Latest Post

हाल दक्षिण कोरिया बस्नुहुने सचिन कुमार कार्किज्युले
सप्तरीका दृष्टिबिहिन परिवारको लागि घर निर्माण अभियानको लागी रु १०,१०१ सहयोग रकम  हामिलाई पठाउनु भएको छ ,उहालाई धेरै धेरै  धन्याबाद।

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

मासिक योगदान गर्ने दाताहरू १९ जना , रू. २४०००/- चेक हस्तान्तरण--------------------------------------------------;२५ जेष्ठ २०७४: ----------------------------------------------
हिजो मानवसेवा आश्रम,ललितपुरमा सम्पन्न बधाई तथा शुभावना अर्पण कार्यक्रमको शुभ अवसरमा वडा नं. ४ का नव निर्वाचित वडा सदस्य श्री रामभक्त थापामगरले मासिक रू.१,०००/- आश्रमलाई अर्पण गर्ने हुनुभएको छ। त्यस्तै गरि गोदावरी न.पा.वडा नं. ३, टौखेल निवासी श्री सन्तोष गजुरेलज्यूले मासिक रू. २,०००/-का दरले हुन आउने रकम रू२४,०००/-बराबरको एभरेष्ट बैङको चेक हस्तान्तरण गर्नु भएको छ।वहाँहरूप्रति हार्दिक कृतज्ञता अर्पण गर्दै सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको लागि शुभेच्छा प्रकट गर्दछौ। थप जानकारीको लागि ९८५५०७६००५,०१५२५१२६२।

जन्मदिनको खुसीमा बिहानको भोजनसेवा मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुको साथमा।।।

२०७४ जेष्ठ २५ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)
सेवा र सहकार्यको लागि:- ०६५-५२५८९४, ९८५५०७६००३
......................................................................

भरतपुर-९ निवासी परोपकारी भावनाका धनी आदरणिय आकाश शर्मा (सापकाेटा)ज्यू जन्मदिनको खुशियालीमा आज मानवसेवा आश्रमका सम्पुर्ण लक्ष्मी नारायणहरुको लागि भोजनसेवा गराउनु भएको छ।
आदरणिय आकाश शर्मा (सापकाेटा) ज्युको सु-स्वास्थ्य एवम् दिर्घायूको प्रार्थना सहित जन्मदिनको लाखौं -लाख शुभावना ब्यक्त गर्न चाहान्छौ साथै यस पवित्र कार्यको लागि उहाँको श्रीमती आदरणीय बिमला शर्मा (सापकाेटा)ज्यु,छोरी अविशा शर्माज्यु र छोरा अविशेक शर्माज्युको पनि गरिमामय उपस्थिति रहेको थियो ।आदरणीय आकाश शर्माज्युलाई  धेरै-धेरै साधुबाद सहित हजुरहरुलाई सदैब सुखले खान पुगोस् र हाँसी खुशी फरोपकारी कार्यमा दान गर्न पुगिरहोस्।
धन्यबाद।।।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.