Latest Post

आश्रमका   गरिमा लक्ष्मीनारायनहरुलाई   लता कपडा  र  खाजा  स- प्रेम  योगदान !!

Lens:Munna Sarraf   &  Ram Meheta
   Thank you soo much..
.............................................................................

लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पस परिवारका  परोपकारी  मानबिय  भावानाका  धनि  आदरणीय  उदारमनाज्युहरुले हिजो  मानव सेवा आश्रममा विभिन्न उपयोगी सामग्रीहरु हस्तनान्तरण गर्नु  भएको   छ । क्लबद्वारा आश्रमका    गरिमा  १३ जना  लक्ष्मीनारायन   हरुलाई    दैनिक  जिवनमा  उपयोग  हुने    टि–सर्ट, कट्टु, ट्राउजर  फ़ोर्म  लगायतका लत्ता कपडा एवं विभिन्न खाद्यान्न सामग्रीहरु सामग्री  स  - प्रेम योगदान गर्नु  भएको  छ!

हस्तनान्तरण कार्यक्रममा आश्रमका अभिभावक Pro. डा.Deepak Shakya ले आश्रम संचालनमा अहिले सम्म परोपकारी हातहरुको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । वहाँले आश्रमलाई दिगो समयका लागि व्यवस्थापन गर्नका निम्ति वीरगन्ज महानगरपालिकाले अभिभावकत्व लिनु पर्ने सुझाव दिनु भयो ।मन्तव्य राख्ने क्रममा लायंस क्लब का एम्बेसडर ऑफ गवर्नर Umesh Sah Kanu ले यस्तो किसिम को सेवा गर्न पाएको मा हामी खुसी र भावुक भएका छौ। यस्ता सेवा र सामाजिक काम ले लायन्स क्लबलाई अझ धेरै प्रेरणा पाएको र पहिला भन्दा यस्ता सामाजिक सेवा गर्न थप ऊर्जा मिलेको बताउनु भयो। आउने दिनहरू मा बिरगंजका थप १८  लायन्स क्लब ले यस मानव सेवा आश्रम मा सेवा गरनेछ भनी उमेश साह कानू ले बिस्वास जाहेर गरे। कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख  Bijay Kushwaha ले आश्रमको वयवस्थापन तथा महानगरपालिकालाई जिम्मेवारी बोध गराउन संचारकर्मीहरुले पनि आ–आफनो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्ने भएकोले आफुहरु आश्रम विकासको लागि सदैव कृयाशील रहने बताउनु भयो । लायन्स कल्ब अफ वीरगंज ग्रीन क्यापसका सदस्य किरण कुमार अग्रवालको संयोजनमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स कल्बका एमबेस्डर अफ गभर्नर लायन उमेश साह कानु, लायन्स कलब अफ वीरगंज ग्रीन क्यामपसका अध्यक्ष लायन   Lion Rikesh Shah,वडा प्रहरी कार्यालय  श्रीपुरका  प्रमुख Rishi Dhungana,  Manavsewa Ashram Birgunj Branch की संयोजक Ansu Manavsewa , अभियन्ता   Devesh Gupta , समाजसेबी Prakash Tharu ,  आश्रमका सहयोगीहरु  Rohit Barnawal, Purushottam Gupta, दिलीप कार्की   लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

स्वागत तथा जन्मदिनको उपलक्ष्यमा मानव सेवा आश्रममा सामान हस्तान्तरण

चितवन युवा समुह अन्तरराष्ट्रिय समितीमा आवद्घ देशवाट पालनुहुने चितवन युवा समुह दोहा कतारका अध्यक्ष श्री भुमीराज कार्की , चितवन समाज कुवेतका अध्यक्ष श्री नविन लोप्चन ज्यू , चितवन समाज इजराइलका उपाध्यक्ष श्री प्रभा शर्मा ज्यू , चितवन सेवा समाज साइप्रसका वरिष्ठ उपाध्यक्ष श्रीमती जयन्ती अधीकारी (लामीछाने )ज्यूहरु , जस्ता वरिष्ट व्यक्तीत्वहरु लाई हाम्रो यसै संस्थाको कार्यलयमा स्वागत गदैं हाम्रो संस्थाका अध्यक्ष ज्यूले यहाँहरुको समाज सेवा प्रति हार्दीक कदर गदै आगामी दिनमा पनि चितवन युवा समुह अन्तरराष्ट्रिय समिती सँग हातोमालो गर्दै अग्रणी भुमीका निवार्ह गर्नु हुने छ भने विश्वास व्यक्त गदै स्वागत कार्यक्रम समापन गर्नुभयो ।
चितवन सेवा समाज साइप्रसकी कार्य समिती सदस्य सवी थापा ज्यू को आज परेको जन्मदिनको सु–अवसरमा मानव सेवा आश्रममा २ थान पंखा सहयोग गरि संस्थालाई हस्तान्तरण गर्ने अवसर जुटाइदिनु भएकोमा सबी थापा ज्यूलाई हार्दिक धन्यवाद दिदैं उहाँको सु–स्वास्थ्य , दिर्घायु , उत्तरउत्तर प्रगतीको कामना गर्दछौं ।  धन्यवाद ,

अध्यक्ष. मुक्ती प्रसाद अधिकारी
चितवन युवा समुह अन्तरराष्ट्रिय समिती, नेपाल

(जानकारि Indra Regmi ज्यु बाट)

परदेश देखि आश्रमलाई सहयोग।।।
२०७४ असार २६ गते @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)
सेवा र सहकार्यको लागीः-
.................................................
स्थाई घर चितवन भई हाल साईप्रसमा रहदै चितवन सेवा समाज साइप्रसकी कार्य समिती सदस्य तथा परोपकारी भावनाकी धनी आदरणिय सबी थापा ज्यू को आज परेको जन्मदिनको सु–अवसरमा मानव सेवा आश्रमको सेवा कार्यलाई थप सहजता प्रदानका निम्ति यस गर्मी महिनामा २ थान फ्यान स-प्रेम सहयोग गर्नु भएको छ। यस परोपकारी कार्यको लागी आदरणिय दाजु दिपक भण्डारी ज्यूको उपस्थिति रहेको थियो भने चितवन युवा समुह अन्तराष्ट्रिय संमन्यव समितिका सम्पुर्ण परिवारहरुको उपस्थितिले यस सहयोग हस्तान्तरण कार्यक्रममा रौनकता थपिएको थियो।
भौतिक रुपबाट टाढा भएता पनि परोपकारी मनकी धनीआदरणिय सबी थापा ज्यूको सु-स्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतिको शुभावना ब्यक्त गर्दछौ।
साथै यस कार्यको निम्ति संयोजनकारी भुमिका निर्वाह गर्नु हुने आदरणिय दिपेश दिपा लक्ष्मी ज्यू तथा मानवसेवा आश्रमको सहयोगी संस्थाको रुपमा सहयोग गर्दै आएको संस्था चितवन युवा समुह अन्तराष्ट्रिय संमन्यव समिती प्रति हार्दिक आभार सहित संस्थाको उत्तरोत्तर प्रगतिको शुभावना ब्यक्त गर्दछौ।
धन्यबाद।।।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.