Latest Post

छोराको जन्म दिनको अवसरमा मानवसेवा आश्रम - गोरखाको गरिमा बालगोपाल बाबुनानीहरूको शैक्षिक विकासमा सेवाको लागि रू.५०००।- ( पाँच हजार ) स - प्रेम अर्पण !
...............................................
मानवसेवा आश्रमको स्थापनाकै समय देखि तन मन र धनको त्रिवेणीबाट महत्वपूर्ण योगदान पुर्याउँदै आउनु हुने मानवसेवा आश्रमका अभिभावक परोपकारी, मानवताप्रेमी आदरणीय प्रमिला पौडेलज्यू एंव शिव प्रसाद पौडेलज्यूले आफ्नो छोराको जन्म दिनको अवसरमा मानवसेवा आश्रम - गोरखाको गरिमा बालगोपाल बाबुनानीहरूको शैक्षिक विकासमा सेवाको लागि रू.५०००।- ( पाँच हजार ) स - प्रेम अर्पण गर्नु भएको छ।
मानवीयसेवा को कार्यमा हृदय देखि नै मिठो साथ र सहयोग पुर्याउँदै आउनु हुने उदारमना आदरणीय प्रमिला पौडेलज्यू एंव शिव प्रसाद पौडेलज्यूलाई धेरैधेरै साधुवाद !
हजूरहरू सँधै सँधै जय होस् - सडकपेटी एंव सार्वजिक स्थलहरूमा वेवारिसे भई कष्टकर अवस्थामा जीवनयापन कसैले पनि गर्न नपरोस्।
................................................


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


"अामाबुबाकाे सम्झनामा मानवसेवा अाश्रममा मासिक ५५५(पाँच सय पच्पन्न)याेगदान.......!!"
.............................................
मिति२०७४असार २०गते मङगलबार
बेशिसहर-६उपल्लोमकैडाँडा निवासी  मानवसेवा अाश्रम लमजुङकाे दाेस्राे अाजिवन सदस्य,श्री गंगा मिलान माध्यमिक विधालयकाे शिक्षक अादरणीय कृष्ण कुमारी रिमाल ज्यु र छाेरा अादरणीय टेक बहादुर रिमाल ज्युले अाफ्नाे स्व:(अामा लिला कुमारी रिमाल ज्यु बुबा बल बहादुर रिमाल ज्यु)काे सम्झनामा मानवसेवा अाश्रमकाे व्यवस्थापनकाे लागि थप सरल र सहज बनाउने उद्वेश्यले मासिक रुपमा अाश्रमलाई रु५५५(पाँच सय पच्पन्न रुपैया)स प्रेम अर्पण गर्नुभएको छ।कृष्ण कुमारी रिमाल ज्युकाे भाउजू अादरणीय चिनी रिमाल ज्युले चैत महिना देखि मुठ्ठीदान सहयाेग गर्दै अाउनु भएकाे छ। स्वर्गीय अात्माकाे बैकुण्ठ बाँस हाेस् हाम्रो प्रार्थना ।सहयाेगी मानवताप्रेमी, पराेपकारी,उदारमना रिमाल परिवारलाई सदैव खुशि खुशिका साथ जिउन पुगाेस् सदैव खान पुगाेस् दिन पुगाेस्।धेरै धेरै धन्यवाद
  थप जानकारीकाे लागि
    066-521359,9855076007

जन्मदिनको खुशी मानवसेवा आश्रममा!!!!
....................................................
२० असार, २०७४ - मङगलबार @ मानवसेवा आश्रम ललितपुर शाखा-९८५५०७६००५
मानवसेवा आश्रमको सेवा कार्यलाई तन मन र धनको त्रिवेणीबाट अभिभावकीय कर्तव्य निर्वाह गर्दै सेवा कार्यमा हामी अभियन्ताहरूलाई लागिरहन उत्साह र उमङको दुईवटा पँखेटा जोडिदिँदै  आउनु हुने परोपकारी एंव मानवताप्रेमी ललितपुर हात्तिवन निवासि श्री कृष्णहरि ओझाज्युको सुभजन्मोत्सवको शुभ अवसरमा मानवसेवा आश्रमको सेवा कार्यलाई सहज बनाउने हेतुले खाध्यसामग्री र लत्ताकपडा स-प्रेम अर्पण गर्नु भएको छ।
     मानवसेवा आश्रमको सेवा कार्यलाई हरतरहले साथ दिनुहुने सम्पुर्ण दाता महानुभावहरुमा हार्दिक साधुवाद र आज जन्मदिन पर्नुहुने आदरणिय अभिभावक कृष्णहरि ओझाज्युलाई शुभजन्मदिनको शुभ अवसरमा सु-स्वस्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक सुभावना व्यक्त गर्दछौ ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.