Latest Post

अमेरिका बाट आरति,आस्था र आभास ज्युले सप्तरीका दृष्टिबिहिन  परिवारको लागी घर निर्माण गर्न रु.२०,१७८/- सहयोग||जिग्री पाँडे प्रतिस्ठान||यहाँहरुले पनि सकेको सहयोग गर्नुहुन अनुरोध||

अमेरिका बस्नुहुने अशोक भुसालज्युका दुई छोरिहरु आरति,आस्था  र छोरा आभासले  सप्तरीका ३ दृष्टिबिहिन परिवारको लागि ३ आवास निर्माण सहयोगार्थ रु २०,१७८ रकम सहयोग पठाउनु भएको छ
उहाहरुको उज्जव भबिष्यको कामना गर्दै
उहाहरुलाई धेरै धेरै धन्यबाद।

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

जन्मदिनको खुसी मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुको साथमा।।।

२०७४ जेष्ठ २३ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)
सेवा र सहकार्यको लागि:- ०६५-५२५८९४, ९८५५०७६००३
......................................................................

भरतपुर-१० निवासी परोपकारी भावनाका धनी आदरणिय ठाकुर प्रसाद श्रेष्ठज्यूले आफ्नो जन्मदिनको खुशियालीमा आज मानवसेवा आश्रमका सम्पुर्ण लक्ष्मी नारायणहरुको लागि भोजनसेवा गराउनु भएको छ।
आदरणिय बुवाको सु-स्वास्थ्य एवम् दिर्घायूको प्रार्थना सहित जन्मदिनको लाखौं -लाख शुभावना ब्यक्त गर्न चाहान्छौ । मानविय कार्यमा सहयोगीको भुमिका निर्वाह गर्नु भएको आदरणीय ठाकुर प्रसाद श्रेष्ठज्युलाई धेरै-धेरै साधुबाद सहित हजुरहरुलाई सदैब सुखले खान पुगोस् र हाँसी खुशी परोपकारी कार्यमा दान गर्न पुगिरहोस्।
धन्यबाद।।।

मानवसेवा नै धर्म हो
बिगत ४ महिना; देखि आद्न हस्पिटल कुवेत मा दुवै मृगौला फेल भै अचेत अवस्थामा उपचार गर्दै आउनु भयकी मंगलपुर वडा न.१चितवन घर भयकी बिरामी उर्मिला विश्वकर्मालाई चितवन सेवा समाज कुवेतले नेपाल फिर्ता पठाउन सहयोग संकलन गरेको हुनाले
जिल्ला चितवन घर भै हाल कुवेतमा कार्यरत तथा यसै  चितवन सेवा समाज कुवेतको सल्लाहकार मनका धनी नगेन्द्र प्रसाद सापकोटा  बाट नगद ( ५ के डि ) सहयोग गर्नु भयको मा उहाँ लगायत उहाँ का सम्पुर्ण परिवार मा यस चितवन सेवा समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।
तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न ।
अध्यक्ष - नवीन लोप्चन - 97261563 ( 51360820 )
महिला उपाध्यक्ष- गिता तिवारी केसी - 67747110
महासचिव- जिबन कुमार - 55418297
सचिब-सरस्वती बराल - 51666397
कोसाध्यक्ष्- अनिता पाखृन -6046 4952
सल्लाहकार - मेघनाथ अर्याल 65523726
चितवन सेवा समाज कुवेत परिवार।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.