Latest Post

आमाको उद्वार

मिति २०७४-०४-१८गते

परिवार कोहि नभएको आफ्नो घर गैंडाकोट बताएकि जुनु नाम गरेकी लगभग ४०-४५वर्षको आमा वेबारिसे अवस्थामा हिडिरहेको बेला भरतपुर-मिलन चोक बाट उद्वार गरिएको छ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


स्व.बुवाको बैकुण्ठको बासको कामना गर्दै मानवसेवा आश्रममा बेलुकाको भोजनसेवा ।
भरतपुर निवासी हाल अमेरिकामा बस्नु हुने परोपकारी मनका धनी,सहयोगी आदरणीय प्रदिप जोशीज्युले आफ्नो स्व.हजुरबुबा गणेश बहादुर जोशीज्युको पुण्यतिथिको अवसर स्व.हजुरबुबाको बैकुण्ठबासको प्राथना गर्दै मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरुलाई बेलुकाको भोजनसेवा स-प्रेम अर्पण गर्नुभएको छ ।आफू भौगोलिक रुपमा टाढा भए पनि आफ्नो परिवारहरु छोराहरु गोपाल प्रसाद जोशीज्यु,अर्जुन  प्रसाद जोशीज्यु,छोरी राधा श्रेष्ठज्यु,बुहारी लक्ष्मी जोशीज्यु,नातिनी बुहारी रश्मी जोशीज्यु र नातिनी राम माया श्रेष्ठज्यु जो हाम्रो मानवसेवाको अभिभावक र सुरुवात काल देखिनै सहयोग गर्नु हुने र आश्रमलाई अतन्त्यै प्रेम गर्नु हुन्छ ।
हजुरहरुलाई सदैव सुखले खान पुगोस र खुशीले दान गर्न पुगोस ।
सेवालाई सहज पुराउनका लागि ०५६-५२५८९४,९८५५०७६००३

खैरहनी न.पा.६ पर्सा चितवनमा लामो समय देखी निशुक्ल रूपमा डेरामा बस्दै आईकी राधिका पौडेल घरको बरण्डाबाट खस्नु भै गत असार २ गते देखी काठमाण्डौको नेश्नल ट्रमा सेन्टर अस्पतालमा भर्ना भएकोमा हाल सम्म दुई पटक सम्म अप्रेसन भैसक्दा पनि वहाँको स्थिती सुधार भै नसकेको र अहिले सम्म ICU मै राख्नु पर्ने अवस्था भएकोले उहाँ उपचारमा थप सहयोग होस् भन्ने उदेस्य राखेर भरतपुर घर भै हाल अष्ट्रेलियाको सिड्नीमा बस्नु हुने आदरणिय सहयोगीमनका धनी श्री प्रसाद सेढाई र वहाँको धर्म पत्नी श्री चन्द्रा बर्तौला ( सेढाई ) ज्यूको संयोजकमा नगद रू. ३६,१०५।- सहयोग रकम संकलन गरि  आज उक्त सहयोग रकम बिरामी कै परिवारका सदस्य हरूको हाँतमा हस्तान्तरण हुने गरि समाजसेवीको हैसियतले आफुलाई पठाउनु भएकोमा हाल बिरामीका आधिकारिक सदस्यहरू काठमाण्डौ जानु भएको ले वहाँहरूसंग सम्पर्क गर्दा चितवन आउना साथ हस्तान्तरण गर्ने जानाकारी भएकोले त्यसै अनुसार नै गरिने कुरा अवगत गराउन चाहन्छु । वहाँको उपचारकोलागी खैरहनी नगर पालिकाको बजार क्षेत्रमा रहेका उधोगी ब्यापारी र स्थानिय सहयोगीमनकाधनी हरूसंग सहयोग रकम संकलन गरि बिमारीको आफन्तलाई हस्तान्तरण गरिएको छ ।
अष्ट्रेलिया बाट संकलित रकम ।
१, श्रीमान श्रीमती , श्री प्रसाद सेढाई / श्री चन्द्रा बर्तौला ( सेढाई )ज्यूको संयोजकमा
२, बिकास बर्तौला ।
३, अनु
४, मणि
५, रेविका
६, धनु
७, सुशिला
८,  कल्याणी
९,  अजिता
आफ्नो मातृभुमालाई सम्झदै राधिका बचाउ अभियानमा अष्ट्रेलिया देखी हर्दय देखी नै सहयोग प्रदान गर्नु हुने सबै लाई नमन।

- मुरली प्रसाद गजुरेल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.