Latest Post

मनैदेखि सादुवाद अनुभवी वचत तथा ऋण सहकारी संस्था परिवारलाई
२०, असार २०७४ /मानवसेवा आश्रम काठमाडौं
......................................
अनुभवी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवशको अवसरमा मानवसेवा आश्रम काठमाडौं शाखामा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि भोजनसेवा गराउनुभएको छ ।

संस्थाले विगत तिन वर्षदेखि हरेक बर्ष स्थापना दिवस पारेर भोजनसेवा गराउदै आइरहेको छ ।

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउने अनुववी वचत तथा ऋण सहकारी संस्था परिवारप्रती हार्दिक आभार, सम्पुर्ण सहकारी परिवारका सदस्यज्यूहरुलाई सुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


!! पीडितको उद्दार एन. आर.एन.ए.को संस्कार !!

३ जुलाइ २०७४
रम्जान दिन मिया
अल कासिम बुरौदा साउदी अरब

साउदी अरबमा ८ बर्षदेखि बन्दी जीवन बिताएकि नेपाली चेलिको उद्दार ।

एन आर एन ए साउदीको मातहतमा रहेको अल कासिम क्षेत्रीय समन्वय समिती अल कासिमले ८ बर्षदेखि नेपाल जान नपाई घर भित्र  बन्दी जीवन बिताएकि, खद्दामा (House Maid) को रुपमा काम गर्दै रहेकि, दोभान -२, पाल्पा घर भएकि  कमला दर्लामी मगर नाम गरेकी  नेपाली चेलिलाइ उद्दार गरि नेपाल पठाउन सफल भएको छ ।

घरको गरिबी अवस्था तथा  सपनाको महललाई मनमा सझाउदै मुम्बई को बाटो हुँदै ८ बर्ष अघि साउदी अरब आइपुगेकी कमला आफ्नै आफन्तको लह- लहै बाट फसेकि थिइन ।
८ बर्ष सम्म आफ्नो जन्मभुमि जान नपाएकी उक्त चेलिको उद्दारको लागि 11 मे महिनामा तबुकमा रहनु भएका एन सि सि सल्लाहकार भक्त हमालद्वारा खबर  गरिए लगत्तै एन सि सि सचिब तथा नेपाली दूतावास साउदीका स्वयंसेवक समेत रहेका  बिशाल श्रेष्ठ र एन आर एन ए आर सि सि अल कासिमका पदाधिकारीहरु द्वारा उनको उद्दार कार्य अगाडी बढाइएको थियो ।

मोबाइल् समेत चलाउन नपाएका कारण आफ्ना आफन्त कोहि कसैसित पनि सम्पर्क नरहेको उक्त चेलि बताउछिन । सोही घरमा काम गर्ने अर्कि इनडियन महिलासितको सम्पर्कमा बारम्बारको प्रयास पछि बुरैदा शहर देखि १६0 KM किबा भन्ने ठाउँ उनी बसेको  घर पत्ता लागाइएको र उक्त पीडित चेलिलाइ उद्दार गर्न साउदीस्थित नेपाली  दूतावाससित समन्वय गरि दूतावासको गाडी मगाइएको थियो । तर बिडम्बना उक्त दिनमा घरको साउले पक्डिएर उक्त चेलिलाइ कुट्पिट समेत गरेको र दूतावास गाडिलाइ पनि पुलिसको जिम्मा लागाएको थियो भने उद्दार का लागि जानुभएका एन सि सि सचिब बिशाल श्रेष्ठ तथा  आर सि सि अल कासिमका  प्रबक्ता कृष्ण अधिकारी उक्त समस्याबाट बचेर फर्किनु भए पनि  पुलिसबाट फोनेमा निकै केरकार गरिएको थियो ।

र अन्त्यमा उक्त चेलिलाइ इद को छुट्टी पछि नेपाल पठाउने प्रतिबद्धता का साथ  साहुले उक्त चेलिलाइ घरमा लिएर गएको र गत 2 जुलाइमा फ्लाइ दुवैको Ticket काटेर नेपाल पठाइएको र उक्त चेली नेपाल पुगिसकेको जानकारी उक्त पीडितका भाइ राजिब थापाले अबगत गराउनु भयो ।

कर्मभुमि साउदीमा रहेर पनि आफ्नो कार्यब्यस्तथाका बाबजुद, आफुलाई  जोखिममा  राखेर  उद्दार गरि नेपाल पठाउन सफल रहेकोमा  हामि एन आर एन ए  आर सि सि परिवार निकै खुसी छौ । यस्ता उद्दार कार्यहरु   बिगत मा पनि धेरै गरिएको र अगामी दिनहरुमा पनि गर्दै जानेछौ ।
यस्तो ठूलो उद्दारको लागि सहयोग पुर्याउन ठुलो भुमिका खेल्नु हुने नेपाली दूतावास अनि  एन सि सि सचिव बिशाल श्रेष्ठ ज्युहरुलाइ विशेष धन्यवाद दिन चाहन्छौ साथै अन्य सहयोगीहरुलाइ पनि मुरि मुरि धन्यवाद दिन चाहन्छौं ।।

एन आर एन ए आर सि सि
अल कासिम
साउदी अरेबिया

जन्मदिनको अवसरमा आश्रममा भोजनसेवा
१७ असार २०७४ /मानवसेवा आश्रम काठमाडौं
........................
ललितपुर टिकाथली निवासी आदरणीय परोपकारी एवं मानवताप्रेमी आदरणीय मिति चेत वहादुर श्रेष्ठज्यू एवं ममतामयी माता पर्वती श्रेष्ठज्यूको सुपुत्र आदरणीय रित श्रेष्ठज्यूले मानवसेवा आश्रम काठमाडौंमा विहानको भोजनसेवा गराउनुभएको छ ।

मानवीय सेवाको कार्यमा योगदान पपुर्याउनुहने आदरणीय रित श्रेष्ठज्यू एवं उहाँको सम्पुर्ण परिवारमा शुख, शान्ति, समृद्धि एवं सफलताको शुभकामना ।

सेवा संयोजनको लागि महत्वपुर्ण भूमिका निर्भाह गरिदिनुहुने आदरणीय अन्तिमा पोखरेलज्यूप्रती विशेष आभार ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


Contact Form

Name

Email *

Message *

Powered by Blogger.