Latest Post

ईश्वर काजी मास्केज्यूले जन्मदिनको अवसरमा मानवसेवा आश्रममा भोजनसेवा साथै खाद्यान्न सहयोग

२०७४-०४-०२ @ मानवसेवा आश्रम, गोरखा शाखा!!!
................................
मानवसेवा आश्रम गोरखा शाखाको सुरुवातकालदेखि नै अभिभावकीय कर्तव्य निर्वाह गर्नुहुने परोपकारी भावनाको धनी आदरणीय ईश्वर काजी मास्केज्यूले अाज परेको आफ्नो शुभ- जन्मदिनको अवसरमा मानवसेवा आश्रममा आई आश्रमको गरिमा बढाईरहनुभएका बालगोपाल र लक्ष्मीनारायणहरुसँग खुशी साटासाट गरेर  बिहानीको एकछाकको भोजनसेवा साथै खाद्दान्न समेत सहयोग गर्नुभएको छ।
सहयोगी भावनाले ओतप्रोत आदरणीय ईश्वर काजी मास्केज्यूलाई धेरै धेरै धन्यवाद साथै जन्मदिनको अवसरमा सु- स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको लागि भगवानसँग प्रार्थना गर्दछौँ।
थप जानकारीको लागि:- ०६४-४२०६९४,९८५५०७६००१,९८५५०७६००६

आश्रमका  गरिमा  लक्ष्मीनारायानहरुलाई दिउसोको  खाजा  स - प्रेम योगदान !!

...................................................................
बिरगंज,निवासि   परोपकरी    भावनाका धनी  आदरनीय  Sanjay Thapaज्युले  आश्रमका  गरिमा 13 जना  लक्ष्मीनारायानहरुलाई     दिउसोको खाजाको  लागि  दुई  हजार  रुपैयाँ   स  प्रेम   योगदान  गर्नु  भएको  छ !

मानबिय सेवाको  कार्यमा  सहयोग  गर्नु  हुने  मानबताप्रेमी  मनहरुलाई  धेरै  धेरै साधुबाद  एवम सुख  शान्ती   र  सफलताको  धेरै  शुभ  भावना !!

सधैंभरी  सुखले  खान पुगोस
खुशी  मन  बनाउदै  मानबिय

सेवामा   योगदान / सहयोग  गर्न  पुगोस!

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९



स्व. वहिनीको बैकुण्ठबासको कामना गर्दै आश्रममा भोजनसेवा
३१, असार २०७४/ मानवसेवा आश्रम काठमाडौं
.....................................
स्थाई घर कुलेश्वर काठमाडौं भई हाल अमेरीका बस्दैआउनुहुने आदरणीय परोपकारी दिदी सिता श्रेष्ठ बोहोराज्यूले आफ्नो स्व. बहिनी मैया श्रेष्ठको ४५ दिनको तिथीमा बहिनीको वैकुण्ठबासको कामना गर्दै भोजनसेवा गराउनु भएको छ ।

आफू भौगोलिक रुपमा टाढा भएरपनि आफ्नो साथीहरु शिला भट्टराईज्यू, भमा काफ्लेज्यू गितादेवी काफ्लेज्यूलाई आश्रममा आश्रममा पठाई आश्रममा भोजनसेवा गराउनुभएको हो । उहाँले मानवसेवा आश्रम काठमाडौंका ४५ जनाको परिवारलाई विहान बेलुकाको भोजन गराउनका लागि रु. १०, ००० (दश हजार रुपैया) सहयोग गर्नुभएको हो ।

मानवसेवा आश्रमले विभिन्न कारणहरुबाट सडककिनाराहरु एवं सार्वजनिकस्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवाकार्यमा सहयोग पु¥याउने अभिष्टका साथ मानवसेवा आश्रम सञ्चालन भइरहेको छ ।

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय परोपकारी एवं मानवताप्रेमी सिता श्रेष्ठज्यूप्रती हार्दिक आभार एवं स्व. बहिनी मैया श्रेष्ठज्यूप्रती हार्दिक श्रद्धन्जली
भोजनसेवा बारे थप जानकारीको लागि :
सम्पर्क : ०१४३५७५६३, ९८५५०७६००४

Contact Form

Name

Email *

Message *

Powered by Blogger.