Latest Post

एकै दिन ४ जना मासीक दाता----------
मानवताको लहर उर्लिने क्रममा परोपकारी उदारमनका धनीहरूद्वारा मानवसेवा आश्रम,ललितपुरमा आज एकै दिन आजीवन मासीक आर्थिक योगदान शुरू भएको छ।Lions Club of Kathmandu Gauri समूहबाट आदरणिय श्री सरू सुवेदीज्यूको मासीक रू.२,०००/- अर्पण गर्ने प्रतिबद्धताको साथमा अन्य सदस्यहरू धोवीघाट निवासी श्री मन्दिरा कोईरालाज्यूबाट मासीक रू.१०००/- काठमाण्डौ मैतीदेवी निवासी; श्रीकेवरा भट्टराईज्यूबाट मासीक रू.५००/-
, श्री गीता सिलवालज्यूबाट मासीक रू.१०००/- र घट्टेकुलो निवासी श्री रञ्जना निरौलाज्यूबाट मासीक रू.१०००/- समेत आज मानवसेवा आश्रम,ललितपुरमा चार जनाले नगद रू.३,५००/- अर्पण गर्दै नयाँ खण्डे थालमा आश्रमका लक्ष्मी-नारायण तथा वालगोपालहरूलाई दहि,चिउरा र केरा समेत खाजा ख्वाउनु भएको छ। वहाँहरू सम्पूर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं। थप जानकारीको लागि मो.नं. ९८५५०७६००६।

रमेस चापागाईं बचाउ सहयोग अभियान

सर्वप्रथम सहयोग गर्नुहुने साथिहरुलाइ धेरै धेरै धन्यवाद निरन्तर रुपमा सहयोग गरिराख्नु भएको छ सबै जनाले सहयोग गरिदिनुहोला

हजुरहरुको सानो सानो सहयोगले उहाको परिवारमा खुसि छाउछ भने किन सहयोग नगर्ने
                "सहयोग नै धर्म हो"

कुवेत मा रहेका  साथिहरुले उहाको लागि सहयोग गर्न चाहानुन्छ भने निम्न नम्बर हरुमा सम्पर्क गर्न सक्नुहुनेछ।

मुक्त बि क - 55268903

घनस्याम बास्ताकोटि - 69970158

भोलानाथ पान्डे- 69053240

मानबिर भुल- 66942662

यादब राकसकोटि -65587031

डि बि भुसाल - 50119703

समपुर्ण साथिहरुमा नमस्कार!!

हामिले रमेस चापागाईं बचाउ अभियान मा रकम सङ्कलन हिजो देखि सुरु गरेका छौ हिजो हामिले सङ्गै मार्केटमा समान  प्याकिङ् काम गर्ने विभिन्न देस का बङ्गलादेस , इन्डिया, श्रिलङ्का,  नेपाल का सबै साथिहरुले सहयोग गर्नु भएको छ। सहयोगी हातहरुलाइ धेरै धेरै धन्यवाद दिन चाहान्छौ।
अरु विभिन्न देस का साथिहरुले त मानवताको नाताले सहयोग गर्नुभयो भने हामी नेपाली ले नेपालिलाइ पर्दा किन सहयोग नगर्ने हजुर हरुले पनि कतै सहयोग गर्न भुल्नु भएको त छइन!
साथिहरु सके सहयोग गरौ नसके सेर, लाइक कमेन्ट गर्न नभुल्नु होला
   "सहयोग नै धर्म हो"

       हस्त धन्यवाद
D.B bhusal
हाल कुबेत

Contact Form

Name

Email *

Message *

Powered by Blogger.