शुभ जन्मदिनको अवसरमा आश्रममा दिउँसोको खाजासेवा स-प्रेम अर्पण
गैंडाकोट-५ निवासी परोपकारी मनका धनि आदरणीय सृजना न्युरेज्युको आज परेको शुभ जन्मदिनको अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायण दिउँसोको खाजा सेवा स-प्रेम अर्पण गर्नु भएको छ ।कार्यक्रमलाई अझै बडि सुन्दर,रमाइलो बनाउनका लागि आदरणीय सृजना न्युरेज्युको साथीहरुको गरिमामय उपस्थिति रहेको थियो । आफ्नो जन्मदिनको सुखद अवसरमा कतै बाहिर नगई फजुल खर्च नगरीकन मानवसेवा आश्रमका आमाबुवाहरुको लागि खाजा खुवाउनु भएको थियो ।हजुरलाई सदैव सुखले खान पुगोस र खुसीले दिनदुखी,असक्तहरुलाइ दान गर्न पुगोस ।
धन्यवाद
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!
मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९
रु.५० हजार सहयोग सहयोगको लागि धन्यवाद |
भेरी अस्पताल नेपालगन्जमा उपचार हुन नसकेर चितवन रिफर गरिएका जाजरकोट सिउनका आकाश भण्डारी आर्थिक अभावको कारण मृत्युको दोसाधमा रहि आर्थिक अभाबको कारण चितवन जान नसकेका आकाश भण्डारीलाई सहयोगी मनका धनी ,विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका भु.पु अधिकृत,भोटेबहाल काठमाडौ बस्नु हुने आदरणीय रमेश मान सिंह ज्यु(Ramesh Man Singh)ज्यु ले आकाश भण्डारीको उपचारको लागि रु ५०,०००/-(पचास हजार)सहयोग गर्नु भएको छ।उहाँ लाई हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछौ।
आर्थिक अभाबको कारण मृत्युको मुखमा जाजरकोट सिउनका आकाश भण्डारी ।
जाजरकोट ।
जाजरकोटको बिकट त्रिबेणी नलगाड नगरपालिका वडा न:१३सिउनका २१बर्षका आकाश भण्डारी बिगत ३महिना देखि आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ।घरमा बुवा,आमा र भाइ भएका भण्डारीको परिवार ३५बर्ष भारत बसेर नेपाल फर्केका भण्डारी परिवार अहिले गाउँमा आएर बसेका छ्न।गाउँमा फर्की सके पछि गाउँमा बस्ने बास ,खाने गास नभएका आकाश भण्डारी बिगत ३ महिना देखि आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ।र केही दिन अघि मात्र भण्डारीलाई भेरी अञ्चल अस्पताल नेपालगन्ज उपचारको लागि पुर्याइएको थियो। नेपालगन्ज अस्पतालमा दिशा,पिसाब,रगत,प्रयोगशालामा परिक्षण गर्दा समेत कुनै रोग पत्ता नलागे पछि सि टि स्क्यान गराउदा फोक्सोमा मांश पलाएको र मांश क्यान्सर या त टि. बि.को कारण पलाएको भन्ने पत्ता नलागे पछि अस्पतालले भरतपुर क्यान्सर अस्पताल चितवन रिफर गरेको थियो।नेपालगन्जमा उपचार हुन नसकेका भण्डारीको साथमा अब न आर्थिक छ न त कुनै आधिकारिक प्रमाण नै।अहिले उनीहरु संग नागरिकता प्रमाणपत्र सम्म छैन।र नागरिता सम्म नभएपछि उनिहरुलाइ पुन:जाजरकोट लिएर नागरिता प्रमाणपत्र बनाइयको र जाजरकोट बाट चितवन जान समेत आर्थिक स्थिति नभए पछी अहिले आकाश मृत्यु संग जाजरकोट मै छटपटाइ रहेका छन।र भण्डारीलाई आर्मिको हेलिकप्टर मार्फत सुर्खेत र सुर्खेत बाट नेपालगन्ज,र नेपालगन्ज औसधि उपचार खर्च ,नेपालगन्ज बाट जाजरकोट जाने ब्यबस्था जाजरकोटका पत्रकार ,सामाजिक अभियन्ता लक्ष्मण रसाइलीले गरेका छन ।त्यस्तै भेरी अञ्चल अस्पताल नेपालगन्ज मै पुगेर सहयोग र साथ सहयोग गरेका छन। र सबै मिलेर आकाशको जीवन बचाउन साथ र सहयोग गर्न सबैमा अपिल समेत गरेका छन भने त्यस्तै नेपालगन्जमा उपचार हुन नसकेका छोरा आकाशलाई उपचारको लागि चितवन लिनु पर्ने भएकाले सक्दो सहयोग गरि बचाइदिन बाबू बल बहादुर भण्डारी ले स्वदेश तथा बिदेशमा रहने सम्पुर्ण सहयोगी मनहरुलाई भण्डारीलाई बचाउन अपिल गरेका छन।
सहयोगको लागि:9868220879
लक्ष्मण रसाइली ।