Latest Post

कक्षा३मा अध्यनरत चेपाङ बालिका सम्झना लाई अमेरिका बाट राजन+दिपा अधिकारी दम्पतीले US डलर ५००/- सहयोग ||

हे शुद्ध चित्त , हे  बुद्ध चित्त , तँपाईंहरुको जय होस् !

लक्ष्मी प्रतिष्ठानद्वारा अती सिमान्तकृत गरीब चेपाङ बालबालिकाहरुको शिक्षामा पहुँच पुर्याउन चितवन जिल्लाको राप्ती १३ कान्दामा संचालन गरिएको कुमार बलराम स्‍मृति छत्रावासमा बस्दै आएका विद्यार्थीहरुको पठन पाठन दिगो बनाउन संचालित " साथीका लागि साथी " कार्यक्रममा समावेश गरिएकी कक्षा ३ मा अध्यनरत सम्झना प्रजालाई संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्य च्यान्टीली  बस्नुहुने राजन+ दिपा अधिकारी दम्पतीबाट निरन्तर सहयोग (यु एस डलर ५००)   प्राप्त भएको छ । श्रद्धेय समाजसेवी अधिकारी दम्पतिको परोपकारी कार्यलाई सम्मान गर्दै उहाँहरु प्रति  हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं र हामी विश्वस्त छौं कि उहाँहरुको यो महान कार्यका प्रतापले एकदिन सम्झना प्रजा उनको लक्ष्य अनुसार डाक्टर बन्ने छिन् । धन्यवाद अधिकारी दम्पति !
यस्तै शुद्ध मनको सहयोगले अरु विद्यार्थीको भविष्य उज्जवल हुँदै जान्छ भन्ने कामनाका साथ यस्ता परोपकारीको सहयोग भयो भने संस्था र समाजलाई ठुलो उर्जा मिल्नेछ र समाज समुन्नति तिर उन्मुख हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

अध्यक्ष
विष्णु गौतम
लक्ष्मी प्रतिष्ठान
http://www.laxmipratisthan.org/sponsor-a-child/

कत्तारबाट जन्मदिनको अवसरमा गरिने फजुल खर्च बिधालयको अक्षयकोषमा ।
खैरहनी न.पा.-८ पर्सा चितवन , ललितपुर ,स्थाई घर भै हाल कत्तारको दोहामा कार्यरत आदरणिय सहयोगी मित्र श्री राम श्रेष्ठज्यूले आफ्नो जिवन संगिनी लोमस श्रेष्ठज्यूको अाज पर्न गएको जन्मदिनको अवसरमा जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गर्दै चितवनको खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा आज नगद रू.४,०३० ।- सहयोग प्रदान गर्नु भएको छ ।
कत्तारमा बसि यस भन्दा अगाडी पनि आफ्नो जन्मदिनको अवसरमा सहयोग प्रदान गर्नु हुने आदरणिय सहयोगी मित्र श्री राम श्रेष्ठज्यूले फोन मार्फत जिवन संगिनी लोमस् श्रेष्ठज्यूको जन्मदिनको अवसरमा सुख, शान्ति र समृद्दीको शुभकामना प्रदान गर्दै जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई परोपकारी कार्यमा लगाउने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्नु हुँदै कत्तार देखी उक्त आर्थिक रकम प्रदान गर्नु हुँदै अगामी दिनहरूमा पनि यस सामाजिक अभियानलाई अगाडी बढाउने कार्यमा आफुले सक्ने सहयोग प्रदान गर्दै जाने बिचार गर्दै अक्षयकोषमा ६१ लाख पुग्न सफल भएकोमा बधाई एंवम् शुभकामना प्रदान गर्दै यस्को लक्ष्य चाँडै पुरा होस् भन्ने शुभकामना समेत ब्यक्त गर्नु भएको छ । बिधालय तथा अक्षयकोषको सम्पुर्ण तर्फबाट सहयोगी परिवार प्रती हार्दिक आभार ब्यक्त गर्दै यस सामाजिक अभियानलाई आफ्नो जन्मदिनको अवसरमा ह्र्दयदेखी नै सहयोग प्रदान गर्नुहुने सहयोगीमनकीधनी श्री लोमस श्रेष्ठज्यूलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना, सु-स्वास्थ्य दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।


- मुरली प्रसाद गजुरेल 


संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने 

१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२

२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।- 

३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ । 

गरिमा बिकास बैंक  खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ । 


मिति 2074/04/04 गते अमेरिका मा बस्नु हुने Nadia Libang दिदी थोरै समयको लागि नेपाल आउनु भयको मौका मा आज येस केन्द्र मा आउनु भै अबलोकन गर्नु भयो। उहाँ को साथमा उहाँ कि छोरी Kristal Thapa ज्यु, उहाँको श्रीमान Biswa Thapa ज्यु, उहाकी सासू Meena Thapa ज्यु र दाइ Jageshwore Shrestha ज्यु को उपस्थिती रहेको थियो। Nadia दिदी सग फेस बुक मा भय  पनि हामी कहिलै नै कुरा गरेका थियनौ। तर मैले उहाँ एक साहित्यिक ब्यक्तित्व हुनुहुन्छ भन्ने चाहिँ मलाई राम्ररी थाहा थियो। तर आज उहाँ ले मलाई अचानक फोन गरि येस केन्द्र मा आउनु हुदा अत्यन्तै खुसी महसुस भयको छ। उहाले यहाँ अबस्थित बालबालिका हरु तथा बृधा बाबा आमा हरु का लागि भनी चाउचाउ र बिस्कुट सहित रु.20000/- नगद "Tokan of love" है भनी Kristal को हात बाट हस्तान्तरण गर्नु भयको छ। हजुरहरुले गर्नु भयको यो महान सहयोग येस Cvds Nepal का लागि अत्यन्तै फलदायी रहने छ। हजुर हरु लाई सधै सधै भगवानले कल्याण गरून् भन्ने कामना गर्दछौ।
भबदिय
युबराज थापा
अध्यक्ष
मो.9851160868/9841360868
शलम्बुतार, शाखु, काठमाडौ

Contact Form

Name

Email *

Message *

Powered by Blogger.