Latest Post

जनहित सेवा प्रतिष्ठान द्वारा सामाजिक अभियन्ता श्री मुरली प्रसाद गजुरेल ज्यु लाई रु.१६५००/- सहित सम्मान गरेको छ।

आर्थिक अभाव को कारण कुनै पनि बालबालिका शिक्षाबाट वन्चित हुन नपरोस् भन्ने बिचारले २०६७ साल पौष महिनामा मुरली प्रसाद गजुरेल ज्यु ले आफ्नै घर बाट सुरू गर्नुभयको यो सामाजिक अभियान  अक्षयकोषमा अहिले सम्म ५८ लाख २ हजार जम्मा भयको छ ।
खैरहनी मा.बि.मा स्थापित "जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोष"मा हाल सम्म करिब २५०० जना देश बिदेशमा बस्नु हुने सहयोगी दाता हरूले जन्मदिन,बिवाह,बिवाहबर्षगाँठ, नयाँ बर्ष,बाबा बिश्वकर्मा दिवस, र स्मृत्तीमा नगद सहयोग प्रदान गर्नु भएको छ ।

जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषका अध्यक्ष
मुरली प्रसाद गजुरेल
सम्पर्क नं. :- ९८४५०४३४३२
स्कुल :- खैरहनी मा.बि.
ठेगाना :- खैरहनी न.पा. -६, पर्सा चितवन।

मानवसेवा अाश्रमलाई सहयाेग.......!बेशिसहर-७हाईस्कुलचाेक ईन्देणीहाेटल पछाडी (9855076007)

मिति २०७४जेठ ४गते विहिबार बेशिसहर-३गाउँशहर निवासी कतारमा कार्यरत,लमजुङ सेवा समाज कतारका संस्थापक अादरणीय सुशील खड्का ज्युले सामाजिक सन्जाल फेसबुककाे माध्यमबाट मानवसेवा अाश्रमलाई नजिकबाट नियाल्दै अाउनुहुने हामी अभियान्ताहरुलाई उत्प्रेरणा थपिराख्नुहुने अादरणीय सुशील खडका ज्यु घरबिदा अाएकाे बेला अाश्रमलाई पछिका दिनहरुमा तन,मन र धनकाे त्रिवेणीमा साथ र सहयाेग पुर्याउने प्रतिब्दता सहित मानवसेवा अाश्रमकाे सेवालाई थप सरल र सरल बनाउन किचनमा अावश्यक १२लिटरकाे पेसरकुकर सह-प्रेम याेगदान गर्नुभएको छ।सहयाेगी मानवताप्रेमी,उदारमनका धनी अादरणीय सुशील खड्का ज्यु धेरै धेरै साधुवाद एंव सुख शान्ति,प्रगति,सु-स्वास्थ,दिर्घायुकाे हार्दिक मंगलमय शु-भावना !

प्रिय मित्र जिवन नेपालज्युले  आज आफ्नो जन्मदिनको उपलक्ष्यमा सप्तरीमा ३ दृष्टिबिहिन परिवारको लागी निर्माणाधिन ३ घरको लागी रु ५,१११ सहयोग गर्नु भएको छ,उहालाई उत्तोरत्तर प्रगतिको कामनासहित  जन्मदिनको धेरै धेरै शुभकामना !

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल


Contact Form

Name

Email *

Message *

Powered by Blogger.