Latest Post

झापा बिर्तामोडकि सोना श्रेस्ठ ज्युले उहाँको स्वर्गीय बुवा प्रभु नारायण श्रेस्ठको पुन्यतिथिको अवसरमा असाहाय बुवाआमा तथा अनाथ बालबालिका हरुको लागि ११ हजार मूल्य बराबरको खाद्यान्न तथा उहाँको साथिभाइ हरु मिलेर आश्रमका भाइ बैनी हरुलाई ११० कापी, पेन्सिल तथा केही कलम हरु पनि सहयोग गर्नुभयको छ।

कपि पेन्सिल सहयोग गर्नुहुने हरुमा 

भिम कुमारी राई 

सृङ भुत्ती शेर्पा

बेनु कुमारी पौडेल 

बिमला श्रेस्ठ

बिमला खड्का 

सर्मिला खत्री

मुना लिम्बू

मधुसुदन सिटौला

कमला राई

सजुना खड्का

इक्षा मगर

गणेश पोख्रेल 

निर्मला राई

प्यारिता लिम्बू 

डोल्मा शेर्पा

लक्ष्मी नेपाल

उर्मिला लिम्बू

योग माया न्यौपाने हुनुहुन्छ ।


सोना श्रेस्ठ ज्यु ले सहयोग गर्न जान लागेको थाहा पाए पछि उहाँका बिद्यार्थी भाइ बैनिहरुले पनि सँगै जाने ईक्षा गरेर आफ्नो पकेटमनी बाट कापी कलम पेन्सिल हरु किनेर सँगै गयक थिए, अरुको सहयोगको भरमा जीवन बिताईरहेका बालबालिका हरुको लागि थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी ब्यक्त गरेका थिए।


-------=-=-=-=-----------=-=-=-=-------


[[पृय  बहिनी Sona Shrestha  लाई मनभरीको सहयोगको धेरै धेरै धन्यवाद ।
सबै सोनाहरुको मन तिम्रो जस्तै होस । हाम्रो ठुलो परिवारमा सानो सानो कुराको पनि खाँचो परिरहन्छ त्यहि खाँचो टारी दिएकोमा खुशी छु ।
यहाँ सम्म आई पुग्ने बाटो देखाई दिनु हुने आदरणिय दाई Deepak Khand प्रति आभारी छु ।
यहि त मन हो यहि त चाहाना हो, यहि त सहयोग हो नी ।
हिजोको अभाबको पनि कुरा नगरौ मात्र आजको खाँचोको कुरा गरौ, त्यहि पुरा गर्ने प्रयाश गरौ , भोलीको त के ठेगान छ र ?
संझेर आयौ , संझनामा आयौ आफना साथीहरु सँग बहिनीहरु सँग आयौ यस्को लािग म असाध्यै हार्दिकताका साथ खुशी व्यक्त गर्दछु ।
चिताएको पुगोस , खान पुगोस दिन पुगोस ।]

दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल , धाँपासी १०, काठमाण्डौ, नेपाल । फोन ः ९८५१०६००८६

1 थान ग्यास सिलिन्डर   स -प्रेम योगदान!!
............................................
वीरगंज पर्साको सडक पेटीमा कष्टकर जीवन बिताउन विवश विभिन्न उमेर समुहका अनाथ, अपांग ,असाहय, असक्त र मानसिकरुपमा बिछिप्त  भएका व्यक्तिहरुलाई सेवा गर्ने अभिष्टले संचालन हुन लागेको मानवसेवा आश्रम बिरंगज  शाखाको सेवालाई आज

  बिद्या सदन स्कुलका पिन्सिपल  परोपकारी भावनाका धनी Lal Bahadur Gurung ज्यु   र  मानबिय भावनाका धनी श्रीमती   उमा गुरुङ्ज्युले   केहि दिन मा नै सेवा सुरु हुन् लागेको   आश्रमको  सेवा कार्यलाई सरल बनाउने अभिस्टले एक थान ग्यास सिलिन्डर  स प्रेम  योगदान   गर्नु भएको छ!

  
मानबिय सेवाको कार्यमा  सहयोगी पुर्याउनुहुने  उदारामनाज्युहरुलाई धेरै- धेरै     साधुबाद  एबम सुख शान्ति र सफलताको धेरै  शुभ - भावाना !!

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९


मानवसेवा आश्रम चितवन,भरतपुर-१०(अाँखा अस्पताल नजिकै)थप जानकारीका लागि ०५६-५२५८९४,९८५५०७६००३
"दैनिकी रु १ का दरले वार्षिक ३६५ रुपैयाँ  स-प्रेम अर्पण ।"
 
भरतपुर-११ जागृति चोक निवासी परोपकारी मनका धनि,शुभेच्छुक र सहयोगी आदरणीय रमादेवी अधिकारीज्युले आश्रमको सेवा कार्यलाई थप सहज र सरल बनाउन दिन,दुखी र असाहयहरुको सेवाको लागि दैनिक रु १ का दारले वार्षिक ३६५ रुपैयाँका साथै आफ्नै बारिमा फलेको मिठो िलच्ची स-प्रेम अर्पण गर्नु भएको थियो ।मानवता प्रेमी आदरणीय रमादेवि अधिकारीज्युलाई सधैं भरी सुखले खान पुगोस र आफू भन्दा कम अवसर पाएका सहयाेगापेक्ष ब्यक्तिहरुलाई सधैं भरी हासी खुसी दान गर्न पुगोस ।
"लेनदेन गर्ने ब्यक्ति मानिस हुन्छ-कसैसँग भएको कुरा छिन्ने ब्यक्ती दानव हुन्छ,आफूसंग भएको कुरा दिने ब्यक्ती देउता हुन्छ ।"
धन्यवाद

Contact Form

Name

Email *

Message *

Powered by Blogger.