Latest Post

मासिक रु.५०००/- योगदान !
एकैदिन तीन जना मासिक दाताको आगमन!!
मानवसेवा आश्रम ललितपुर शाखा-९८५५०७६००५
ललितपुर झम्सिखेल निवासी मानवीय मनकी धनी परोपकारी आदरणिय श्री कमला देवकोटाज्युले मानवसेवा आश्रमको सेवालाई सहयोग पुर्याउने उद्देश्यले मासिक रुपमा रु.५०००/- योगदान गर्ने प्रतिबद्दता सहित आज नै ६ महिनाको रु.३०,०००/- (अपेक्षी रु. तीस हजार मात्र) सप्रेम अर्पण गर्नुभएको छ । त्यसैगरी आज नै चावेल मित्र पार्क निवासी आदरणिय श्री शुसिला आचार्यज्युले पनि मासिक रुपमा रु.१०००/- योगदान पुर्याउने प्रतिबद्दता जनाउदै तीन महिनाको रु.३०००/- सप्रेम अर्पण गर्नुभएको छ भने ललितपुर झम्सिखेलबाट नै आदरणिय श्री शर्मिला देवकोटाज्युले पनि मासिक रुपमा रु.१०००/- योगदान पुर्याउने प्रतिबद्दता सहित छ महिनाको रु.६०००/- सप्रेम प्रप्त भएको छ ।
मानवीय सेवा कार्यमा हात बटाउनुहुने सम्पुर्ण दाता महानुभावहरुमा हार्दिक साधुवाद साथै यहाहरुको सु-स्वस्थ्य दिर्घयु तथा उत्तरोत्तर प्रगतिको सुभावना व्यक्त गर्दछौ र यश सेवा कार्यमा समन्वयकारि भुमिका निर्बाह गर्नुहुने मानवसेवा आश्रमका आदरणिय अभिभावकहरु श्री कृश्णहरी ओझा र श्री  सरला ढकालज्युमा हार्दिक साधुवाद!!!!!!!

नातिहरुको जन्मदिनको खुशी मानवसेवा आश्रममा!!!!
....................................................
१८ असार, २०७४ - आइतबार @ मानवसेवा आश्रम ललितपुर शाखा-९८५५०७६००५
मानवसेवा आश्रमको सेवा कार्यलाई तन मन र धनको त्रिवेणीबाट अभिभावकीय कर्तव्य निर्वाह गर्दै सेवा कार्यमा हामी अभियन्ताहरूलाई लागिरहन उत्साह र उमङको दुईवटा पँखेटा जोडिदिँदै  आउनु हुने परोपकारी एंव मानवताप्रेमी ललितपुर इमाडोल निवासि श्री सिताराम सुवेदिज्यु लगायत परिवारबाट बिभुसा सुवेदीज्यु, बिपिन सुबेदिज्यु, अनिता सुबेदिज्यु, र शशी सुवेदिज्युको उपश्थितिमा नातिहरु बिमोचन सुवेदी र बिसोधन सुबेदिज्युको सुभजन्मोत्सवको शुभ अवसरमा मानवसेवा आश्रमको सेवा कार्यलाई रू.१०,०००।- (दस  हजार) स-प्रेम अर्पण गर्नु भएको छ।
     मानवसेवा आश्रमको सेवा कार्यलाई हरतरहले साथ दिनुहुने सम्पुर्ण दाता महानुभावहरुमा हार्दिक साधुवाद र आज जन्मदिन रहेको बाबुहरु बिमोचन सुवेदी र बिसोधन सुवेदिज्युलाई शुभजन्मदिनको शुभ अवसरमा सु-स्वस्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक सुभावना व्यक्त गर्दछौ ।

जरुरी छैन कि हर समय ओठमा भगवानको नाम आओस, त्यो पल पनि भक्तिको हुन्छ जहाँ मान्छे - मान्छेको काम आओस ।
- बिस्वकृतिमानी  Arpan Sharma

Contact Form

Name

Email *

Message *

Powered by Blogger.