Latest Post

बैदेशिक यात्रा शुभ रहोस्, हरेक बसन्तहरु अझैं  स्वर्णीम बन्दै जाओस् ।
सम्पुर्ण आश्रमका गरिमा लक्ष्मीनारायणको अशिर्वाद आनि प्यारा बालगोपालहरुको तर्फबाट जन्मदिनको शुभ भावना हजुरलाई .....
२१, जेठ २०७४/मानवसेवा आश्रम काठमाडौं
.......................................................
तारकेश्वर नगरपालिका–६, धर्मस्थली  रजङ्गखु निवासी आदरणीय परोपकारी तथा मानवीयताको पुजारी आदरणीय प्रेम वस्तीज्यूले मानवसेवा आश्रम काठमाडौंको गरिमा लक्ष्मीनारायणहरुको लागि विहानको भोजन गराउनुभएको छ ।
सेवक नेपालका सक्रिय अभियन्ता तथा समाजसेवी आदरणीय प्रेम वस्तीज्यूले आफ्नो जन्मदिनको शुभ अवसर पारेर आश्रममा सेवा लिइरहेका सहयोगापेक्षी मानवहरुको लागि विहानको भोजनसेवा गराउनुभएको हो ।  आदरणीय प्रेम वस्तीज्यू एवं श्रीमती सिला भट्टज्यूले भोजनसेवा वितरण गर्नुभएको थियो ।
मानवसेवा आश्रमले विभिन्न काराणहरुबाट सडक किनाराहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय तथा मानसिक रोगको सिकार भई खुला आकाशमुनी बाध्यात्मकरुपमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी व्यक्तिहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलन गराउदै आईरहेको छ ।
मानवीय सेवाको कार्यमा योगदान पु¥याउनुहुने आदरणीय परोपकारी एवं मनकारी आदरणीय प्रेम वस्तीज्यूप्रती हार्दिक आभार एवं जन्मदिनको लाखौं लाख शुभ भावना, यहाँको हरेक पाइलामा सफलता मिलोस् सम्पुर्ण आश्रम परिवारको तर्फबाट ईश्वरसँग प्रार्थना ।
सेवा संयोजन गरी अत्यन्त मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणी आश्रमका स्वंसेवक श्री पुजा भट्टज्यूप्रति हार्दिक आभार ।

आश्रमबारे थप जानकारीको लागि :
शाखा कार्यालय गंगबु, काठमाडौं : ०१४३५७५६३, ९८५५०७६००४
मुख्य कार्यालय, मकवानपुर, हेटौंडा : ०५७–५२७३९४, ९८५५०७६००१, ९८५५०७६००२

छोरी रिया भट्टज्यूको जन्मदिनको शुभ अवसर पारेर आश्रमका बुवाआमाहरुको खाजा सेवाको लागि जुस, विस्कुट सहयोग

काठमाडौं २९, गोङ्गबु आवासक्षेत्र निवासी आदरणीय परोपकारी तथा मानवताप्रेमी आदरणीय माता दिलु भट्टज्यू एवं आदरणीय पिता श्री मनोज भट्टज्यूले छोरी रिया भट्टज्यूको जन्मदिनको शुभ अवसर पारेर मानवसेवा आश्रम काठमाडौंका लक्ष्मीनारायणहरुको खाजा सेवाको लागि एक जुस, विस्कुट सहयोग गर्नुभएको छ ।
मानवीय सेवाको कार्यमा सहयोग पु¥याउनुहुने आदरणीय पिता मनोज भट्टज्यू एवं माता दिलु भट्टज्यूप्रति विशेष आभार । छारी रियालाई जन्मदिनको लाखौं लाख शुभभावना ।

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

सबैको साथ, सहयोग, समर्थन र सदभावबाट धुर्मुस सुन्तली फाउण्डेशनको आगामि योजना ‘ विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल, "नमुना नेपाल"  को अवधारणा प्रस्तुती कार्यक्रम भोली जेठ २२ गते सोमबार दिउसोको १२ बजे बबरमहल स्थित कार्की ब्यांक्वेटमा हुन गईरहेको जानकारी गराउदै सम्पुर्ण सहयोगी मनहरु, शुभचिन्तक ज्यूहरु, कलाकर्मी ज्यूहरु र सम्पुर्ण मिडियाकर्मी ज्यूहरुमा उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौं ।
"राष्ट्र निर्माण, तपाई हाम्रो अभियान"
धुर्मुस सुन्तली फाउण्डेशन

नमस्कार, धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्नका लागि बैंक अफ काठमाण्डौको खाता नम्बर ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । थप जानकारीका लागि ९८०३४७२४७६, ९८४१२२९९१२ मा सम्पर्क गर्नुहोला ।
DSF, Kathmandu

Contact Form

Name

Email *

Message *

Powered by Blogger.