SEE परिक्षामा उत्कृष्ट छात्र छात्राहरूलाई नगद सहित बिशेष सम्मान||अक्षयकोषमा पनि सहयोग||
SEE परिक्षामा उत्कृष्ट छात्र छात्राहरूलाई नगद सहित बिशेष सम्मान||अक्षयकोषमा पनि सहयोग||
- मुरली प्रसाद गजुरेल
पर्सा बचत तथा ऋण सहकारी संस्थाले खैरहनी न.पा. भित्र रहेका सामुदायीक बिधालयबाट SEE परिक्षामा उत्कष्ट विधार्थीहरूलाई नगद रासी सहित बिशेष सम्मान ।
पर्सा बचत तथा ऋण सहकारी संस्था लि. ले खैरहनी न.पा. भित्र रहेका सामुदायीक विधालयहरूबाट गत साल SEE परिक्षामा उत्कृष्ट छात्र छात्राहरूलाई आज आफ्नो कार्यलयको प्राड्०गणमा उपस्थित गराउदै वहाँहरूको शैक्षिक स्तर अझबढी अगाडी बढ़ोस् भन्ने उदेश्यकासाथ हौसला प्रदान गर्दै नगद रासी सहित बिशेष सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष श्री जगत बहादुर पाण्डेज्यूको अध़्यक्षतामा भएको उक्त कार्यक्रमा खैरहनी उधोग बाणिज्य संघ खैरहनी चितवनका अध्यक्ष श्री गुणराज श्रेष्ठज्यूको प्रमुख अतिथी भएको थियो भने कार्यक्रम संयोजक पर्सा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष श्री चन्द्रकान्त न्यौपाने रहनु भएको थियो । उक्त अवसरमा आर्थिक अभावका कारण कुनै पनि बाल बालिका शिक्षाबाट वन्चित हुन नपरोस् भन्ने उदेश्यकासाथ खैरहनी मावीमा कक्षा -११ र १२ मा अध्यनगर्ने जेहेन्दार तथा असह्यायगरिब बिधार्थीहरूकोलागी छात्रवृत्ति प्रदान गर्न एक करोडको लक्ष्यकासाथ थालनी गरिएको अक्षयकोषमा ५९ लाख पुग्न सफल भएकोमा हार्दिक बधाई एंवम् शुभकामना प्रदान गर्दै नगद रू. १,००५।- सहयोग प्रदान गरिएको छ ।
बिंधालय तथा अक्षयकोषको तर्फबाट बचत तथा ऋण सहकारी संथाले गत सालको SEE परिक्षामा यस खैरहनी न.पा. क्षेत्रभित्र रहेका सामुदायीक विधालयहरूबाट उत्कृष्ट छात्र छात्राहरूलाई नगद सहित बिशेष सम्मान गर्नुका साथै खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषलाई ह्रदय देखी नै सहयोग प्रदान गर्नु भएकोमा सिड्०गो पर्सा बचत तथा ऋण सहकारी संस्था लि. का सम्पुर्ण टिम प्रति हार्दिक आभार ब्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रतीकों शुभकामना ब्यक्त गर्दछौ ।