Latest Post

जन्मदिनको उमंग मन्जुश्री असहाय संरक्षण केन्द्रमा!!

वसन्त त्रुतु को पालुबा सरि खुसी पलाउस
पुणिमा को जुन सरि भाग्य उदाउस
शिरीष को फुल सरि जीवन रङिगिओस
अँखामा सजाएका सबै सपना हरु
साहाकार होउस हिर्द्याया मा
लुकाएका अभिलास हरु पूरा होउन
सत्रु हरु सबै टाढा टाढा भागुन
बाटो को काडा पनि पाखा पाखा लागुन
जन्मदिनको शुभकामना शुभकामना

भैरहवा निवासी हाल इन्डिया डिमापुर निवासि हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रका संरक्षक शुभचिन्तक हाम्रो अभिभावक मनका धनी मनकारि दाजु आदरणिय महेन्द्र श्रेष्ठ ज्युको आज परेको जन्मदिनको सुअवसर पारि मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत छोराछोरी र दिदिबहिनीहरुका लागि एक छाक मिष्टान्न भोजनका लागि रु ५५००/-(पाच हजार पाचसय)नगद संस्थाका उपाध्यक्ष बिजय कुमार शाह ज्यु मार्फत पठाउनु भएको छ आफु टाडा रहेपनि सधै मन्जुश्रीको बारेमा चिन्ता गरिरहनु हुन्छ हजुर टाडा भए पनि हामी संघै भएको अनुभुती भएको छ दाइ हजुरलाइ जन्मदिनको शुभकामना शुभकामना मन्जुश्रीको शुभकामना।।

जुनको जोति जस्तै हजुर सुर्यको किरण सरि।
विश्वभरि प्रकाश फैलियोस यो दुनिया संसारभरि।
जन्मदिनको शुभकामना मन्जुश्रीको शुभकामना

सु स्वास्थ्यको कामना छ दिर्गायु होस हुजुरको।
दियो जस्तै उज्यालो होस इष्ट मित्र सवको सामु
सधै अघि बढ्दै जानू हरेक पाइला पाइलामा।
सधै सुख शान्ति छावस हजुरको परिवारमा

दुवो जस्तै फैलिरहोस सगरमाथा चुम्न सकोस मनको इच्छा चाहाना सबै पूरा हुन सकोस सुख अनि शान्ति होस घरपरिवारमा नाम प्रतिस्ठा बड्दै जावोस समाज देशेेै भरि।उमंग होस मनै भरि।।रङ्गावोस फुल सरि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी दाजुसंघ।

यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं । साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना सहित जन्मदिनको शुभकामना।।
मन्जुश्री असहाय संरक्षण केन्द्र
९८५५०५३७८८/०५६-५३१८४६

हे शुद्ध चित्त , हे बुद्ध चित्त तपाईंहरुको जय होस् !
लक्ष्मी प्रतिष्ठानद्वारा चितवन जिल्लाको राप्ती १३ मा रहेका अति सिमान्तकृत गरीब चेपाङ बालबालिकाहरुका लागि संचालन गरिएको कुमार बलराम स्‍मृति छात्रावासमा बस्दै आएका विद्यार्थीहरुको पठनपाठनलाई दिगो बनाउन संचालित साथीका लागि साथी कार्यक्रममा समावेश गरिएका मध्ये कक्षा ३  मा अध्ययनरत आकाश मोक्तानलाई संयुक राज्य अमेरिकाको कनेक्टिकट  निवासी श्रद्धेय रघु गिरी ज्युले आफ्नी सानी छोरीको (दाजु) साथीको रुपमा  अभिभावकत्व ग्रहण गर्दै उसलाई पहिलो बर्षको लागि उक्त छात्रावासमा बस्न ,खान र पढन लाग्ने खर्च $ ५०० उपलब्ध गराउनु भएको छ । एउटा गरिब परिवारमा जन्मिएका उनका लागि उक्त छात्रावासमा उपलब्ध हुने गुणस्तरीय शिक्षासंगै खाने र बस्ने व्यवस्थामा पुगेको सहयोगले भोलिका दिन आकाशको  रुपमा राष्ट्रले एउटा कर्णाधारलाई भोलि जिम्मेवार नागरिकको रुपमा प्राप्त गर्नेछ भने कान्दाली छोरा छोरी मार्फत त्यहाँको विशिष्ट पहिचान बन्ने छ भन्ने कुरामा म विश्वस्त छु । यो मानविय अभियानमा सहयोग पुर्याउनु हुने रघु गिरी ज्यु  लगायत उहाँको परिवार प्रति हामी हार्दिक सम्मान ब्यक्त गर्दछौं ।
अध्यक्ष
विष्णु गौतम
लक्ष्मी प्रतिष्ठान ।
http://www.laxmipratisthan.org/sponsor-a-child/

Contact Form

Name

Email *

Message *

Powered by Blogger.