Latest Post

" नेपाल जर्नीको पब्लिक लाईब्रेरी "हेटौडालाई सहयोग ।
चितवन , खैरहनी न.पा. -८ पर्सा चौबिस कोठी , नमस्ते कपडा पसल संगै रहेको हजारौ ग्राहक दिदीबहिनीहरूको मन जित्न सफल ब्राईट टेलर्सका प्रोपाईटर श्री सविन मथे / मन्जु मथेज्यूले अमेरिकामा रहेका नेपालीहरूले स्थापना गर्नु भएको परोपकारी संस्था " नेपाल जर्नीले हेटौडामा राजयोग सेवा केन्द्रको परिसरमा रहेको चिल्ड्रेन पार्कमा निर्माण भैरहेको र केही दिन भित्रै निर्माण कार्य सम्पन्न हुने नेपाल कै नमुनायोग्य लाईब्रेरी " नेपाल जर्नी लाईब्रेरीको " लागी आवस्यक पुस्तक खरिदकोलागी सहयोगार्थ नगद रू, ५,०००।- सहयोग प्रदान गर्नु भएको छ ।
वहाँ आदरणिय मिलनसार सहयोगी मित्र श्री सविन मथेज्यू र वहाँकी जिवन संगिनी आदरणिय सहयोगी बैनी श्री मन्जु मथेज्यूलाई नेपाल जर्नी ले हेटौडामा निर्माण गर्दै गरेको नेपाल जर्नी पब्लिक लाईब्रेरीको बारेमा आफुले जानाकारी गराए पछि त्यहा हामीलाई धेरै पुस्तकहरूको आवस्यक्ता भएको र केही आर्थिक सहयोग गर्नकालागी अनुरोध गरे पछि अत्यन्तै खुसी ब्यक्त गर्दै उक्त सहयोग रकम प्रदान गर्नु भएको हो ।
अमेरिकामा रहेको " नेपाल जर्नी " सामाजिक संस्थाकी अध्यक्ष श्री मौसमी श्रेष्ठ लगायत यस अभियानमा हाँतमा हाँत र साथमा साथ दिएर अगाडी बस्नुहुने सम्पुर्ण टिमको तर्फबाट ब्राईट टेलर्सको प्रोपाईटर श्री सविन मथे एंवम् श्री मन्जु मथेज्यूले ह्रदयकासाथ सहयोग प्रदान गर्नु भएकोमा आभार ब्यक्त गर्दै तपाईको ब्राईट टेलर्सले हजारौ ग्राहकहरूलाई सेवा प्रदान गर्दै एक सफल व्यवसायीको रूपमा परिचित हुदै वहाँहरूको मनजित्न सफल हुनुहुनेछ भन्दै तपाईले संचालन गर्नु भएको ब्राईट टेलर्सको उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।

Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen.

Nepal Journey (नेपाल जर्नी) 
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168
Visit our website :
http:/www.nepaljourney.org
https://www.gofundme.com/clean-safe-reliable-water

चार पुस्ता सेवामा समर्पित!!! उदारमन! नेपालीको धन!!
चिउरा,खाने तेल,चिनि ,चियापत्ती,नून, पुष्टकारी,साबुन  जस्ता अत्यावश्यक सामाग्री अर्पण----गोदावरी न.पा. वडा नं. १२, ठेंचो, ललितपुर निवासी श्री कन्चन डंगोल र श्री मीना महर्जन ले आफ्नी छोरी सुश्री लिञ्जा महर्जनको सातौं जन्मदिनको पावन दिनमा हात्तीवन स्थित मानवसेवा आश्रमलाई  अत्यावश्यक सामाग्री अर्पण गर्नु भएको छ।सो अवसरमा श्री कञ्चनज्यूकि हजुरआमा श्रीकण्ठमाया महर्जन, श्रीरेणु महर्जन समेत चार पुस्ता नै आश्रममा आउनु भई नगद रू. ५,७००/- अर्पण गर्नुभएको थियो। तेल, साबुन,सरफ र स्याम्फू  दैनिक उपभोग्य वस्तु भएकोले आश्रमलाई  सदा नै यी सामाग्रीहरूको अभाव भई रहन्छ। श्री कन्चन डंगोल र श्री मीना महर्जनलाई हार्दिक धन्यवाद तथा बधाई ज्ञापन गर्दै छोरी  सुश्री लिञ्जा महर्जनलाई जन्मोत्सवको पावन अवसरमा हार्दिक मंगलमय शुभेच्छाकासाथ सुस्वास्थ्य,दीर्घायू तथा उत्तरोत्तर प्रगती लागि ईश्वरसँग प्रार्थना गर्दछौं।  थप जानकारीको लागि---- फोन-०१५२५१२६२/९८५५०७६००५.

"पुण्यतिथिको अवसरमा बेलुकाको भोजनसेवा @ मानवसेवा आश्रम चितवन"।।।
................................................................................
मिति:२०७४/१/२९ गते शुक्रबार @ मानवसेवा आश्रम चितवन,भरतपुर-१० बाईपास रोड(अाँखा अस्पताल नजिक)थप जानकारीका लागि ०५६-५२५८९४,९८५५०७६००३,९८५५०८१८९९
manavsewaashram2082@gmail.com

काठमाडौं,बतिसपुतली निवासी परोपकारी मनका धनी आदरणीय अमिर प्रसाद न्याैपाने ज्यु र अभय प्रसाद न्याैपानेज्युले आफ्नो स्व.बुवा सुर्य प्रसाद न्याैपानेज्युको पुण्यतिथिको अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायण(आमाबुवा)हरुलाई बेलुकाको भोजन स-प्रेम अर्पण गर्नुभएको छ। जस्को नाना,छाना र खाना छैन,जस्को मानसिक अवस्था कम्जोर छ,अशक्त,अनाथ र असाहय हुनुहुन्छ उनीहरुको लागि हजुरहरु देउता भएर आउनु भयो र भोजनसेवा गरिदिनु भयो सर्वप्रथम हजुरहरुलाई मानवसेवा आश्रम परिवारको तर्फबाट धेरै- धेरै साधुवाद साथै आदरणीय बुवा सुर्य प्रसाद न्याैपानेज्युको आत्माले चिर शान्ति र बैकुण्ठको बाँसको प्राथना गर्दछौं । हजुरहरुको सदैब  जय होस ।
धन्यवाद ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.