Latest Post


[स्वदेशहोस या बिदेश नेपाली जहाँ रहेतापनि नेपाल र नेपालीप्रतीको मायाँ र सद्धभाव नेपाली मनबाट कहिलै टाढाँ हुदोरहेनछ। भक्तपुर निवासी आयुस्मा कार्कीजीले दृष्टिबिहिन मण्डल परीवारको घर निर्माणका लागि गर्नुभएको रु.१० हजार ४ सय रुपैया सहयोग प्रती हामि निकै कृतज्ञ छौ|🌸👏]- रमेश प्रसाद शाह

-=-=-------=============-------=-=-

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

परदेशमा रक्तदान||महिला समाज कलारले रक्तदान कार्यक्रम भब्यरुपमा सफल पारेकोछ||यहि नै त हो सत्कर्म||

[[महिला समाज क़तारको आयोजनामा रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ, यस रक्तदान कार्यक्रम पालनुभई रक्तदान ग़र्नुहुने र सहभागिता जनाउनु हुने सम्पूर्ण, संघ संस्था, पत्रकार, आदरणिय दाज़ुभाई तथा दीदी बहिनी हरूलाई महिला समाज क़तारको तर्फा बाट धेरै धेरै धन्याबाद तथा आभार ब्यक्त गर्दछु !]]

-Hillari Rai Tamang
नेपाली महिला समाज कतार

यश महान कार्यको लागि महिला समाज कतार लाई मिस यु नेपाल डट कम परिवारको तर्फबाट पनि हार्दिक सम्मान। अझै राम्रो सुन्न देख्न पाउँ।

महिला समाज कतारको वार्षिकोत्सबको अवसरमा कतारमा  रक्त दान कार्यक्रम सम्पन्न ।

हिज मिति २६ मे, २०१७ शुक्रवारको दिन नेपाली महिला समाज कतारको पाचौँ वार्षिक उत्सवको शुभ अवसरमा हमाद हस्पिटलको रगत संकलन केन्द्रमा आयोजित रक्त दान कार्यक्रममा गोरखा सेवा समाज कतारको तर्फबाट अध्यक्ष राकेश श्रेष्ठ, प्रथम उपाध्यक्ष रामजी खत्री, सह सचिव बिकाश श्रेष्ठ , केन्द्रिय सदस्यहरू क्रमश बिमल अधिकारी र सुर्यचन्द्र श्रेष्ठले रक्त दान गर्नु भएको छ साथै दृतिया उपाध्यक्ष राजेश्वर ढकाल, सह कोषाध्यक्ष जानु थापा मगर र केन्द्रिय सदस्य पूर्ण गुरूड• पनि उक्त शिविरमा सहभागिता जनाइएको थियो ।

कतारमा स्थापित बिभिन्न सामाजिक संघ संस्थाहरूको सहकार्य र सहभागिता रहेको उक्त कार्यक्रममा गोरखा सेवा समाज कतार परिवारलाई पनि रक्त दान गर्ने अवसर प्रदान गर्नु हुने आयोजक समिति महिला समाज कतार प्रति हार्दिक आभार व्यक्त गर्दै सहभागि सम्पूर्ण मित्रहरूमा धेरै धेरै धन्यवाद दिन चाहन्छौ ।

अध्यक्ष
राकेश श्रेष्ठ
तथा गोरखा सेवा समाज कतार परिवार ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.