Latest Post

जन्मदिनको अवसर अवसरमा गर्ने फजुल खर्च विद्यालयको अक्षयकोषलाई सहयोग।
" सेवा नै धर्म हो "

कुष्मा न.पा. -१६ पर्वत निवासी हाल खैरहनी न. पा.-६ स्थित मोड़र्न ईड०लिस बोर्डिड० स्कुलका सह-प्राचार्य आदरणिय गुरू श्री रूद्र प्रसाद रेग्मीज्यूले आफ्नो -३४ अौं जन्मदिनको अवसर पारेर  चितवन ,खैरहनी मा.वि.मा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषलाई आज नगद रू. १,००५।-सहयोग प्रदान गर्नु भएको छ,।
उहाँ आदरणिय गुरू रूद्र सर लाई जन्मदिनको शुभकामना दिने क्रममा उहाँकै सेकुलमै भएको भेटघाट कार्यक्रममा खुसी ब्यक्त गर्दै खैरहनी मा. वि.मा आर्थीक अभावको कारण उच्च शिक्षा अध्यनगर्न कठिनाई पर्ने जेहेन्दार तथा असाह्यगरीबविधार्थीहरूकोलागी उच्च शिक्षा अध्यनगर्न " एक करोडको " लक्ष्यकासाथ सामाजिक अभियानको रूपमा थालनी गरेको अक्षयकोषमा आफ्नो-३४ अौं  शुभजन्मदिनको अवसर पारेर केही आर्थिक गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनहरूमा पनि यस असलकार्यमा सहयोगकोहाँतहरू बढाउदै जाने बिचार  गर्दै उक्त सहयोग रकम प्रदान गर्नुहुदै अक्षयकोषले लिएको आफ्नो लक्ष्य चाँडै पुराहोस् भन्ने शुभकामना समेत ब्यक्त गर्नु भएको छ, भने वहाँको जीवन संगिनी श्री सिता आचार्य रेग्मीज्यूले जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्चलाई समाजसेवा कार्यक्रमा लगाउनु अहिले आवस्यक्ता हो भन्नुहुदै तपाईहाम्रो सानो सानो सहयोगले त्यस्ता बिधार्थीहरूलागी भने ठुलो योगदान हुनेछ । भन्दै अक्षयकोषमा ६१ लाख पुग्न सफल भएकोमा बधाई एंवम् शुभकामना ब्यक्त गर्नु भयो ।
विधालय तथा अक्षयकोषको सम्पुर्ण परिवार उहाँका सहयोगी परिवार प्रती  हार्दिक आभार ब्यक्त गर्नुकासाथै यस सामाजिक अभियानलाई आफ्नो -३४अौं
शुभजन्मदिनको अवसर पारेर ह्यदयका साथ सहयोग प्रदान गर्नुहुने आदरणिय सहयोगी गुरू श्री रूद्र प्रसाद रेग्मीज्यूलाई शुभ जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना , सु-स्वास्थ दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको कामना ब्यक्त गर्दछौं ।
                                        - मुरलि प्रसाद गजुरेल

🌹🌹पुन्य तिथिमा एक दिन भरिको खाना सेवा🌹🌹
मिति २०७४-०४-०२गते 

भरतपुर -१२ निवासि आदरणीय स्वर्गीय श्री तुल बहादुर खाती ज्युको आज परेको पुन्य तिथिको अवसरमा वहाको नाति कानुनी व्यवसायि आदरणीय श्री मुन्ना विक्रम खाती ज्यु द्वारा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न विबस,अनाथ,अशक्त, मानसिक सन्तुलन गुमाएका ,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिन भरिको खाना सेवा प्रदान गर्न भुएको छ।उक्त अवसरमा श्री मिरा श्रेष्ठ,कृष्ण प्रसाद सापकोटा मदन प्रसाद कंडेल,सीता कंडेल आचार्य ज्युको पनि उपस्थित रहेको थियो।वहाहरुले गर्नू भएको सहयोग र सद्भाव प्रति हृदय देखि सधन्यवाद कृतज्ञता ज्ञापान गर्दछौं र स्वर्गीय बुवाको आत्माको चिर शान्तिको कामना गर्दछौ।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

जन्मदिन मनाउन परिवार सहित आश्रममा|| सबैलाई भोजन सेवा स- प्रेम  योगदान !!
.............................................................................
   Manavsewa Ashram Birgunj Branchका  अभिभाबक मानबिय  भावना  धनी  आदरनीय    प्रो  डा.  Deepak Shakya ज्यु   तथा   श्रीमती   संगिता शाक्यज्युले आज  आफ्नो   बुहारी / छोरी   परोपकारी  भावनाका  धनि  आदरणीय   Namita Sankalp Shakyaज्युको    शुभ  जन्मदिनको   खुलियालीमा   आश्रमका  गरिमा  13  जना   लक्ष्मीनारायानहरुलाई   बेलुकिको  भोजन  सेवा      स प्रेम  योगदान  गर्नु  भएको छ !
आफ्नो  श्रीमान   आदरनीय Sankalp Shakya  ज्यु तथा  शुभ चिन्तक हरुको  साथमा जन्मदिन मनाउन  उपस्थित  हुनु  भएका  थियो !

  बाहिर  गएर   फजुल  खर्च   गरी  जन्मदिन मनाउनु  भन्दा  दिन  दुखी  बेसहारा  र मनोरोगी  व्यक्तिको  साथमा बसेर  जन्मदिन  मनाउदा  तथा आश्रम  गरिमा  आमा दिदिलाई आफ्नै हातले  नङ सफा  गरी पालिश  टिका  लगाइ  दिदा मन  धेरै  खुशी  र आनन्द  मिलेको  र  आजको  जन्मदिन
धेरै  नै अबिस्मरनीय  भएको  बताउनु  भएको  छ !

शुभ  जन्मोउत्सब     समारोहमा  आश्रमका  अभिभाबक   
आदरनीयPrakash Amatya ज्यु,आदरनीय  Ankit Bihani   ज्यु ,   आदरणीय Pooju Shah ज्यु  र  आश्रम परिवारको उपस्थित  रहेको  थियो !

मानबिय  सेवाको कार्यमा  सहयोगि   गर्नु हुने   उदारमनाज्युहरुलाई   धेरै  धेरै  साधुबाद  एवम आदरनीय  भाउजु  नमिता शाक्यज्युलाई  जन्मदिनको  पावन अवसरमा   सुख,  शान्ती , सफलताको धेरै-धेरै  शुभ भावना !!

सधै भरी  सुखले  खान  पुगोस,
खुशी खुशीले   मानबिय  सेवाको 
कार्यमा  योगदान दिन  पुगोस!

Contact Form

Name

Email *

Message *

Powered by Blogger.