Latest Post

रु.५० हजार सहयोग सहयोगको लागि धन्यवाद |

भेरी अस्पताल नेपालगन्जमा उपचार हुन नसकेर चितवन रिफर गरिएका जाजरकोट सिउनका आकाश भण्डारी आर्थिक अभावको कारण मृत्युको दोसाधमा रहि आर्थिक अभाबको कारण चितवन जान नसकेका आकाश भण्डारीलाई सहयोगी मनका धनी ,विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका भु.पु अधिकृत,भोटेबहाल काठमाडौ बस्नु हुने आदरणीय रमेश मान सिंह ज्यु(Ramesh Man Singh)ज्यु ले  आकाश भण्डारीको उपचारको लागि रु ५०,०००/-(पचास हजार)सहयोग गर्नु भएको छ।उहाँ लाई हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछौ।

आर्थिक अभाबको कारण मृत्युको मुखमा जाजरकोट सिउनका आकाश भण्डारी ।
जाजरकोट ।
जाजरकोटको बिकट त्रिबेणी नलगाड नगरपालिका वडा न:१३सिउनका २१बर्षका आकाश भण्डारी बिगत ३महिना देखि आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ।घरमा बुवा,आमा र भाइ भएका भण्डारीको परिवार ३५बर्ष भारत बसेर नेपाल फर्केका भण्डारी परिवार अहिले गाउँमा आएर बसेका छ्न।गाउँमा फर्की सके पछि गाउँमा बस्ने बास ,खाने गास नभएका आकाश भण्डारी बिगत ३ महिना देखि आर्थिक  अभावको कारण उपचारमा समस्या भएको छ।र केही दिन अघि मात्र भण्डारीलाई भेरी अञ्चल अस्पताल  नेपालगन्ज उपचारको लागि पुर्याइएको थियो। नेपालगन्ज अस्पतालमा दिशा,पिसाब,रगत,प्रयोगशालामा परिक्षण  गर्दा समेत कुनै रोग पत्ता नलागे पछि सि टि स्क्यान गराउदा फोक्सोमा मांश पलाएको र मांश  क्यान्सर या त टि. बि.को कारण पलाएको भन्ने पत्ता नलागे पछि अस्पतालले भरतपुर क्यान्सर अस्पताल चितवन रिफर गरेको थियो।नेपालगन्जमा उपचार हुन नसकेका भण्डारीको साथमा अब न आर्थिक छ न त कुनै आधिकारिक प्रमाण  नै।अहिले उनीहरु संग नागरिकता प्रमाणपत्र सम्म छैन।र नागरिता सम्म नभएपछि उनिहरुलाइ पुन:जाजरकोट लिएर नागरिता प्रमाणपत्र  बनाइयको र जाजरकोट बाट चितवन जान समेत आर्थिक स्थिति नभए पछी अहिले आकाश मृत्यु संग जाजरकोट मै छटपटाइ रहेका छन।र भण्डारीलाई आर्मिको हेलिकप्टर मार्फत सुर्खेत र सुर्खेत बाट नेपालगन्ज,र नेपालगन्ज औसधि उपचार खर्च ,नेपालगन्ज बाट जाजरकोट जाने ब्यबस्था जाजरकोटका पत्रकार ,सामाजिक अभियन्ता लक्ष्मण  रसाइलीले गरेका छन ।त्यस्तै भेरी अञ्चल अस्पताल नेपालगन्ज  मै पुगेर सहयोग र साथ सहयोग गरेका छन। र सबै मिलेर आकाशको जीवन बचाउन साथ र सहयोग गर्न सबैमा अपिल समेत गरेका छन भने  त्यस्तै नेपालगन्जमा उपचार हुन नसकेका छोरा आकाशलाई उपचारको लागि चितवन लिनु पर्ने भएकाले सक्दो सहयोग गरि  बचाइदिन बाबू बल बहादुर भण्डारी ले स्वदेश तथा बिदेशमा रहने सम्पुर्ण सहयोगी मनहरुलाई भण्डारीलाई बचाउन अपिल गरेका छन।
सहयोगको लागि:9868220879
लक्ष्मण रसाइली ।

जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्च विधालयको अक्षयकोषमा ।
खैरहनी नपा.-८ पर्सा मगनीचोक चितवन निवासी आदरणिय गुरू श्री सोमनाथ पाण्डेज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई ( अनुत्पादक ) अन्त्य गर्दै खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा निरन्तर सहयोग गर्दै आउनु भएकोमा आज नगद रू. १००५।-सहयोग प्रदान गर्दै आफ्नो जन्मदिन मनाउनु भएको छ ।
आर्थिक अभावका कारण कुनै पनि वालवालिका शिक्षाबाट वन्चित हुन नपरोस् भन्ने उदेश्यकासाथ खैरहनी मावीमा कक्षा ११ र १२ मा अध्यनगर्ने जेहेन्दार तथा असह्याय गरिब बिधार्थीहरूकोलागी निःशुल्क छात्रवृद्दी प्रदान गर्न एक करोडको लक्ष्यकासाथ थालनी गरिएको अक्षयकोषमा हाल सम्म ६२ लाख जम्मा भै सकेकोमा बधाई एवम् शुभकामना प्रदान गर्दै यस सामाजिक अभियानलाई सार्थक बनाउन आफ्नो जन्मदिनको अवसरमा केही आर्थिक सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्नु हुँदै अक्षयकोषले लिएको आफ्नो लक्ष्य चाँडै पुरा होस् भन्ने शुभकामना समेत ब्यक्त गर्नु भएको छ ।
बिधालय तथा अक्षयकोषको तर्फबाट आदरणिय गुरू श्री सोमनाथ पाण्डेज्यूलाई यस सामाजिक अभियानमा सहयोग प्रदान गर्नु भएकोमा हार्दिक आभार ब्यक्त गर्दै जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना , सु-स्वास्थ दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।

संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने 
१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२
२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।- 
३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ । 
गरिमा बिकास बैंक  खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ । 

- मुरली प्रसाद गजुरेल 

" सेवा नै धर्म हो "
जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्च कटौती गर्दै विधालयको अक्षयकोषलाई सहयोग ।
काठमाण्डौ काँडाघारी निवासी आदरणिय सहयोगी मित्र श्री बिकास धमला एंवम् श्री हेमा खनाल धमलाज्यूको Nexus Intl Academy स्कुल कक्षा -१ मा अध्ययन गर्ने प्यारो छोरा सायन धमलाको आजबाट छैटौ बर्षपार गरि सातौ बर्षमा प्रवेश गरेको जन्मदिनको अवसरमा चितवनको , खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा आज नगद रू ११००।-सहयोग प्रदान गर्नु  भएको छ ।
काठमाण्डौबाट सहयोगी बैनी हेमा खनाल धमलाज्यूले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो प्यारो छोरा सायन धमलाज्यूको सुख, शान्ती र समृद्दीको शुभ कामना प्रदान गर्दै जन्मदिनको अवसरमा अक्षयकोषमा सहयोग गर्ने जानाकारी गराउनु हुँदै वहाँको प्यारो छोरा सायन धमलाज्यूलाई जन्मदिनको शुभकामना प्रदान गर्ने क्रममा खुसी ब्यक्त गर्नु हुँदै अक्षयकोषमा ६२ लाख पुग्न सफल भएकोमा प्रशंसा गर्नु हुदै यस सामाजिक अभियानलाई सार्थक बनाउन आज आफ्नो प्यारो छोरा सायन धमलाको जन्मदिन पर्न गएकोले जन्मदिनको अवसरमा, गरिने अनुत्पादक खर्चलाई कटौती गर्दै असल कार्यमा सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै अगाडी दिनहरूमा सकेको सहयोग प्रदान गर्ने जानाकारी गराउनु भएको छ ।
बिधालय तथा अक्षयकोषको सम्पुर्ण परिवार उहाँका सहयोगी परिवार प्रती  हार्दिक आभार ब्यक्त गर्नुकासाथै जन्मदिनको अवसरमा यस सामाजिक अभियानलाई ह्रदयकासाथ सहयोग प्रदान गर्नुभएकोमा सानो भाई , सायन धमला ज्यूलाई जन्मदिनको अवसरमा सुख, शान्ति र समृद्दीको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछौ ।

संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने 
१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२
२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।- 
३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ । 
गरिमा बिकास बैंक  खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ । 

- मुरली प्रसाद गजुरेल 

Contact Form

Name

Email *

Message *

Powered by Blogger.