Latest Post

" सेवा नै धर्म हो "।
जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्च कटौती गर्दै विधालयको अक्षयकोषमा ।
पोखरा रानीपौवा निवासी, चितवनको खैरहनी माविकी पुर्ब बिधार्थी आदरणिय सहयोगी बैनी श्री बिनु तिमिल्सिनाज्यूको आज पर्न गएको शुभजन्मदिनको अवसर पारेर चितवन ,खैरहनी मा.वि.मा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषलाई आज नगद रू.२१००।-सहयोग प्रदान गर्नु भएको छ ।
सहयोगीमनकीधनी आदरणिय बैनी श्री बिनु तिमिल्सिनाज्यूलाई सामाजिक संजाल फेसबुक मार्फत जन्मदिनको शुभकामना प्रदान गर्ने क्रममा भएको कुराकानीमा खुसी ब्यक्त गर्नु हुँदै वहाँले  आफुले अध्यनगरेको चितवनको खैरहनी मा.वि.मा आर्थीक अभावको कारण उच्च शिक्षा अध्यनगर्न कठिनाई पर्ने जेहेन्दार तथा असाह्यगरीबविधार्थीहरूकोलागी उच्च शिक्षा अध्यनगर्न " एक करोडको " लक्ष्यकासाथ सामाजिक अभियानको रूपमा थालनी गरेको अक्षयकोषमा हाल सम्म ६२ लाख पुग्न सफल भएकोमा बधाई एंवम् शुभकामना प्रदान गर्दै जन्मदिनको अवसरमा हुने फजुल ( अनुत्पादक ) खर्चलाई कटौती गर्दै यस पुण्यकार्यमा सहयोग होस् भन्ने उदेश्यले आज पोखररको रानीपौवा देखी आर्थिक सहयोग प्रदान गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनहरूमापनि यसरी नै आफ्ना परिवारजनहरूको जन्मदिनको अवसरमा यस सामाजिक अभियानको रूपमा थालनी गरिएको अक्षयकोषमा सहयोग गर्दै जाने बिचार ब्यक्त गर्नु भएको छ भने अक्षयकोषले लिएको आफ्नो लक्ष्य चाँडै पुराहोस् भन्ने शुभकामना समेत ब्यक्त गर्नुभएको छ ।
बिधालय तथा अक्षयकोषको सम्पुर्ण परिवार उहाँका सहयोगी परिवार प्रती  हार्दिक आभार ब्यक्त गर्नुकासाथै यस सामाजिक अभियानलाई आफ्नो शुभ जन्मदिनको अवसरमा पोखरा देखी ह्यदयका साथ सहयोग प्रदान गर्नुहुने आदरणिय सहयोगीमनकीधनी बैनी श्री बिनु तिमिल्सीनाज्यूलाई शुभ जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना,सु-स्वास्थ दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको कामना ब्यक्त गर्दछौं ।


संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने 

१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२

२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।- 

३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ । 

गरिमा बिकास बैंक  खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ । 


- मुरली प्रसाद गजुरेल 


"मेरो उपचारार्थ  ६०००/- सहयोग गर्नु आउनु हुने  निशा गैरे बहिनीलाई धेरै धेरै धन्यबाद ।"
- अशोक श्रेस्ठ

पूण्य स्मृतिमा खाना सेवा
२०७४/०४/१८गते

समाजसेवी आदरणीय श्री सावित्री कंडेल तथा कमल नयन शर्मा ज्यु तथा गाेल्डेन आयुस फेन्सीका सचांलक आदरणीय श्री कृष्ण कंडेल ज्यु द्वारा स्वर्गीय हजुरबुवाआमा श्री रामचन्द्र कंडेल,श्री लिलावती कंडेल ज्युकाे पुण्य स्मृतिमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न विबस,अनाथ,अशक्त, मानसिक सन्तुलन गुमाएका ,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाना सेवा प्रदान गर्नभुएको छ।उक्त अवसरमा फेन्सि व्यवसायी संघका निवर्तमान अध्यक्ष(पुजा सुट हाउसका संचालक)आदरणीय श्री हेमराज पौडेल ज्युकाे पनि उपस्थिति रहेकाे थियाे र उहाले आश्रमलाई शुभकामना दिनु भएको थियो।उहाहरुले गर्नू भएको सहयोग र सद्भाव प्रति हृदय देखि सधन्यवाद कृतज्ञता ज्ञापान गर्दछौं र स्वर्गीय बुवाआमाको आत्माको चिर शान्तिको कामना गर्दछौ।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.