Latest Post

जन्मदिनको खुशीयाली मानवसेवा आश्रममा।।।
.....................................................................

महिला उध्यमशिल ब्यक्ति तथा भरतपुर बजार ब्यवस्थापन समिती को कार्यसमिती सदस्य भरतपुर-१० नमुना टोल निवासी आदरणिय चन्दना कोइराला ज्यूले आफ्नो शुभ जन्मदिनको खूशीयालीमा मानवसेवा आश्रमका गरिमा सम्पुर्ण लक्ष्मी नारायणहरुलाई बेलुकाको भोजन सेवा गराएर आफ्नो खुशी हामीहरुमाझ बाड्नु भएको छ। ठुला ठुला होटलमा गएर लाखौ खर्च गरी गरिने पार्टि बन्दा दिन दुखीलाई एक छाक खुवाएर पनि आप्ना खुशीहरु बाढ्न सकिन्छ भन्ने चाहानाले आश्रममा पाल्नु भएको आदरणिय चन्दना ज्यूको जीवन कै सबै भन्दा खुशी र बिशेष जन्मदिन रहेको बुवा गंगा कोईराला ज्यूले आफ्ना भावनाहरु ब्यक्त गर्नु भएको थियो।
उक्त परोपकारी कार्यमा आदरणिय चन्दना कोइराला ज्यूको बाबा गंगा कोईराला ज्यू, आमा शिला कोईराला ज्यू, भाई, बुहारी, भाउजु साथीहरु तथा भरतपुर बजार ब्यवस्थापन समितिका अध्यक्ष आदरणिय श्याम पौडेल ज्यू, लगायत सम्पुर्ण भरतपुर बजार ब्यवस्थापन समितिका पदाधिकारी ज्यूहरुको उपस्थिति रहेको थियो।
आगामी दिनमा पनि यस मानविय कार्यमा साथ र सहयोग रहिरहे प्रतिबद्धता गर्नु हुने आदरणिय चन्दना कोईराला ज्यूलाई उँहाको जन्मदिनको सु-अवसरमा उँहाको सु-स्वास्थ्य, दिर्घायू एवम् उत्तरोत्र प्रगतिको शुभावना ब्यक्त गर्दै यस मानविय कार्यमा संयोजनकारी भुमीका निर्वाह गर्नु हुने आदरणिय श्याम पौडेल ज्यूलाई हार्दिक आभार सहित उपस्थित सम्पुर्णको जय होस्।
धन्यबाद।।।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


जन्मदिनको खुशी मानवसेवा आश्रममा!!!
.........................................
गोरखा नगरपालिका -६, शक्तिचोक निवासी परोपकारी भावनाको धनी, मानवसेवा आश्रमको सुरुवातकालदेखिको सहयोगी, शुभेच्छुक आदरणीय सोम कोईरालाज्यू र मधु कोईरालाज्यूले आफ्नो छोरी एलिसा कोईरालाज्यूको २१औँ शुभ- जन्मदिनको अवसरमा मानवसेवा आश्रममा आई आश्रमको गरिमा बढाईरहनुभएका बालगोपाल र लक्ष्मीनारायणहरुलाई बिहानीको एक छाक भोजनसेवा बापत रु.५,५०५।- (पाँच हजार पाँच सय पाँच रुपैँया) स- प्रेम योगदान गर्नुभएको छ।

मानवीय सेवाको कार्यमा सहयोगी हात बढाउनुहुने आदरणीय सोम कोईरालाज्यू र मधु कोईरालाज्यूलाई धेरै धेरै साधुवाद एवम् जन्मदिन पर्नुहुने एलिसा बहिनीलाई सु- स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको लागि शुभ- भावना!!!
थप जानकारीको लागि:- ०६४-४२०६९४,९८५५०७६००१,९८५५०७६००६

भोको पेटलाई भोजन सेवा सर्वोत्कृष्ट मानवसेवा -----------
काठमाण्डौ कोटेश्वर निवासी परोपकारी मनकी धनी आदरणिय श्री मणी थापाज्युले आफ्नो स्वर्गिय पिता फत्ते बहादुर थापाको पुण्य स्‍मृतिमा मानवसेवा आश्रम ललितपुर शाखाको लक्ष्मीनारायण र आशाका दीपक बाबुनानीहरुको लागि एक छाक भोजन सप्रेमा अर्पण गर्नुभएको छ ।
आदरणिय श्री मणी थापाज्यु सु-स्वास्थ्य,दिर्घायू तथा उत्तरोत्तर प्रगतिको शुभावना र बैकुण्ठ बासी पिता फत्ते बहादुर थापाज्युको आत्माको चिर शान्तिको पनि शुभावना ब्यक्त गर्दछौ । 
थप जानकारीको लागि ९८५५०७६००५

Contact Form

Name

Email *

Message *

Powered by Blogger.