Latest Post

जन्मदिनको खुशी मानवसेवा आश्रममा।।।
२०७४ असार २१ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)
सेवा र सहकार्यको लागीः- ०५६-५२५८९४, ९८५५०७६००३
...........................................................................
स्थायि घर भरतपुर-९ भई हाल स्पेनमा बसोबास गर्दै आउनु हुने परोपकारी मनका धनी आदरणिय गंगा कडेल ज्यूले आफ्नो श्रीमान टिकानिधि कडेल ज्यूको ४४औ जन्मोत्सबको खुशियालीमा आफ्नै उपस्थितिमा मानवसेवा आश्रमको गरिमा सम्पुर्ण लक्ष्मी नारायणहरुलाई आजको बिहानको भोजनसेवा गराउनु भएको छ। उक्त कार्यमा परिवारका सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो। यस अघि पनि आश्रमलाई साथ र सहयोग पुर्याउदै आउनु हुने परोपकारी मनकी धनी आदरणिय गंगा कडेल ज्यू तथा आदरणिय टिकानिधि कडेक ज्यूप्रति हार्दिक आभार सहित उँहाको जन्मदिनको उपलक्ष्यमा उँहाको सु-स्वास्थ्य, दिर्घायू, तथा उत्तरोत्तर प्रगति सहित हजुरहरुलाई सदैव सुखले खान पुगोस् र हाँसी खुशी मानविय सेवामा सात र सहयोग गर्न पुगोस्।
धन्यबाद।।।

जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटौती गर्दै बिधालयको अक्षयकोषमा ।

खैरहनी न.पा.-९ सिमलटाँडी चितवन निवासी ,खैरहनी -८ पर्सा अवस्थित हिमालयन बैड्०कमा कार्यरत आदरणिय सहयोगी बैनी अनिता न्यौपानेज्यूले आज पर्न गएको आफ्नो जन्मदिनको अवसरमा गरिने फजुल खर्च अर्थात उनुत्पादक खर्चलाई कटौती गर्दै खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा आज नगद रू.१,१००।-सहयोग प्रदान गरि जन्मदिन मनाउनु भएको छ । भने यस सामाजिक अभियानमा निरन्तर सहयोग प्रदान गर्नु हुने वहाँ सहयोगीमनकीधनी आदरणिय सहयोगी बैनी श्री अनिता न्यौपानेज्यूलाई जन्मदिनको शुभकामना प्रदान गर्ने क्रममा खुसी ब्यक्त गर्दै अक्षयकोषमा ५९ लाख पुग्न सफल भएकोमा बधाई साथै शुभकामना प्रदान गर्दै आफ्नो जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्चलाई कटौती गर्दै बिधालयको अक्षयकोषमा सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसीब्यक्त गर्दै उक्त सहयोग रकम हिमालय बैड्०कको अक्षयकोषको खातामा जम्मा गर्नु भएको छ । बिधालय तथा अक्षयकोषको तर्फबाट वहाँका सहयोगी परिवार प्रति हार्दिक आभार ब्यक्त गर्दै जन्मदिनको अवसरमा आदरणिय सहयोगीमनकी धनी बैनी अनिता न्यौपानेज्यूलाई हार्दिक मंगलमय शुभकामना, सु-स्वास्थ्य दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।

मुरली प्रसाद गजुरेल

बुटवल देखिको सहयोग।।।
२०७४ असार २० @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड
(आँखा अस्पताल नजिक)
सेवा र सहकार्यको लागी:- ०५६-५२५८९४, ९८५५०७६००३
.........................................................................
रुपन्देहि जिल्ला, बुटवल निवासी परोपकारी भावनाका धनी आदरणिय दुर्गा पाण्डे ज्यूले आश्रमको सेवा कार्यलाई थप सहजता प्रदानका निम्त बुटवल देखि नै आश्रममा सरसफाई सामग्री तथा लक्ष्मी नारायणहरुका निम्ति ३०-३० थान लत्ता कपडा स-प्रेम सहयोग गर्नु भएको छ। यस अघि पनी आश्रममा बुटवल देखि नै आएर साथ र सहयोग गर्दै आउनु हुने परोपकारी मनका धनी आदरणिय दुर्गा पाण्डे ज्यू प्रति सम्पुर्ण मानवसेवा आश्रम परिवार हार्दिक आभार ब्यक्त गर्दछौ साथै हजुरलाई सदैव सुखले खान पुगोस् र हाँसी खुशी मानविय कार्यमा सहयोग गर्न पुगोस्।
धन्यबाद।।।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.