Latest Post

स्व. आमाको बार्षिक पुण्यतिथीको दिन बिधालयको अक्षयकोषमा सहयोग ।
खैरहनी न.पा.-८ पर्सा निवासी आदरणिय सहयोगी बैनी कलावती गिरीज्यूले आफ्नो ममतामयी माता स्व. देवकला गिरीज्यूको आज आषाढ़ -१४ गते परेको आषाढ़ शुक्ल पंचमीतिथीको दिन पर्न गएको प्रथम बार्षिक पुण्य तिथीकोदिन खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा आज नगद रू.१,५०५।- सहयोग प्रदान गर्नु भनेको छ ।
आर्थिक अभावका कारण कुनै पनि वालवालीका शिक्षाबाट वन्चित हुन नपरोस् भन्ने उदेश्यकासाथ खैरहनी मावीमा अध्यन गर्ने जेहेन्दार तथा असह्यायगरिब बिंधार्थीहरूकोलागी कक्षा -११ र १२ अध्यनगर्न एक करोडको लक्ष्यकासाथ सामाजिक अभियानको रूपमा थालनी गरिएको अक्षयकोषमा ५९ लाख पुग्न सफल भएकोमा बधाई एंवम् शुभकामना प्रदान गर्दै यस पवित्र कार्यमा ममतामयी आमा स्व. देवकला गिरीज्यूको सम्झनामा केही केही आर्थिक सहोयग प्रदान गर्नु भएको छ ।
विधालय तथा अक्षयकोषको तर्फबाट वहाँहरू सहयोगी परिवार प्रती हार्दिक आभार ब्यक्त गर्दै स्व. आमा प्रती हार्दिक श्रन्दान्जली ।

मुरलि प्रसाद गजुरेल

" सेवा नै धर्म हो "
जन्मदिनको उपलक्ष्यमा गरिने फजुल खर्च खैरहनी मावीको अक्षयकोषमा ।

खैरहनी न.पा.-८ पर्सा चितवन निवासी बिबिध वस्त्र भण्डारका प्रोपाईटर आदरणिय मित्र श्री जयराम ढकाल एंवम् रोसना ढकालज्यूको डेजी स्कुल कक्षा -९ मा अध्यनगर्ने प्यारी छोरी जीज्ञासा ढकालज्यूको यही आषाढ़ -१२ गते पर्न गएको शुभजन्मदिनको अवसर पारेर चिंतवनको खैरहनी मा.वि.मा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषलाई आज १००५।-सहयोग प्रदान गर्नु भएको छ ।
खैरहनी माविका पुर्ब बिधार्थी समेत हुनुहुने वहाँ आदरणिय सहयोगी मित्र श्री जयराम ढकालज्यूले आफुले अध्यन गरेको खैरहनी मावीमा अध्यनगर्नेजेहेन्दार तथा असह्याय गरिब बिधार्थीहरूको लागी उच्च शिक्षा अध्यनगर्न थालनी गरिएको अक्षयकोषमा ५९ लाख पुग्न सफल भएकोमा खुसीब्यक्त गर्दै प्यारी छोरी जिज्ञासा ढकालको जन्मदिनको अवसरमा सम्पुर्ण परिवारको तर्फबाट सुख ,शान्ति र समृद्दीको कामना ब्यक्त गर्दै जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गर्दै परोपकारी कार्यमा सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै उक्त सहयोग रकम प्रदान गर्नु भएको छ ।
विधालय तथा यस अक्षयकोषको सम्पुर्ण परिवार वहाँहरू सहयोगी परिवार प्रती हार्दिक आभार ब्यक्त गर्दै जन्मदिनको उपलक्ष्यमा ह्रदयकासाथ सहयोग प्रदान गर्नु भएकोमा जीज्ञासा ढकालज्यूलाई  जन्मदिनको अवसरमा हार्दिक मंगलमय शूभकामना , सु-स्वास्थ दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको कामना ब्यक्त गर्दछौं ।

श्री खैरहनी उ.मा.वी. जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोष

जन्मदिनको अवसरमा गरिने फजुल खर्च बिद्यालयको अक्षयकोषमा प्रदान ।
खैरहनी न.पा.-८ पर्सा चितवन निवासी आदरणिय सहयोगी मित्र श्री असोक न्यौपानेज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा नगद रू. १,००५।-सहयोग प्रदान गरि जन्मदिन मनाउनु भएकोमा वहाँलाई बिधालय तथा अक्षयकोषको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दै जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना, सु-स्वास्थ्य दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।

मुरली प्रसाद गजुरेल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.