Latest Post

शालिग्राम घिमिरे ज्यू द्वारा जन्मदिनको खुशीमा बिहानको भोजनसेवा मानवसेवा आश्रममा।।।
...........................................................
लायन्स क्लब अफ गैडाकोट आक्टिभका अध्यक्ष ज्यू तथा परोपकारी भावनाका धनी आदरणिय शालिग्राम घिमिरे ज्यूले आफ्नो ५१औ जन्मदिनको खुशियालीमा आश्रमका गरिमा सम्पुर्ण लक्ष्मी नारायणहरुलाई बिहानको भोजन सेवा गराउनु भएको छ। यस पुनित तथा पवित्र कार्यमा आदरणिय शालिग्रम घिमिरे ज्यूको धर्म पत्नी आदरणिय मानकुमारी घिमिरे ज्यूको साथै लायन्स क्लब अफ गैडाकोट आक्टिभका सम्पुर्ण पदाधिकारी ज्यू तथा साथी भाईहरुको उपस्थितिमा उक्त कार्य सम्पन्न भएको थियो।
आफू पनि विभिन्न संघ सस्थामा लागेको र यस मानविय कार्यलाई अगाडि बढाउनका निम्ति आफ्नो तर्फबाट हरतरहको प्रयासमा जुट्ने प्रतिबद्धता ब्यक्त गर्नु हुने सामाजसेबी तथा मानविय मनका धनी आधरणिय शालिग्राम घिमिर ज्यूलाई जन्मदिनको पावन अवसरमा उँहाको सु-स्वास्थ्य, दिर्घायू एवम् उत्तरोत्तर प्रगतिको शुभावना सहित हजुरलाई सदैव सुखले खान पुगोस् र हाँसी खुसी मानविय कार्यमा साथ सहयोग तथा दान गर्न पुगोस् भन्दै यसमा परोपकारी कार्यमा सहभागि हुनु भएको सम्पुर्ण मानवता प्रेमीहरुको सदैव जय होस्।
धन्यबाद।।।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


छोराको जन्मदिनको खुशीमा शुभ कार्यको थालनी

मानवसेवा आश्रम चितवन शाखामा सुरुवात काल देखि नै  आश्रमको अभिभावकिय भुमिका निर्वाह गर्दै आउनु भएकी  भरतपुर-१० निवासी परोपकारी मनकी धनी आदरणिय राममाया श्रेष्ठ ज्यूले आफ्नो छोरा सुमित श्रेष्ठ ज्यूको शुभ जन्मदिनको अवसरमा विभिन्न सडकका पेटिहरुमा रहेर मागेर समेत खान नसक्ने अनाथ,अपाङ्ग, असाहय, असक्त तथा मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरुको साहारा बन्दै आएको यस मानवसेवा आश्रमले सन्चालन गरेको एक कप चिया अभियानमा सहभागी भई आफूले खाने एक कप चिया बराबरको मासिक खर्च बापत आउने  रकम बर्षकै लागत खर्च रु ६०००।–(छ हजार रुपैया) स-प्रेम अर्पण गर्नु भएको छ। यस मानविय कार्यको लागी आश्रमका अभिभावकज्यूहरु आदरणिय यवकी धरेल ज्यू तथा गोइनी भुषाल ज्यूको पनि उपस्थिति रहेको थियो।
अध्यनका लागी हाल अष्ट्रेलियामा रहनु भएको आदरणिय सुमित श्रेष्ठ ज्यूलाई जन्मदिनको लाखौ-लाख शुभावनाको साथै उँहाको सु-स्वास्थ्य,दिर्घायू तथा उत्तरोत्तर प्रगतिको शुभावना ब्यक्त गर्दछौ।

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९



अष्ट्रेलियाबाट जन्मदिनको अवसरमा गरिने फजुल खर्च बिद्यालयको अक्षयकोषमा सहयोग ।

" सेवा नै धर्म हो "

खैरहनी न.पा.-८ पर्सा रेडक्रस मार्ग चितवन निवासी खैरहनी न.पा.-८ पर्सा चौबिस कोठी चोकमा रहेको B.k.MOBILE CENTER प्रोपाईटर आदरणिय सहयोगी मित्र श्री राम खड्काज्यूले अष्ट्रेलियाको मेलवर्नमा हुने आफ्नो पृय नातिनी रिवा कार्कीज्यूको यही साउन -१ गते पर्न गएको जन्मदिनको अवसरमा खैरहनी मा.वि.मा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषलाई आज नगद रू.१५२१।-सहयोग प्रदान गर्नु भएको छ ।
केही दिनको लागी अष्ट्रेलिया भ्रमणमा जानु भएका आदरणिय सहयोगी मित्र श्री राम खड्काज्यूसंग सामाजिक संजाल फेसबुक मार्फत भएको कुराकानीमा वहाँको पृय नातिनीलाई जन्मदिनको अवसरमा शुभकामना प्रदान गर्ने क्रममा खुसी ब्यक्त गर्नु हुँदै खैरहनी मा.वि.मा अध्यनगर्ने जेहेन्दार तथा असाह्यगरीब विधार्थीहरूको लागी उच्च शिक्षा अध्यनगर्न " एक करोडको " लक्ष्यकासाथ सामाजिक अभियानको रूपमा थालनी गरेको अक्षयकोषमा हाल सम्म ६१ लाख पुग्न सफल भएकोमा प्रशंसा गर्दै पृय नातिनी रिवा कार्कीको यही साउन -१ गते आईतबारकादिन दिन पर्न गएको जन्मदिनको अवसर पारेर अष्ट्रेलियको मेलवर्नबाट केही आर्थिक सहयोग प्रदान गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै छिट्टै नै अक्षयकोषले आफ्नो लक्ष्य पुरा गर्न सफल होस् भन्ने शुभकामना समेत प्रदान गर्नु भएको छ ।
विधालय तथा अक्षयकोषको सम्पुर्ण परिवारको तर्फबाट  उहाँहरू सहयोगी परिवार प्रती हार्दिक आभार ब्यक्त गर्दै यस सामाजिक अभियानको रूपमा थालनी गरिएको अक्षयकोषमा ह्रदयदेखी नै सहयोग प्रदान गर्नुहुने रिवा कार्कीज्यूलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना , सु-स्वास्थ्य दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौं ।

- मुरली प्रसाद गजुरेल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.