महिलाहरुको लायन्स क्लब द्वारा अाश्रमका १६ जना बाबुनानीहरुका लागि छाता,टिफिन बट्टा,तथा शैक्षिक सामाग्रीहरु स-प्रेम वितरण
"मानवसेवालाई महिलाहरुको लायन्स क्लबको साथ"
@Manavsewa Ashram Gorkha Branch
गोरखा,२०७४/०२/१८ गतेका दिन 325 B1 का district governor Lion Balkrishna Burlakoti ज्यू
लायन्स क्लब अफ गोरखाका president lion young kumar shrestha ज्यू तथा लायन्स क्लब अफ गोरखा कालिकाका संस्थापक अध्यक्ष लायन Devu Shrestha Maskey साथै लायन्स क्लब अफ गोरखा कालिकाका संस्थापक सदस्यहरुको संयुक्त उपस्थितिमा महिलाहरुले स्थापना गरेको लायन्स क्लब अफ गोरखा कालिकाको विधिवत रुपमा सञ्चालन गरिएको सुखद उपलक्ष्यमा मानवसेवा अाश्रमको गरिमा १६ जना स्कुल जाने बालगोपाल बाबुनानीहरुका लागि घामपानीको समयमा सहज अनि सरल बनाउने अभिष्टले एक-एक थान छाता, टिफिन बट्टा लगायत बालगोपालहरुका लागि दैनिक अावश्यक शैक्षिक सामाग्रीहरु स-प्रेम वितरण गर्नुभएको छ ।
गोरखा जिल्लामा नै पहिलोपटक महिलाहरुले स्थापना गरेको लायन्स क्लब अफ गोरखा कालिकाका सम्पूर्ण मानवीय सेवाको कार्यमा योगदान पुर्याउनुहुने उदारमना परोपकारी महिला लायनहरुलाई धेरैधेरै साधुवाद एंव सुख, शान्ति, सम्वृद्दी, दिर्घायूको हार्दिक मंगलमय शुभ - भावना !
हाल मानवसेवा अाश्रम गोरखा शाखामा ४ जना लक्ष्मीनारायणहरु तथा १६ जना बालगोपालहरुले अाश्रमको गरिमा बढाइरहनु भएको छ ।
............................................................
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रत्येक-प्रत्येकमा प्रेम, शान्ति, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नामबाट विश्व मानचित्रमा परिचय गराउने।)
धन्यवाद!
................................................
मानवसेवा आश्रमको शाखा कार्यालय - गोरखाको बारेमा थप जानकारीको लागि : ०६४-४२०६९४, ९८५५०७६००६, ९८४९१७००१८