Latest Post

विहानको भोजनसेवा मानवसेवा आश्रममा।।
२०७४ जेष्ठ २०@ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)
सेवा तथा सहकार्यको लागि:- ०५६-५२५८९४, ९८५५०७६००३
.........................................................................

विभिन्न कारणहरुबाट सडकका पेटिहरुमा बस्न बिवस अनाथ,अपाङ्ग, असाहय, अशक्त तथा मानसिक सुन्तुलन गुमाई मागेर समेत खान नसक्ने ब्यक्तिहरुको साहरा बनेको मानवसेवा आश्रममा अाज बिहान मध्येमाञ्चल महेश्वरी समाजले महेश्वरी समाजको उत्पति दिवसको अवसरमा आश्रमका गरिमा सम्पुर्ण लक्ष्मी नारायणहरुलाई बिहानको भोजनसेवा गराउनु भएको छ। उक्त कार्यमा महेश्वरी समाजका राष्ट्रिय अध्यक्ष तथा मानवसेवा आश्रमका संरक्षक आदरणिय जय किसन सारडा ज्यू, मानवसेवा आश्रमका अभिभावक आदरणीय नारायण लखौटिया ज्यू, मध्येमाञ्चल महेश्वरी समाजका अध्यक्ष आदरणिय सोहनलाल डागा ज्यू,आदरणिय महेश झवर ज्यू, आदरणीय दुलीचन्द डागा ज्यू, आदरणीय नितेश डागा ज्यू, आदरणिय हितेश लखौटिया ज्यू, आदरणीय अोम प्रकाश लखौटिया ज्यूको उपस्थितिमा उक्त कार्य सम्पन्न भएको थियो।
आश्रमको सेवा कार्यमा साथ र सहयोग गर्दै आउनु हुने सम्पुर्ण सहयोगी मनहरु प्रति हार्दिक आभार सहित हजुरहरुको सु-स्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगति सहित यँहाहरुलाई सदैव सुखले खान पुहोस् र हासी खुसी परोपकारी कार्यहरुमा दान गर्न पुगिरहोस्।
धन्यबाद।।।

आश्रमका गरिमा लक्ष्मी नारायणहरुलाई होटलमा भोजन सेवा।।।
भरतपुर-१० बाईपासरोड ( आँखा अस्पताल नजिक)
सेवा तथा सहकार्यको लागि:- ०५६-५२५८९४, ९८५५०७६००३
........................................................................
ललितपुर निवासी परोपकारी मनका धनी आदरणिय राधा कृष्णा ज्यू तथा बिमला थापा ज्यूले आफ्नो  स्वर्गिय छोरा हिमाल जंग थापा ज्यूको पहिलो बार्षिकि तिथिमा होटल सेभेन स्टारका प्रमुख आदरणिय दवाडि ज्यूको संयुक्त प्रयासमा मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुलाई होटल सेभेन स्टारमा लगी बिहानको भोजन सेवा गर्नु भएको छ। साथै हेटौडा मकवानपुरमा बन्दै गरेको मानवसेवा आश्रमको भवन निर्माण हेतु रु.६१,१११|-( एकसट्ठी हजार एक सय एघार रुपैया) स-प्रेम सहयोग गर्नु भएको छ।
उक्त परोपकारी कार्यमा स्वर्गीय हिमाल जंग थापा ज्यूको ममतामहि आमा बिमला थापा ज्यू तथा बुवा राधा कृष्ण थापा ज्यू, आफन्तजन तथा होटल सेभेन स्टारका प्रमुख माधव दुवाडि ज्यूको सहकार्यमा उक्त कार्य सम्पन्न भएको छ।
स्वर्गीय हिमाल जंग थापा ज्यूको आत्माको चिर शान्तिको प्रार्थना सहित सम्पुर्ण परिवारजनमा धर्यधारण गर्ने शक्ति प्रदान भैरहोस् भन्दै मानविय सेवामा सहयोगीको भुमिका निर्वाह गर्नु हुने सम्पुर्ण थापा परिवारजन लगायत यश कार्यको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्नु हुने आदरणिय माधव दुवाडि ज्यूलाई धेरै-धेरै धन्यबाद।।।

"आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न"

आज मिति २०७४ जेष्ठ २१ गतेका दिन चितवन समाज इजरायल को सहयोगमा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल द्वारा बिगत २ महिना देखि साइकल को ठक्कर बाट अशक्त घाइते भइ भरतपुर मेडिकल कलेज मा उपचारत भईरहनु भएको कृष्ण बहादुर परिवार लाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरियो,
चितवन निवासी माडी नगरपालिका ८ जिबनपुर घर हुनुभयको कृष्ण बहादुर परियार मिति २०७३-१२-१७ गते बाटोमा अचानक ११ वर्षको बालकको साइकलले ठक्कर दिदा टाउकोमा गम्भीर चोट लागि रगत जमेर टाउकोको शल्यकिर्या गरिरहेको र हालसम्म हस्पिटल मै उपचाररत हुनु हुँदै भएको कृष्णको आर्थिक अवस्था नाजुक भयको र साइकलले ठक्कर दिने व्यक्तिले पनि उपचार गराऊन नसक्ने न्यून आर्थिक अवस्था भएको कारण चितवन समाज इजरायलका महासचिब चिरन्जीवी मिश्र ज्यु ले आफू छुट्टी मा आउदा  जानकारी गराउनु को साथ साथै जुन सहयोग को अभियान चलाउनु भो र त्यही सहयोग अभियान बाट उठेको रकम रु,१०११११(एक लाख एक हजार एक सय एघार रुपैयाँ )आज चितवन को ट्राफिक प्रमुख सन्तोष पन्त ज्यु,चितवन समाज इजरायल का महासचिव चिरञ्जीवी मिश्र चितवन युवा समूह का अध्यक्ष मुक्ती प्रसाद अधिकारी बाट घाइते लाई उपचार को लागि हस्तान्तरण गरियो,,सामाजिक परोपकारी गतिबिधिमा सदा अग्र स्थानमा रहन सफल चितवन समाज इजरायल गृह जिल्ला चितवनको सामाजिक बिकासमा काँधमा काँध मिलाएर सहकार्य सद्भाव र समन्वय गर्दै संसार भरका चितवनवासी हरूको साझा सस्था चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिमा आवद्द रहदै सामाजीक र परोपकारी गतिबिधि अगाडी बढाउन धेरै उदाहरणीय कार्य गर्दै आएको छ ,हामी चितवन युवा समूह अन्तराष्ट्रीय समन्वय समिति नेपाल स-परिवारको तर्फ बाट हार्दिक धन्यबाद सहित सदा सामाजिक परोपकारी कार्यमा अगाडी बढ्ने छ भन्ने शुभ कामना व्यक्त गर्दछौ । साथै सो परोपकारी कार्यमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरु प्रती आभार प्रकट गर्दै हामी चितवन युवा समूह अन्तराष्ट्रीय समन्वय समिति नेपाल परिवारको तर्फ बाट अध्यक्ष श्री सरिस्मा बराल लगायत सम्पूर्ण टिमलाई धन्यबाद सहित आगामी दिनहरुमा पनि सदा सामाजिक परोपकारी कार्यमा अगाडी बढ्ने छ भन्ने शुभ कामना व्यक्त गर्दै घाइते कृष्ण बहादुर परिवार को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ !!

मुक्ति प्रसाद अधिकारी
अध्यक्ष
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |

_´´´´´´´_´´´´´´´_´´´´´´´_´´´´´´´_´´´´´´´_´´´´´´´_´

चितवन सेबा समाज इजरायल को आफ्नु चौथो वार्षिकोत्सव तथा तेस्रो अधिबेसन को अवसर मा तिन महिना देखि भारतपुर् मेडीकल कलेज मा उपचार गराई रहेका माडी नगरपालिका का वडा नम्बर ७ का अति बिपन्न कृष्ण बहादुर परियार लाइ १०११११ अक्क्षेरुपि (एक लाख एक हजार एक सय एघार )रुपयाँ सहयोग प्रदान गरेको छ|

दुर्घटनामा परि उपचार गराई रहेका कृष्णा परियार लाइ सो रकम अस्पताल प्रांगणमा चितवन यातायात व्यवस्थापन नगर प्रहरी प्रमुख सन्तोष पन्त , चितवन युवा समुह तथा अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्ति प्रसाद अधिकारि तथा दित्तिय उपाध्यक्ष मनोज अर्याल ,सह कोषाध्यक्ष सिता ढकाल ,चितवन सेबा समाज इजरायल का माह्सचिब चिरन्जिबी मिश्र चितवनसमाज इजरायल का सस्थापक सदस्य ऋषि चापागाई र अन्जु सुबेदी पत्रकार नारायण ढुंगाना पिडित का परिवार र बिभिन्न क्षेत्र् का समाज सेबी को बाक्लो उपस्थिति मा सो रकम हस्तान्तरण गरिएको थियो |सेबा नै धर्म हो यस महान कार्यमा आर्थिक सहयोग पुराउने चितवनसेबा समाज इजरायलका सम्पुर्ण टीम लगायत इजरायल बाट यस पुण्य कार्य मा आर्थिक सहयोग गर्ने सम्पुर्ण समाजसेवीमाहानुभावज्यु हरु मा हार्दिक आभार प्रकट गर्दछौ यसै गरि आगामी दिन हरु मा पनि सहयोग को अपेक्षा गर्दछौ |

यस पवित्र काम मा सहयोग गर्दिनु हुने सहयोगी हरुको नामवली यसप्रकार छ

१] सरिस्मा बराल १५१

२] सुर्य बस्याल १११

२]प्रभा घिमिरे १०५

३]चन्द्र प्रकाश ढकाल १०५

४] चिरन्जिबी मिश्र १०५

५] गौरी माया सुबेदी १०५

६]रमा पौडेल १०५

७]सरस्वती बानिया १०५

८] निरु मल्ल ठकुरी १०५

९] लिली दराई १०५

१० ]लक्ष्मी बराल १०१

११] मोहन बस्नेत १००

१२] सानु रिजाल १००

१३ दुर्गा अर्याल १००

१४] शिब दाहाल १००

१५] अनि रुद्र सुबेदी १००

१६] भक्ति सापकोटा १००

१७] देव घिमिरे १००

१८] खिला कुवर १००

१९ ]सुस्मा बुढाथोकी १०१

२०] सानु पौडेल १००

२१] मेरिना थापा १००

२२] सुस्मा बुढाथोकी १०१

२३] सबिषा थापा १००

२४] देबी पौडेल ५५

२५]प्रभा पौडेल ५१

२६] गायत्री ढकाल ५१

२७] नीलम भुसाल ५१

२८] शान्ता अधिकारी ज्ञवाली ५१

२९] दिना सुबेदी ५१

३०]जिना सिंग ५१

३१]कमला गुरुङ ५१

३२]कमला ढकाल ५१

३३]रामशरण बानिया ५०

३४] सम्झना पन्त ५१

३५]बसन्त बास्तोला ५१

३६]कमल गुरुङ ५१

३७]नमुना पौडेल ५१

३८] दभंती पुन ५१

३९] सिता अधिकारी तिमिल्सिना ५१

४०]सिता भण्डारी ५१

४१] अनिता शर्मा ५१

४२]बिष्णु प्रसाद काफ्ले ५१

४२] पुनम पौडेल ५५

४४]माया सुयाल ५१

४५] प्रेमा dc ५१

सम्पूर्ण सहयोगी मन हरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौ साथै बिरामीलाई स्वास्थ्य लाभको कामना 

अध्यक्ष सरिस्मा बराल [उमा ]

सचिब गौरी माया सुबेदी तथा 

चितवन समाज इजरायल परिवार


Contact Form

Name

Email *

Message *

Powered by Blogger.