Latest Post

जन्मदिनमा आश्रममा खाजासेवा
२८ वैशाख २०७४, मानवसेवा आश्रम काठमाडौं
............................
काठमाडौं इमाडोल निवासी आदरणी पिता राजेश भक्त श्रेष्ठज्यू तथा माता सृजना श्रेष्ठज्यूका सुपुत्र सिदार्थ भक्त श्रेष्ठज्यूले मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि दिउसाँको खाजासेवा गराउनुभएको छ ।
आफ्नो जन्मदिनको अवसरमा आश्रममा खाजासेवा गराउनुहुने आदरणीय सिदार्थ भक्त श्रेष्ठज्यूप्रती जन्मदिनको लाखौं लाख शुभकामना तथा सम्पुर्ण परिवारमा सु–स्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतीको कामना ।
सेवा संयोजनको लागि अत्यन्त महत्तवपुर्ण भूमिका निर्भाह गरीदिनुहुने आदरणी परोपकारी दिदी अनुराधारा राजभण्डारीज्यूप्रती विशेष आभार ।

मानवसेवा अाश्रमबारे थप जानकारीकाे लागि:
मुख्य कार्यालय : मकवानपुर हेटौंडा
सम्पर्क : ०१४३५७५६३, ९८५५०७६००१, ९८५५०७६००२
शाखा कार्यालयः काठमाडौं २९, गंगबु आवास क्षेत्र, सामाखुशी
सम्पर्क : ०१४३५७५६३, ९८५५०७६००४
हाम्रा अन्य शाखाहरु :
चितवन : ९८५५०७६००३, ललितपुर : ९८५५०७६००५, गोरखा :९८५५०७६००६, लमजुङ : ९८५५०७६००७,  वीरगञ्ज : ९८५५०७६००८ बागलुङ्ग÷पोखरा

सासुआमाको वैकुण्ठ बासको कामना गर्दै आश्रममा भोजनसेवा
२९, वैशाख २०७४/ मानवसेवा आश्रम काठमाडौं
.........................................
काठमाडौं–३, मिलिजुली टोल(माहारागंज) निवासी आदरणीय परोपकारी तथा मानवताप्रेमी मुनाल बस्नेतज्यूले मानवसेवा आश्रम काठमाडौंमा भोजनसेवा आगराउनु भएको छ । उहाँले आफ्नो स्व. सासुआमा ज्योती माताज्यूको बैकुण्ठ वासको कामना गर्दै आश्रममा सेवा लिइरहेको लक्ष्मीनारायणहरुको लागि विहानको भोजनसेवा गराउनुभएको हो।

मानवसेवा आश्रम सम्पुर्ण परिवारको तर्फबाट स्व. सासुआमा श्री ज्योतीमाताज्यूप्रती हार्दिक श्रद्धान्जली तथा चिर शान्तिको कामना सहित आदरणीय मुनाल बस्नेतज्यू एवं सम्पुर्ण बस्ने परिवारमा सुस्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतीको कामना गर्दछौं ।

सेवा संयोजन गरिदिनुहुने आदरणी मानवसेवा आश्रमका अभिभावक तथा तन, मन र धनको त्रिवेणीबाट मानवीय सेवाको कार्यमा सहयोग पुर्याउदै आउनुहुने परोपकारी व्यक्तित्व श्री सुवर्णलाल चित्रकारज्यू एवं गायत्री चित्रकारज्यूप्रति विशेष आभार ।

बेसाहारा बालिकाले पाइन आश्रमको सहारा
मानवसेवा आश्रम, काठमाडौं
...................................................................................
विभिन्न कारणहरुबाट सडकपेटीहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवामा समर्पित मानवसेवा आश्रमको काठमाडौं शाखाले एक अन्दाजी १३ बर्षीय बालिकालाई संरक्षण दिएको छ ।
बालिका बोल्न सक्दिनन्, उनको नाम, ठेगाना र परिवारबारे केही खुल्न सकेको छैन । उनलाई चिन्नुहुने तथा परिवार भेट्टाउनको लागि सहयोग पुर्याउन सम्पुर्णको साथ, सहयोग रहनेमा हामी विश्वस्त छौं ।
उद्दार कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय समाजसेवी सुलभ उप्रेतीज्यू, महानगरीय प्रहरी वृत्त जनसेवा र बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपप्रती हार्दिक आभार ।
मानवसेवा आश्रमबारे थप जाकारीको लागि ः
मुख्य कार्यालय : मकवानपुर हेटौंडा
सम्पर्क : ०१४३५७५६३, ९८५५०७६००१, ९८५५०७६००२
शाखा कार्यालयः काठमाडौं २९, गोगंबु आवास क्षेत्र, सामाखुशी
सम्पर्क : ०१४३५७५६३, ९८५५०७६००४
हाम्रा अन्य शाखाहरु :
चितवन : ९८५५०७६००३, ललितपुर : ९८५५०७६००५, गोरखा :९८५५०७६००६, लमजुङ : ९८५५०७६००७,  वीरगञ्ज : ९८५५०७६००८ बागलुङ्ग÷पोखरा : ९८५५०७६००९

Contact Form

Name

Email *

Message *

Powered by Blogger.