Latest Post

हरियो नम्बर प्लेट अर्थात एकदम सभ्य मानिस यात्रा गर्ने यात्रुबाहक सवारी साधन तर अकस्मात जँगलमा रोक्छ अनि सबै  सरासर झर्छन र प्लास्टिकका खोल र बोत्तलको साथमा पिसाव  पनि खुल्ला ठाँउमा छोडछन अनि बस चढेर जान्छन, कार्यक्रममा  तिनै सभ्यले भन्छन बातावरण सफा राखौँ फोहोर जथाभाबी   नफालौँ ॥
जय स्वाभिमान
                                                  - दिपक शर्मा

"सेवा नै धर्म हो"
नवलपरासी बर्दघाट - ४ घर भै रोजगारिको सिलसिला मा बिगत लामो समय देखि यु ए इ को दुबइ मा कार्यरत लुम्बिनी समाजका शुभचिन्तक कुशल समाजसेबी मनका धनी श्री थानेश्वर कंडेल ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेतद्वारा संचालित "भागिरथ चापागाईं बचाउ" अभियान लाई साथ दिदै  रु .३,००० सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ। जय लुम्बिनी।


रुपेन हमाल (महा सचिब)

लुम्बिनी समाज नेपाल कुवेत 

Mobile no. 00965-55027806

Viber, IMO तथा Whatsapp सम्पर्क: 0096565692121

आदरणीय परोपकारी सुन्दर गुरुङ्गज्यूप्रती सादर नमन्
मानवसेवा आश्रम काठमाडौं
.......................................
काठमाडौं २६ गोगंबु आवासक्षेत्र निवासी आदरणीय परोपकारी एवं मानवताप्रेमी सुन्दर गुरुङ्गज्यूले विभिन्न कारणहरुबाट सडककिनाराहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवामा समर्पित मानवसेवा आश्रमलाई आफ्नो जन्मदिनको खुशीयालीमा मानवसेवा आश्रम काठमाडौंको सेवा कार्यलाई सहज बनाउने पवित्र उद्देश्यले मानवसेवा खाद्यन्न सहयोग गर्नुभएको छ।
उहाँले आश्रमलाई रु. १०,००० (अक्षरुपी रु. दश हजार बराबरको दाल, चामल, तेल, नुन) लगाएतको खाद्यन्न आश्रमलाई सहयोग गर्नुभएको हो|

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउदै आउनुहुने आदरणीय परोपकारी एवं मानवताप्रेमी श्री सुन्दर गुरुङ्गज्यू एवं उहाँको सम्पुर्ण परिवारजनमा सुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


Contact Form

Name

Email *

Message *

Powered by Blogger.