेपाल जर्नी पब्लिक लाईब्रेरीकोलागी किताब खरिद गर्न नगद रू. १०,०००।- ( दश हजार बराबरको ) सहयोग प्रदान गर्नु भएको छ ।
नेपालमा बिभिन्न सामाजिक संघ संस्थाहरूले गरेको सामाजिक कार्यकोलागी सहयोग पुर्याउदै आउनु भएको आदरणिय सहयोगी मित्र श्री हरि सापकोटाज्यूलाई जन्मदिनको शुभकामना प्रदान गर्ने क्रममा अमेरिकामा रहेको परोपकारी संस्था नेपाल जर्नी ले हेटौडामा निर्माण गर्दै गरेको नेपाल जर्नी पब्लिक लाईब्रेरीको असल कार्यको बारेमा आफुले केही दिन अगाडी नै जानाकारी गराएकोमा खुसी ब्यक्त गर्नु हुँदै जापानमा रहेर पनि बिभिन्न सामाजिक कार्यमा सक्रियरूपमा काम गर्दै आउनु भएको वहाँ सहयोगीमनकाधनी श्री हरि सापकोटाज्यूले आफ्नो मातृभुमीलाई सम्झदै आफ्नो देशमा भैरहेको सामाजिक कार्यहरूको प्रशंसा गर्नु हुदै अमेरिकामा रहेका नेपालीहरूले स्थापना गरेको परोपकारी संस्था" नेपाल जर्नी "ले हेटौडामा निर्माण गर्ने पब्लिक लाईब्रेरीकोलागी किताब खरिदगर्नकालागी गर्नु भएको सहयोग प्रती नेपाल जर्नी संस्थाकी अध्यक्ष मौसमी श्रेष्ठ लगायत यस संस्थामा आवद्द सम्पुर्ण टिमको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दै आफ्नो जन्मदिनको अवसरमा जापान देखी यस सामाजिक संस्थाले निर्माण गर्ने नेपाल जर्नी पब्लिक लाईब्रेरीकोलागी किताब खरिद गर्नकालागी ह्रदय देखी नै सहयोग प्रदानगर्नु भएकोमा तपाई लगायत तपाईको सम्पुर्ण परिवारमा सुख, शान्ति र समृद्दीको शुभकामना प्रदान गर्दै जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना , सु-स्वास्थ दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ । साथै आगामीदिनहरूमापनि तपाईको सुझाव र सहयोगकोलागी अपेक्षा राख्दछौ ।

Nepal Journey (नेपाल जर्नी)  

Founder/President

Mausami Shrestha

For your support please call us 214-226-9168 

Visit our website : 

http:/www.nepaljourney.org

https://www.gofundme.com/clean-safe-reliable-water


Contact Form

Name

Email *

Message *

Powered by Blogger.